बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर : ४ अर्ब ७३ करोडभन्दा बढीको कारोवार

शुक्रबार, ०६ साउन २०७४, १३ : ५१
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं–चालु आर्थिक बर्षको पहिलो साता नेपालको पूँजी बजारमा ८७ लाख १० हजार भन्दावढी कित्ता सेयर खरिद विक्री भएका छन् । यो आवको पहिलो साता भएको सेयर खरिद विक्रिवाट ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ वरावरको कारोवार भएको छ । 


दुई दिन दोहोरो अंक र एक दिन सामान्य रुपमा बढेको बजार दुई दिन भने सामान्य घटेको थियो । आव २०७३/०७४ को अन्त्यतिर निन्त घटेको बजार यो साता भने १६३५.७५ अंकमा अडिएको छ । नयाँ आर्थिक बर्षको पहिलो दिन आईतबार सेयर बजार ०.९० को झिनो अंकले उकालो लागेको थियो । 


एक सय ४९ कम्पनीको १२ लाख ९४ हजार २ सय ५९ कित्ता सेयर किनवेच भएको यो दिन ६८ करोड १२ लाख ६२ हजार ५ सय २१ रुपैयाँको कारोवार भएको थियो । सो दिन बजार १५८३.५७ अंकमा पुगेर बन्द भएको थियो । पहिलो दिन बैकिङ समूहको सूचक २.४१ अंकले बढेको थियो भने फाइनान्स समूहको १०.९३ र बीमा समूहको सूचक १.४८ अंकले बढेको थियो । यो दिन होटल समूहको सूचक ५.८२, विकास बैंक समूहको सूचक ०.४४, जलविद्युत समूहको सूचक ८.९१, उत्पादनमुलक समुहको सूचक ०.२१ र अन्य समूहको सूचक ५.५ अंकले घटेको थियो । 


यस्तै साताको द्रोसो दिन सोमबार बजार दोहोरो अंकले छलाङ हान्दै १६०४.१५ अंकमा पुगेको थियो । यो दिन बजार २०.५८ अंकले बढेको हो । सबै सूचक उच्च अंकले बढेपछि बजार उचालिएको थियो । सोमबार एक सय ५४ कम्पनीको २० लाख १२ हजार कित्ता सेयर खरिदविक्रिवाट ६९ कोड ४३ लाख भन्दावढीको कारोवार भएको थियो । 


तेस्रो दिन मंगलबार भने बजारले उच्च अंकको छलाङ हानेको थियो । बैंक, होटल, बीमा लगायतका समूहको सूचक उचालिँदा समग्र बजार उक्लिएको थियो । यो दिन बजार ३४.२६ अंकले बढेको थियो भने बजार १६३८.४१ अंकको विन्दुमा पुगेको थियो । एक सय ५५ कम्पनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयर किनवेच भएको यो दिन एक अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको थियो । 
बैंकिङ समूहको सूचक २७.२५ अंकले उक्लिदा होटल समूहको सूचक ६१.५२ अंकले बढेको थियो । बिकास बैंक समूहको सूचक २५.२ अंकले उक्लिएको यो दिन जलविद्युत समूहको सूचक ३८.९९, वित्त समूहको सूचक ५.९५ अंकले बढेको थियो । बीमा समूहको सूचक ४ सय १६.६३ अंकले बढेको यो दिन उत्पादनमुलक समूहको सूचक २०.७२ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको थियो । 


साताको अन्त्यतिर बुधबार भने बजार झिनु अंकले घटेको थियो । यो दिन १.१४ अंकले झरेर १६३७.२७ अंकमा आएपनि कारोवार रकम भने खासै घटेन । 


एक सय ५५ कम्पनीको १६ लाख ९२ हजार १ सय ७० कित्ता सेयर किनवेच भएको बुधबार एक अर्ब १८ करोड ३१ लाख ८६ हजार १ सय ४६ रुपैयाँको कारोवार भएको थियो । बैकिङ समूहको सूचक २.७७, बिकास बैंक समूहको सूचक ४.७१, जलविद्युत समूहको सूचक ३.१९, फाइनान्स समूहको सूचक ७.०९, उत्पादनमुलक समूहको सूचक २.६४ र ‘अन्य’ समूहको सूचक ०.५८ अंकले घटेको थियो । यो दिन होटल समूहको सूचक १०.३४ अंक र बीमा समूहको सूचक ५१.९६ अंकले बढेको थियो । 


बिहीबार पनि बजार सामान्य घटेको थियो । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बजार १.५२ अंकले घटेको हो । एक सय ५५ कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर खरिदविक्रि भएको यो दिन ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाँको कारोवार भएको छ । बजारमा बैंक, होटल, बिकास बैंक र जलविद्युत कम्पनीको सूचक घटे भने फाइनान्स, बीमा, उत्पादनमुलक र अन्य समूहको सूचक बढेका थिए । 


बैकिङ समुहको सूचक ५.४४, होटल समूहको १६.४४, बिकास बैंक समूहको ३.८९ र जलविद्युत समूहको सूचक ११.३१ अंकले घटेको थियो । यस्तै, यो दिन फाइनान्स समूहको सूचक १.२८, बीमा समूहको सूचक ७७.४, उत्पादनमुलक समूहको सूचक १३.४७ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको थियो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप