शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

जावलाखेलमा हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरको १०औं शाखा विस्तार, कोरियन उपचार पद्धतिबाट मोटोपनको उपचार

सोमबार, १५ असोज २०७५, १५ : ४५
सोमबार, १५ असोज २०७५

ललितपुर । कोरियन उपचार पद्धतिबाट मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर सेन्टरले १० औं वर्ष पुरा गरेको छ । १०औं वर्ष पुरा गरेको अवसरमा होमले ललितपुरको जावलाखेलमा १०औं शाखा पनि विस्तार गरेको छ ।

नयाँ शाखा कार्यालयको स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र अभिनेतृ करिष्मा मानन्धरले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले होमले नेपालमा पनि कोरियन पद्धतीको प्रयोग गरी मोटोपन लगायतका समस्याबाट ग्रसित नेपालीहरुको उपचार गरेकोमा खुशी व्यक्त गरे ।

अभिनेतृ करिष्मा मानन्धरले बदलिएको जिवनशैलीसँगै व्यस्तताले गर्दा आफूलाई समय दिन नसक्नेहरुको लागि एउटा सजिलो माध्यम बनेकोमा हेल्दी होमलाई धन्यबाद दिइन् । 

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा अधिवक्ता कल्पना शर्माले हरेक नेपालीले सहज रुपमा हेल्दी होमको सेवा लिन सक्ने विश्वास व्यक्त गर्दै फेरिएको जिवनशैलीमा होम सहयोगी सावित बनोस् भनि शुभकामना व्यक्त गरिन् । 

जावलाखेल स्थित हेल्दी होमको राज्यमन्त्री यादवले अवलोकन पनि गरेका थिए ।

नेपालमा पहिलो पटक मोटोपना घटाउने र बडी सेप बनाउने पद्धति अवलम्बन गरेको संस्था स्वास्थ्य व्यवसायबाट दर्ता भई सञ्चालनमा आएको होमले हेयर एन्ड केयर, स्किन केयर, ब्रेस्ट रिडक्सन, स्ट्रेच मार्क रिमुभलगायतको सेवा प्रदान गर्दै आइरहेको हेल्दी होमका अध्यक्ष कृष्ण भण्डारीले बताए । 

कोरियन कस्मेटिक प्रविधिबाट महिनामा ५ देखि १५ केजीसम्म तौल घटाउन उपयोगि मानिएको यो उपचार पद्धतीको सेवा लिएका ग्राहकहरुलाई कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो । १०औं वर्ष पुरा गरेको अवसरमा होमले विशेष छुटसहितको विभिन्न अफर पनि सार्वजनिक गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप