एसपी विष्टसहित तीनजनाको डिनएन ‘भेजिनल स्वाब’ सँग मेल खाएन
काठमाडौं– कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितीको सुझावपछी गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परिक्षण गर्न निर्देशन दिएका थिए ।
मन्त्रिको आदेशपछी तिनै जनाको नमुना संकलन गरेर त्रिवी शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधीविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परिक्षण गरेका थिए ।
‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले रातोपाटीसँग भने, ‘काठमाडौंबाट पठाईएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’
निर्मलाको ‘भेजिनल स्वाब’ बाट डेभलप गरेको डिएनए प्रोफाईलसँग एसपी विष्टसहित तीन जनाको डिएनए नमिलेपछी निर्मला हत्या प्रकरण थप रहस्यतिर धकेलिएको छ ।
निर्मला पन्त हत्या प्रकरणः एसपी बिष्टसँगै आयुश र किरणको पनि डीएनए रिपोर्ट आयो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे