शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुनै अनुहार आकर्षक त कुनै किन लाग्छ कुरुप ?

बिहीबार, ११ असोज २०७५, १० : ०६
बिहीबार, ११ असोज २०७५

क्रिस्टल पोन्टी /बीबीसी

यदि तपाईं कसैलाई सुन्दर को हो ? भनेर सोध्नुहुन्छ भने यसको जवाफ व्यक्तिपिच्छे फरक हुन्छ । धेरैले सुन्दरता हेर्नेको आँखामा हुन्छसमेत भन्ने गर्छन् ।

धेरै पुरानो कुरा होइन, महिलालाई साइज जिरोको स्केलमा कसेर उनीहरुको सुन्दरता मापन गरिन्थ्यो । आज हामी त्यो समयभन्दा अघि बढेका छौं ।

मानिसको विकास प्रक्रियाका कारण सौन्दर्यको मापनमा परिवर्तन आइरहेको छ । लाखौं वर्षको विकास प्रक्रियाबाट गुज्रिएका कारण सुन्दरताबारे मानिसहरुको धारणा परिवर्तन भइरहेको छ ।

सुन्दरता तय गर्ने प्राकृतिक प्रक्रियाका साथै मिडिया र फेशन इन्डष्ट्रिको यसमा ठूलो भूमिका छ ।

अन्य व्यक्ति प्रतिक्रियाको असरः

जोन हपकिन्स युनिभर्सिटीको क्यारे बिजनेस स्कूलमा असिस्टेन्ट प्राध्यापक हेयांग यांग भन्छन्, ‘सुन्दरता आज पनि हेर्नेहरुको आँखामा नै हुन्छ तर हेर्नेहरुको दृष्टिकोण निकै तीब्र रुपमा परिवर्तन भइरहेको छ ।’

हेयांग यांग एक रोचक अनुसन्धानमा संलग्न छन् । यो अनुसन्धान अनुसार सुन्दरताबारे हाम्रो सोचमाथि दोस्रो व्यक्तिको प्रतिक्रियाको असर पनि पर्छ ।

हेयांग यांग भन्छन्, ‘इन्टरनेटको युग आइसकेपछि मानिसहरुको नजरमा सुन्दरताको अर्थ तीब्र रुपमा परिवर्तन भइरहेको छ । मानिसको इतिहासमा सौन्दर्य मापन यति छिटो कहिले पनि परिवर्तन भएको थिएन ।’

सोसल मिडिया र इन्टरनेटसँग लगातार जोडिएका कारण हामी दिनभरी विभिन्न तस्बिर हेरिरहेका हुन्छौं ।

टिभी, मोबाइल, ल्यापटप र कम्प्युटरका साथै विज्ञापन सबैतिर तस्बिरै तस्बिर हुन्छन् । प्रत्येक तस्बिर हेर्दा हाम्रो सौन्दर्य मापन परिवर्तन हुने गर्छ ।

अनुहारसँगै परिवर्तित मापनः

विभिन्न डेटिङ वेबसाइट र डेटिङ एपले यो गतीलाई थप तीब्र बनाइरहेको छ ।

सिड्नी युनिभर्सिटीले केही युवतीमाथि अनुसन्धान गर्यो । यी महिलालाई ६० पुरुषको तस्बिर देखाइयो । हरेक तस्बिरलाई स्क्रिनमा एक सेकेन्डको एक तिहाईभन्दा पनि कम समयमा देखाइयो ।

युवतीले हरेक अर्को तस्बिरलाई कि त पहिलाको भन्दा राम्रो बताए कि त पहिलाको भन्दा कुरुप ।

यसै अुनसन्धानमा ती युवतीहरुलाई दुई सय ४२ महिलाको तस्बिर देखाइयो । अनुसन्धानमा संलग्न केही युवतीले पहिले र पछि हेरेको तस्बिरको तुलना गरे । केहीले पछि हेरेको तस्बिर पहिलेको भन्दा राम्रो बताए कतिले पहिलेको भन्दा पछि हेरेको तस्बिर नराम्रो बताए । अर्थात् हरेक अनुहारसँग सुन्दरताको मापन परिवर्तन भइरहे ।

क्रमबद्ध निर्भरताः

यो अनुसन्धानको नेतृत्व गरिरहेकी जेसिका टबर्ट भन्छिन्, ‘हाम्रो दिमागले आँखामार्फत पाइरहेको हरेक जानकारी साझा गरेर त्यसबारे सही निर्णय दिन सक्दैन । त्यसकारण यसले शर्टकटको खोजी गर्छ । यसै कारण हाम्रो दिमागले पछिल्लो तस्बिरको आधारमा अर्को तस्बिरबारे निर्णय गर्छ । त्यसअघिका तस्बिरका पूर्ण आकृति याद भइसकेको हुँदैन । ’

वैज्ञानिक भाषामा यसलाई ‘क्रमबद्ध निर्भरता’ भनिन्छ । यदि तपाईं कुनै कफीको मगलाई हेरेर अर्कोतर्फ हेर्नुहुन्छ र केही समयपछि पुनः त्यसलाई हेर्नुहुन्छ भने त्यो मग त्यही होला भन्ने आशा गर्नुहुन्छ ।’

अनलाईन डेटिङ एपमा लगातार तस्बिर हेर्दा यस्तै हुन्छ । हरेक परिवर्तित तस्बिरसँगै दिमागले नयाँ जानकारी पाउँछ । यो जानकारीलाई हाम्रो दिमागले राम्रोसँग प्रोसेस गर्न पाउँदैन । त्यसकारण पछिल्लो तस्बिरबारे दिमागमा जे बसेको हुन्छ त्यही सौन्दर्य मापन अर्को तस्बिरमा पनि लागु गर्छौं ।’

अमेरिकाको अजुसा प्यासिफिक युनिभर्सिटीकी टेरिजा पेगोर्स भन्छिन्, ‘हाम्रो दिमागले आफूलाई वरिपरिको वस्तुको हिसाबले तुरुन्त आफूलाई त्यसैमा ढाल्ने गर्छ । तर आज जति तीब्र रुपमा माहौल परिवर्तन भइरहेको छ, त्यो गती दिमागले थेग्न सकेको छैन । फलस्वरुपः सौदन्र्य मापन तीब्र रुपमा परिवर्तन हुने गर्छ । यसको नतिजा यो हुन्छ कि आज हामी एक साथीसँग सन्तुष्ट हुन सक्दैनौं ।’

झलकको असरः

यदि तपाईं वास्तविक जीवनमा भन्दा अनलाइन दुनियाँका मानिसहरुलाई धेरै मन पराउनुहुन्छ भने यसको ठूलो कारण हो – तपाईंको धेरै तस्बिर हेर्ने बानी, त्यो पनि छिटो छिटो ।

अनुसन्धानमा यो पत्ता लागेको छ कि यदि तपाईं कसैलाई झुलुक्क हेर्नुहुन्छ भने उक्त व्यक्तिप्रति तपाईं धेरै आकर्षित महसुस गर्नुहुन्छ । त्यही अनुहारलाई लामो समयसम्म हेर्दा त्यसले धेरै आकर्षित गर्दैन ।

मानिसहरु जब कसैलाई हेर्छन् तब सम्भावित साथीको खोजी गर्छ । अब यदि कुनै व्यक्ति झुलुक्क मात्र देखिएको छ भने उप्रति आकर्षित हुनु त स्वभाविक हो किनभने हाम्रो दिमागले उप्रति आशा देखेको छ, एक साथी बनाउने ।

स्ट्यानफोर्ड युनिभर्सिटीका डेविड इगलम्यान सल्लाह दिन्छन्, ‘यदि तपाईं कसैलाई गल्तीपूर्वक आकर्षित पाउनुहुन्छ भने उनलाई दोस्रो पटक हेरिहाल्नुहोस् । यसले तपाईंलाई तुरुन्त आफ्नो गल्ती सुधार्ने मौका पाउनुहुन्छ ।’

तर इगलम्यान चेतावनी दिन्छन्, ‘हुनसक्छ तपाईंले पहिलो नरजमा कसैलाई सुन्दर नदेख्नुहोला र त्यो व्यक्तिलाई दोस्रो पटक नहेर्दा तपाईंले एक सम्भावित साथी गुमाउने सम्भावना रहेको हुन्छ ।’

अनलाइन डेटिङ साइटमा धेरैजसो यस्तै हुन्छ जब तपाईं निकै छिटो स्वाइप गरेर अर्को तस्बिर हेर्न थाल्नुहुन्छ ।

इगलम्यानका अनुसार हामी जति छिटो डेटिङ एपमा तस्बिर परिवर्तन गर्छौं, हाम्रो दिमागले त्यति छिटो केही धारणा बनाउन सक्दैन ।

हामीलाई यो कुरा पहिले नै थाहा छ कि कुनै मामलामा हाम्रो मूड, माहौल र वरिपरिका मानिसहरुको प्रतिक्रियाबाट प्रभावित हुन्छ ।

तर जतिबेला हामी नयाँ साथीको खोजीमा हुन्छौं तब हामीसँग धेरै जानकारी हुन्छ । र यो जानकारीमार्फत कुनै नतिजामा पुग्नका लागि निकै थोरै समय हुन्छ । त्यसकारण सुन्दर र कुरुपबारे हाम्रो मापन निकै तीब्र रुपमा परिवर्तन हुने गर्छ ।

पेगार्सका अनुसार यसको ठूलो फाइदा पनि छ । उनी भन्छिन्, ‘हरेक अनुहारका साथ सुन्दरताको विषयमा हाम्रो सोच परिवर्तन हुने गर्छ । अर्थात्, हामी जे देख्छौं त्यो हिसाबले सौन्दर्य मापनलाई लगातार परिवर्तन गर्न सक्छौं । हामी कुनै एक सोच वा तरिकामा टिक्दैनौं । हामीसँग कम तस्बिर हेरेर निर्णय गर्ने विकल्प खुल्ला हुन्छ ।’

यसका लागि तपाईंले डेटिङ एपबाट लग आउट गर्न आवश्यक छ । तर यो कुरा लागु गर्न निकै मुश्किल पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप