७७ करोडको खसीबोका भित्रिए, दशैंलाई ४० हजार खसीबोका माग
काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को साउन र भदौ महिनामा १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ।
भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको हो ।
यस्ता पशुको आयातमा केही राजश्व संकलन गर्नुबाहेक व्यापार घाटा शतप्रतिशत रहेको भन्सार विभागले जनाएको छ । पशु आयातबाट विभागले यो अवधिमा ४ करोड १३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
दशैँ, तिहार जस्ता चाडमा खसीबोका बढी भित्रिने भएकाले यस्तो आयात अझै बढ्न सक्ने आँकलन गरिएको छ । जसले गदौ असोज महिनामा यो शीर्षकको व्यापार घाटा थप बढ्ने भन्सार विभागले जनाएको छ ।
चौपाया खरिदबिक्रि सेवा संघले यो दशैंमा काठमाडौंलाई ४० हजार खसीबोका आवश्यक पर्ने जनाएको छ । संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ ।
तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ ।
यस्तै दुई महिनामा तयारी अवस्थाका माछामासु ७ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।
जसमा मासु र मासुजन्य पदार्थ ३ करोड ५१ लाख ३९ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै माछा पनि ३ करोड ५१ लाख ३९ हजार बराबरको आयात गरिएको छ ।
यद्यपी, मासुको आयात भन्दा निर्यात बढी रहेको देखिन्छ । यसको निर्यात भने ४ करोड ४२ लाख १२ हजार रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ।
यता, माछाको निर्यात भने २८ हजार रुपैयाँ बराबरको मात्र भएको छ । मासु र मासुजन्य पदार्थमा भने देशको वैदेशिक व्यापार ९० लाख ७३ हजार रुपैयाँ नाफामा छ ।
माछाको व्यापार घाटा भने २७ करोड ५५ लाख ४३ हजार रुपैयाँको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ