बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा दशै कार्यक्रम ‘कलिउड नाइट २०१८’

शुक्रबार, २६ असोज २०७५, १८ : ३४
शुक्रबार, २६ असोज २०७५

काठमाडौं– बडादशैंको अबसर पारेर अमेरिकाको भर्जिनियामा ‘कलिउड नाइट २०१८’ आयोजना हुने भएको छ ।  केसी डान्स सेन्टरले शुभकामना आदानप्रदान गर्ने उदेश्यले उक्त ‘कलिउड नाइट २०१८’ नामक विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । 

२७ असोज (भोली) १३ अक्टुबरमा आयोजना हुने कार्यक्रममा अभिनेता सरोज खनाल, किरणप्रताप केसी, रिमा केसी लगायतका कलाकारको प्रस्तुति समेत रहनेछ । नाटक समेत प्रस्तुत हुने कार्यक्रममा विभिन्न गायक गायिकाले सांगीतिक तड्का लगाउनेछन् । 

कार्यक्रममा नविन केसी, लुना श्रेष्ठ तथा सारङ्गा श्रेष्ठ लगायत कलाकारको कोरियोग्राफी रहने आयोजक समुहका सदस्य परसु तिमल्सिनाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप