ऋषि कपुरलाई क्यान्सर ? यस्तो भन्छन् दाइ रणधीर
ऋषि कपुरलाई क्यान्सर भएको छ ? के उनी क्यान्सरको तेस्रो स्टेजबाट गुज्रिरहेका छन् ? यसैको उपचार गराउन के उनी अमेरिका गएका हुन् । ऋषि कपुरका प्रशंसकहरुले सोसल मिडियामा यस्तै प्रश्न गरिरहेका छन् ।
यसैबीच ऋषि कपुरका दाइ रणधीर कपुरले एक इन्टरटेन्मेन्ट साइटसँगको अन्तर्वार्तामा यसबारे जानकारी दिएका छन् ।
उनले भने, ‘ऋषि कपुरको स्वास्थ्य राम्रो छ । उनको परिक्षण बिहिबारदेखि सुरु हुँदैछ । जबसम्म परिक्षण हुँदैन तबसम्म हामीले उनलाई के भएको हो, यकिनका साथ कसरी भन्न सक्छौं । यस्ता अड्कलको पनि पूर्ण रुपमा खण्डन गर्न चाहन्छु । यो हाम्रो लागि निकै दुःखको स्थिती हो । भर्खरै हामीले हाम्री आमालाई गुमाएका छौं । यसैबीच ऋषिको विषयमा विभिन्न अड्कलबाजी गरिन् निकै नराम्रो हो ।’
आमाको अन्तिम संस्कारमा पनि आएनन् ऋषिः
सोमबार ऋषि र रणधीरकी आमा कृष्णा राज कपुरको हृदयघातका कारण मृत्यु भएको थियो र उपचारका लागि अमेरिकामा भएकाले उनी आमाको अन्तिम संस्कारमा पनि उपस्थित हुन पाएनन् । उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुर पनि यतिबेला अमेरिकामा छन् । खबरका अनुसार सोनाली बेन्द्रेको उपचार भइरहेको अस्पतालमा नै ऋषिको उपचार भइरहेको छ ।
ऋषि आफैंले ट्वीट गरेर उपचारको जानकारी दिएका थिएः
ऋषि कपुर उपचारका लागि अमेरिका जानेबेला ट्वीटरमा यसबारे जानकारी दिएका थिए । उनले ट्वीटमा लेखेका थिए –
‘सबैलाई हेलो, कुनै कुराको उपचार गराउनका लागि अमेरिका जाँदैछु । म आफ्नो शुभचिन्तकलाई कुनै प्रकारको बेमतलब अनुमान नगर्न आग्रह गर्छु । मैले फिल्ममा काम गरेको ४५ वर्षभन्दा बढी भइसक्यो । तपाईंहरु सबैको प्रेम र प्रार्थनाका कारण म चाँडै नै फर्किएर आउनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
-
गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण