बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेराल्ड कलेजमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु, वेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धन

आइतबार, १४ असोज २०७५, १२ : ५८
आइतबार, १४ असोज २०७५

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले वेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु गरेको छ  । वेलायती शिक्षण पद्धती अन्तर्गत नेपालका विभिन्न शिक्षण संस्थाबाट  लेभल फोर र फाइभ अध्ययन पुरा गरेका विद्यार्थीका लागि अनिवार्य रुपमा लेभल सिक्स अध्ययन गर्नेपर्छ ।

यसै सिलसिलामा कलेजको भ्रमणमा रहेकी विश्वविद्यालयकी विज्ञान र इन्जिनियरिङ संकायकी डीन प्रा. नजिरा करोडियाले नेपालका विद्यार्थी मेहेनती र लगनशिल भएको दाबी गरिन् । उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीमा संचालित हेराल्ड कलेज काठमाडौको बिएस्सी अनर्र्सको अन्तिम वर्षको अध्यापन शुरुवात गर्न नेपाल आएकी करोडियाले पश्चिमा मुलकमा भन्दा नेपालमा सूचना प्रविधि सम्बन्धी शिक्षामा छात्राहरुको उपस्थिति उल्लेख्य रहेको बताइन् ।

उनले विश्वविद्यालयको साझेदारीमा संचालित विषय अध्यापन गरेर सूचना प्रविधिको क्षेत्रमा छात्राको संख्या बढाउन  हेराल्ड कलेज काठमाडौको महत्वपूर्ण भूमिका रहेको छ । अन्तिम वर्षमा अध्ययन गर्न सहभागि विद्यार्थीसंग अन्तक्रिया गर्दै  डिन करोडियाले  भनिन्, ‘हामीले सम्बन्धन दिएका १४ मुलुक मध्य नेपालमा हेराल्ड कलेजको पढाई उत्कृष्ठ देखेका छौ । भविष्यमा अझै उन्नति गर्ने अपेक्षा लिएका छौ । उल्भरहेम्टन विश्वविद्यालयमा २३ हजार  र सम्बन्धन प्राप्त कलेजहरुमा ५ हजार विद्यार्थी अध्ययरत छन् ।’

साक्षात्कार कार्यक्रमा बोल्दै विश्वविद्यालयका ट्रान्सनेशनल एजुकेशन अप्रेशन प्रमुख डा. क्रिष्टोफर डेनिटले  नेपालमा अध्ययनरत विद्यार्थीहरुको नतिजा उत्कृष्ठ भएको बताए । उनले भने, ‘सम्बन्धन दिएका कलेजहरु मध्य नेपालको हेराल्ड कलेज काठमाडौको पठनपठन विश्वविद्यालयै स्तरमा रहेको छ ।’

कार्यक्रममा हेराल्ड कलेज काठमाडौका कामु प्रमुख कार्यकारी प्रकाश श्रेष्ठले नेपालमै विभिन्न शिक्षण संस्थाबाट डिप्लोमा र एडभान्स डिप्लोमा अध्ययन सकेका विद्यार्थीका लागि अन्तिम वर्षको विएस्सी अनर्स र कम्प्युटर साइन्स अध्ययन गर्न सहज भएको जानकारी दिए । उनले अन्य कलेजको तुलनामा अत्यन्तै कम शुल्कमा अध्यापन गराईरहेको बताए ।  

सन् २०१५ बाट उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीका स्नातक तहको  कक्षा संचालन गरेको हेराड कलेज काठमाडौंमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारबाट स्विकृत प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त हेराल्ड कलेज काठमाडौंमा सूचना प्रविधि तर्फ बिएस्सी अनर्स कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ ब्याचलर इन इन्टरनेशनल म्यानेजमेन्ट कक्षा संचालन हुँदै  आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप