शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट हुने

सोमबार, १५ असोज २०७५, १४ : ५२
सोमबार, १५ असोज २०७५

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले सय शैयायुक्त एक लाख वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट मध्येको एक बनाउने उद्घोष गरेको छ ।

विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन गर्दै नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो उद्घोष गरेका हुन् । नर्भिकले छिट्टै अति विशिष्ट क्रायो सेवा लगायत छुट्टै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरु गर्ने भएको छ ।

समारोहमा विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठनको जानकारी समेत गराइएको थियो ।

समारोहमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको, सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप