काभ्रेमा एकै परिवारका चार जना मृत फेला,सामूहिक अात्महत्याको अाशंका
काभ्रे -काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन् । बस पार्कमा हाेटल (गौतम भोजनालय) संचालन आएका ३२ वर्षिय राजाराम दाहालसहित उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल शुक्रबार मृत अवस्था फेला परेका हुन ।
प्रहरीको नियमित गस्तिका क्रममा हाेटलकाे सटर बन्द रहेको तर सटरका लतको भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरकाे लक खोलि हेर्दा चार जान मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरिका अनुसार घटनास्थलमा सेलफस विषकाे भाडाे भेट्टिएकाे छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापा लगायतको टाेलिले अनुसन्धान गरिरहेकाे छ ।
विगत २ वर्ष भन्दा पहिले देखि दाहाल परिवारले बस पार्कमा गाैतम भाेजनालय सञ्चालन गर्दै आएका थिए । दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् ।
वहिनिकाे विवाहकाे विषयले उग्र रुपलिदा घटना घटेकाे हुन सक्ने बताईन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता सर्यो, उमेर हदमा कडाई
-
पर्यटक तान्न तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्वद्धन
-
१० बजे १० समाचार : माधवसँग नलतारिने पक्षमा वामदेव, रविविरुद्ध मुद्दा दायर गर्न अर्को प्रतिवेदन तयार
-
स्रोत नखुलेको १५ लाख ७० हजारसहित युवक पक्राउ
-
बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न पूर्वगृहमन्त्री खाणको आग्रह
-
एलिना चौहानको ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक