युएर्इमा दलालमार्फत बेचिएका महिलाहरू जब भाग्न सफल भए...

युएर्इ-दलाल मार्फत युएर्इको अलएेन स्थित एक म्यानपावर एजेन्सीमा बेचिएका तिन नेपाली महिला भगेका छन्।
एक तलामाथी बन्धक कोठामा राखिएका दमक १४,झापाकी मिना अधिकारी, सिन्धुपाल्चाेक, चाैताराकी सुकुमाया तामाङ् र र्इटहरी,पिपलचोककी शोभा मुसर झ्यालबाट निस्केर भागेका हुन्।
नेपालबाट दुर्इ महिना (जेष्ठ १९) अघि भारतको नयाँ दिल्लीमा एक महिना बसेर गत असार १९ मा युएर्इ छिरेर उनीहरूलार्इ दलालले युएर्इ स्थित अलएेनमा रहेको एक म्यानपावर एजेन्सी (खद्दामा बिक्रि केन्द्र) मा बेचिएका थिए।
नेपालबाट छुट्टा छुट्टै दलाल लक्ष्मी शेर्पा,जिमी गुरूङ् र बाबुराम लामा मार्फत भारत पुगेका उनीहरू भारतमा रहेका नेपाली दलाल जगत क्षेत्रीले भारतको नयाँदिल्ली हुदै युएर्इ छिराएका थिए। भारतमा उनीहरूलार्इ एक महिना होटलमा राखिएको थियो।
भागेर अलएेन स्थित दर्शन नेपाली खाजा घरमा अाएका उनीहरूलार्इ बिभिन्न सामाजिक ब्याक्तित्वको रहोबरमा नेपाली राजदुताबास अाबुधावी पुर्यार्इएको छ। दुताबासले अाबश्यक छानबिन गरी प्रकृया अगाडी बढाउने बताएको छ।
उनीहरू सगै अाएका चाैध महिलाहरू मध्य ५ जना केही दिन अघि भागेर नेपाली दुताबास अाबुधावीमा पुगिसकेको जनार्इएको छ भने तिन जना गत हप्ता भागेका थिए। अरू बाँकीलार्इ एजेन्सीले बन्धक बनाएर राखेका पिडितले बताए।
यी माथीका पिडितहरू उदारहण मात्रै हुन्। खाडी मुलुकमा नेपाल सरकारले भिजिट बन्द गराए लगतै युएर्इमा नेपाली दलालहरूको चलखेल ह्वात्यै बढेको छ। प्रति ब्याक्ति सत्तरी हजार देखि चार लाख सम्म लिएर अबैधानिक बाटोबाट भिजिट भिषामा नेपालीहरूलार्इ युएर्इ छिरेका थुप्रै भेटिन्छन्।
दलालहरू मार्फत यसरी युएर्इ छिरेका नेपालीहरूलार्इ यहाँ त्यती सहज छैन। अाफुले चाहे अनुसारको रकम असुल्ने र युएर्इ अार्इ सकेपछी काम नलगार्इ दलालहरू सम्पर्क बिच्छेद् हुने प्रकृया दिनहु बढिरहेको छ।
सम्बन्धित सरकारी निकायको हेलचक्रार्इ र एयरपोर्टमा कार्मचारीहरूको सेटिङ् बन्द नभए सम्म खाडी मुलुकमा भिजिट भिषामा अाउने नेपालीहरूको समस्या जिउँ का तिउँ रहन्छ। पछिल्लो समयमा भिजिट भिषामा युएर्इ अार्इ समस्यामा परेका नेपालीहरू नेपाली दुताबासको दैलो ढ्कढक्याउन पगेका छन्। समस्या समाधानको अाशामा दैनिक बाक्लो संख्यामा दुताबास धाउने नेपालीहरू समस्या समाधान भन्दा उल्टो निराश भएर फर्केका छन्।
जब सम्म यस्ता कर्मचारी र म्यानपावरमा सरकारको निगारानि पुग्दैन। तब सम्म नेपालबाट भिजिट भिषामा युएर्इ अाउने लर्को रोकिने छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का