हेराल्ड कलेजमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु, वेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धन
काठमाडौं । हेराल्ड कलेज काठमाडौंले वेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु गरेको छ । वेलायती शिक्षण पद्धती अन्तर्गत नेपालका विभिन्न शिक्षण संस्थाबाट लेभल फोर र फाइभ अध्ययन पुरा गरेका विद्यार्थीका लागि अनिवार्य रुपमा लेभल सिक्स अध्ययन गर्नेपर्छ ।
यसै सिलसिलामा कलेजको भ्रमणमा रहेकी विश्वविद्यालयकी विज्ञान र इन्जिनियरिङ संकायकी डीन प्रा. नजिरा करोडियाले नेपालका विद्यार्थी मेहेनती र लगनशिल भएको दाबी गरिन् । उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीमा संचालित हेराल्ड कलेज काठमाडौको बिएस्सी अनर्र्सको अन्तिम वर्षको अध्यापन शुरुवात गर्न नेपाल आएकी करोडियाले पश्चिमा मुलकमा भन्दा नेपालमा सूचना प्रविधि सम्बन्धी शिक्षामा छात्राहरुको उपस्थिति उल्लेख्य रहेको बताइन् ।
उनले विश्वविद्यालयको साझेदारीमा संचालित विषय अध्यापन गरेर सूचना प्रविधिको क्षेत्रमा छात्राको संख्या बढाउन हेराल्ड कलेज काठमाडौको महत्वपूर्ण भूमिका रहेको छ । अन्तिम वर्षमा अध्ययन गर्न सहभागि विद्यार्थीसंग अन्तक्रिया गर्दै डिन करोडियाले भनिन्, ‘हामीले सम्बन्धन दिएका १४ मुलुक मध्य नेपालमा हेराल्ड कलेजको पढाई उत्कृष्ठ देखेका छौ । भविष्यमा अझै उन्नति गर्ने अपेक्षा लिएका छौ । उल्भरहेम्टन विश्वविद्यालयमा २३ हजार र सम्बन्धन प्राप्त कलेजहरुमा ५ हजार विद्यार्थी अध्ययरत छन् ।’
साक्षात्कार कार्यक्रमा बोल्दै विश्वविद्यालयका ट्रान्सनेशनल एजुकेशन अप्रेशन प्रमुख डा. क्रिष्टोफर डेनिटले नेपालमा अध्ययनरत विद्यार्थीहरुको नतिजा उत्कृष्ठ भएको बताए । उनले भने, ‘सम्बन्धन दिएका कलेजहरु मध्य नेपालको हेराल्ड कलेज काठमाडौको पठनपठन विश्वविद्यालयै स्तरमा रहेको छ ।’
कार्यक्रममा हेराल्ड कलेज काठमाडौका कामु प्रमुख कार्यकारी प्रकाश श्रेष्ठले नेपालमै विभिन्न शिक्षण संस्थाबाट डिप्लोमा र एडभान्स डिप्लोमा अध्ययन सकेका विद्यार्थीका लागि अन्तिम वर्षको विएस्सी अनर्स र कम्प्युटर साइन्स अध्ययन गर्न सहज भएको जानकारी दिए । उनले अन्य कलेजको तुलनामा अत्यन्तै कम शुल्कमा अध्यापन गराईरहेको बताए ।
सन् २०१५ बाट उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीका स्नातक तहको कक्षा संचालन गरेको हेराड कलेज काठमाडौंमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारबाट स्विकृत प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त हेराल्ड कलेज काठमाडौंमा सूचना प्रविधि तर्फ बिएस्सी अनर्स कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ ब्याचलर इन इन्टरनेशनल म्यानेजमेन्ट कक्षा संचालन हुँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ अर्ब ७८ करोड तिरेर एक महिनामा साढे ७ खर्बको बीमा
-
दाङमा बस दुर्घटना, २१ जना घाइते
-
सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी