बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युएनडिपीमा ४२ पदको लागि जागिर खुल्यो

सोमबार, २२ असोज २०७५, ०७ : ३३
सोमबार, २२ असोज २०७५

के तपाई नेपाली नागरिक हुनुहुन्छ ? के तपाई संयुक्त राष्ट्रसंघको वडापत्रको मर्मबाट उत्प्रेरित हुनुहुन्छ, समावेशी समुहमा काम गर्न रुचाउनुहुन्छ, केहि परिवर्तन गर्न चाहनुहुन्छ र मानवताको सेवा गर्न चाहनुहुन्छ ? यी सबै प्रश्नको उत्तरहरु हो भने, युएनडिपी नेपाल दक्ष, गतिशिल व्यक्तिहरुको खोजीमा छ, जो यो विश्वलाई अझ सुन्दर बनाउनका लागि कटिबद्ध छन् । 

नेपाली नागरिकहरुको लागि युएनडिपीले ४२ पदमा जागिर खुलाएको छ । 

यदि तलका कुनै पनि पदपुर्तिबारे तपाईलाई चासो छ र तपाईले पदका लागि चाहिने योग्यताहरु पुरा गर्नुहुन्छ भने, आवेदन दिन युएनडिपीले आवश्यक्ताको सम्बन्धि आजको कान्तिपुर दैनिकमा विज्ञापन प्रकाशन गरेर आव्हान गरेको छ । 

युएनडिपीले भनेको छ — युएनडिपी आफ्नो कर्मचारी प्रणालीमा पुर्ण समावेशीता हासिल गर्नका लागि प्रतिबद्ध छ, र योग्यता पुगेका सबै लिंग शारिरिक अपांगता, यौनिकता, संस्कृति, धामिर्क तथा जातिय पुष्ठभुमिका उम्मेदवारलाई आवेदन दिन प्रोतसाहित गर्दछ । 

युएनडिपीको सबै तहमा कर्मचारीहरु संरचनामा लैंगिक समानता सुनिश्चित गर्ने नीति रहेको छ । 

योग्यता पुगेका महिला उम्मेदवरा तथा पिछाडिएका र सामाजिक बहिष्करणमा परेका समुहका उम्मेदवरालाई आवेदन दिनका लागि विशेष युएनडिपीले प्रोत्साहित गरेको छ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप