कुनै बेला थियो उनलाई पैसाको समस्या थियो । निर्माताले उनको घरमा अफर, पैसा र चेकको बाढि नै ल्याइदिए, कहिलेकाँही त्यसबापत् केही पनि चाँहिदैनसमेत भने ।’ ‘निर्माताहरुको यस्तो व्यवहारले उनी डराए । के गर्ने भन्दै मलाई फोन गरेर सोधे । मैले उनलाई उक्त पैसाको उनको कामसँग कुनै सम्बन्ध छैन भनी एक पत्र तयार गर्न आग्रह गरें । तर उनले यसो गर्न मानेनन् किनभने मानिसहरुले पुनः पैसाको माग गरे कसरी फिर्ता गर्ने भनी उनले मलाई सोध्दथे । १० करोडको एक विज्ञापन गर्ने अफर आएको थियो उनलाई । उनले त्यो पनि अस्विकार गरिदिए । प्रभासलाई कसरी झुटो बोल्ने थाहा छैन । उनी बिना कारण कसैको भावनामाथि ठेस् पुर्याउन चाहँदैनन् ।’
प्रतिक्रिया