श्रेया सुनार बलात्कार प्रकरणः अभियुक्त पौडेल कारागार चलान

पोखरा । बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका भनिएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले थुनामा राख्न आदेश दिएको छ ।
प्रहरी हिरासतमा रहेका उनलाई आजै कारागार चलान गरिएको छ । न्यायाधीश योगेन्द्रप्रसाद साहको एकल इजलासले थप अनुसन्धानका लागि सो आदेश गरेको हो ।
अदालतमा मङ्गलबार भएको थुनछेक बहसमा पौडेलले विकको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध सोमबार जबरर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराएको थियो ।
यही असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया सुनारलाई रक्सीको नशामा रहेका छिमेकी पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारको हर्कत गरेका थिए ।
विकले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको पौडेलले प्रहरीसामु बयान दिएका थिए । असोज १० गते हत्या आरोपमा पौडेल पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप