शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्यारालाइसिस भएकी श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या

बिहीबार, ११ असोज २०७५, ११ : ३०
बिहीबार, ११ असोज २०७५

पोखरा– पोखरा महानगरपालिका ३२ स्थित खुदी खोला नजिक सुकुम्बासी बस्तीमा श्रीमानले प्यारालाईसिस आफ्नै श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या गरेका छन् । 

५२ वर्षीय यानबहादुर गुरुङले श्रीमति श्रीमायालाई हत्या गरेका हुन् । हत्याको आरोपमा यानबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । 

‘अनुहार र टाउकोमा धेरै पटक हानेको ढुङगाले हानेको देखिन्छ,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घरभित्र हत्या गरी लछार्दै ल्याएर तल फालेको हुनुपर्छ ।’  

स्थानीयका अनुसार यानबहादुर मदिरा पिउँथे । आज विहान उनले श्रीमतिको हत्यापछि ‘मैले श्रीमती मारेर बकाइनोको रुख मुनी फालेको छु’ भन्दै फरार भएका थिए । घटना थाहा पाएलगत्तै लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनापछि घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्नुका साथै हत्यामा संलग्न यानबहादुरलाई खुदी खोला डिलबाट पक्राउ गरेको हो ।

श्रीमाया विगत ३ वर्षयता प्यारालाईसिस रोगबाट थलिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप