बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार अभियोगमा सहन्यायाधिवक्ता घुस रकमसहित पक्राउ

बुधबार, २४ असोज २०७५, १८ : ५९
बुधबार, २४ असोज २०७५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । 

अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो । 

आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप