विखण्डनकारी शक्तिको गतिविधि नियालिरहेका छौं : प्रधानसेनापति
काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले देश विखण्डनको नारा लिएर अगाडि बढेकाहरुको गतिविधि नियालिहरको बताएका छन् ।
बिहीबार जंगी अड्डामा आयोजित ‘प्रधानसेनापति–पत्रकार अन्तरक्रिया कार्यक्रम’मा बोल्दै थापाले भने, ‘विखण्डनवादीको गतिविधिबाट हुनसक्ने खतराप्रति नेपाली सेना सचेत छ, सम्भावित सुरक्षा चुनौति सामना गर्न नेपाली सेना तयार छ ।’
वर्तमान शान्तिकालीन परिवेशमा विखण्डनकारी शक्तिहरुलाई राज्यका अन्य सुरक्षा निकायले कानुनी दायरामा ल्याइरहेको उल्लेख गर्दै थापाले अहिले त्यस्ता शक्ति नेपाली सेनाको डोमेनमा नपर्ने भएपनि उनीहरुको गतिविधि भने सुक्ष्म ढंगले नियालिरहेको दाबी गरे ।
नेपाली सेना पनि भ्रष्टाचारको चंगुलबाट अछुतो नहुने गरेको भन्दै पत्रकारले राखेको जिज्ञासाको उत्तर दिँदै प्रधानसेनापति थापाले नेपाली सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र भएको बताए ।
उनले भने, ‘नेपाली सेनाको एकल प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव छैन । भर्ना छनोट र मिसनमा भएको भनिएको अनियमितताबारे छानबिन भइरहेको छ ।’
‘विकासको काममा हुने अपारदर्शीतासम्वन्धी प्रश्नको जवाफ सेनाले दिनैपर्छ’ उनले भने, ‘भ्रष्टाचारका विषय पनि बेला–बेला सुनिन्छ त्यसलाई सैन्य विशेष अदालतले हेर्ने व्यवस्था मिलाइने छ ।’
काठमाडौं–तराई–मधेश द्रूतमार्ग समयमै निर्माण गर्ने चुनौती नेपाली सेनाको सामुन्ने रहेको उल्लेख गर्दै प्रधानसेनापति थापाले द्रूतमार्ग निर्माणको क्रममा सांस्कृतिक सम्पदा नष्ट नगरिने स्पष्ट पारेका छन् ।
ललितपुरको खोकनाका स्थानीयले द्रूत मार्गका कारण सांस्कृत्तिक सम्पदा नष्ट हुनेतर्फ चिन्ता व्यक्त गर्दै आएका छन् ।
विकास निर्माण नेपाली सेनालाई सरकारले दिएको जिम्मेवारी भएपनि त्यस्तो जिम्मेवारी बहन गर्दैगर्दा सेनाको व्यवसायिकतासँग जोडेर विवादमा तान्ने गरिएकोबारे प्रधानसेनापति थापाले असन्तुष्टि जनाए ।
‘शान्तिकालमा सेना विकास निर्माणमा आउँदा सुरक्षामा आँच आउँछ कि भन्ने चिन्ता जायज छ’ उनले भने, ‘तर, विकसित देशहरुमा समेत सेना त्यस्ता काममा संलग्न हुन्छन् ।’
संगठनका सिपाहीदेखि अधिकृतसम्मलाई समान अवसर प्रदान गरेकोसेनाले जंङ्गी अड्डामा ‘पेपरलेस टेक्नोलोजी’ मार्फत कार्यालयको काम शुभारम्भ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा