अपाङ्ग दलित कुटपिटका आरोपी वडाध्यक्ष १३ हजार तिरेर रिहा
शुक्रबार, ०६ साउन २०७४, ११ : ०२

गुल्मी– गाउँ कार्यपालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ दलितलाई कुटपिट गरेको अभियोग लागेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेको बताइएको छ ।
त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको र पीडकले माफी समेत मागेको बताइएको छ ।
चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले उपचारवापतको सो रकम पीडकले तिरेको तर मिलापत्र अझै नभएको बताए ।
वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन