श्रेया सुनार बलात्कार प्रकरणः अभियुक्त पौडेल कारागार चलान
पोखरा । बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका भनिएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले थुनामा राख्न आदेश दिएको छ ।
प्रहरी हिरासतमा रहेका उनलाई आजै कारागार चलान गरिएको छ । न्यायाधीश योगेन्द्रप्रसाद साहको एकल इजलासले थप अनुसन्धानका लागि सो आदेश गरेको हो ।
अदालतमा मङ्गलबार भएको थुनछेक बहसमा पौडेलले विकको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध सोमबार जबरर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराएको थियो ।
यही असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया सुनारलाई रक्सीको नशामा रहेका छिमेकी पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारको हर्कत गरेका थिए ।
विकले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको पौडेलले प्रहरीसामु बयान दिएका थिए । असोज १० गते हत्या आरोपमा पौडेल पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण