एयर एसियाको २५ करोड बक्यौता, बक्यौता उठाउन त्रिभुवन विमानस्थल किन लचक ?
विमानस्थलका महाप्रबन्धक भन्छन्, ‘पैसा जसरी पनि उठाउँछु’
काठमाडौं– सबैभन्दा सस्तो मूल्यमा मलेसियाको उडान गर्दै आएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई २५ करोड रुपैयाँ तिर्न बाँकी छ ।
तर उक्त बक्यौता तिरिनसक्दै उक्त विमान कम्पनीले दुई वर्षका लागि नेपालबाट हुँदै आएको उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।
लामो समयदेखि करोडौँ बक्यौता तिर्न अटेरी गर्दा पनि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले एयर एसियामाथि कुनै एक्सन लिन सकेको छैन । बरु विमानस्थलको लचकताका कारण करोडौँ बक्यौता राखेर एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाड्ने भएको हो ।
नेपालबाट मलेसिया आवतजावत गर्ने यात्रुको सङ्ख्यामा कमी आएको भन्दै अक्टोबर १ अर्थात असोज १५ गतेबाट एयर एसियाले उडान बन्द गर्ने सूचना त्रिभुवन विमानस्थललाई दिइसकेको छ ।
अब उडान बन्द गरेपछि बक्यौता कसरी उठाउनुहुन्छ ? रातोपाटीको जिज्ञासामा त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षत्री भन्छन्, ‘एयर एसियासँग अब पेनाल्टीसहित २५ करोड असुल्न बाँकी छ । अन्तर्राष्ट्रिय मञ्चमा लेखेर पनि पैसा त निकाल्छौँ ।’
करोडौँ रकम असुल्न बाँकी हुँदा पनि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले एयर एसियाको जहाज रोक्ने विकल्प हुँदाहुँदै पनि त्यस्तोखाले एक्सन लिन आनाकानी गरिरहेको छ । दुबई, हङकङलगायतका मुलुकमा त्यसरी बक्यौता राखेमा त्यहाँको अथोरिटीले तत्काल जहाज रोकिदिन्छ ।
बक्यौता रकम समयमा नदिए जहाज रोक्नेबाहेक अर्को विकल्प नहुने कुरा महाप्रवन्धक क्षेत्री स्वीकार्छन् । तर एयर एसियाको हकमा जहाज रोक्ने काम नगरेका क्षत्रीले १–२ दिनमा साढे ५ करोड नदिए जहाज रोक्ने बताए । उनले भने, ‘एयर एसियाले १–२ दिनमा साढे ५ करोड नल्याए जहाज रोकिन्छ, अरू विकल्प छैन ।’
एयर एसियाले आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) परिवर्तन गर्नका लागि पनि दुई वर्षका लागि उडान बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
कतिपय बिमान कम्पनीहरूलाई सामान्य बक्यौता हुँदा पनि ताकेता गर्र्दै आएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले गल्फ एयरसँग ८ वर्ष पहिलेदेखिको २ करोड ५० लाख बक्यौता असुल गर्न सकेको छैन । सिम्रिक एयरले त्रिभुवन विमानस्थललाई ८५ लाख बक्यौता तिर्न बाँकी छ ।
घरेलु उडान कम्पनी सौर्य एयरलाइन्सले प्रधिकरणलाई २ करोड २० लाख तिर्न बाँकी छ । लामो समयदेखिको बक्यौता तिर्न आनाकानी गरेको सौर्य एयरलाइन्सलाई पनि आफूले चेतावनी दिएको महाप्रवन्धक क्षत्री दाबी गर्छन् ।
‘गल्फ र सौर्य दुवैलाई पत्राचार गरेको छु, कुनै सहुलियत दिन्न’ उनले भने, ‘अब पनि बक्यौता तिर्न विलम्ब गरेमा जहाज रोकिदिन्छु ।’
विमान कम्पनीहरूले त्रिभुवन विमानस्थललाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन चार्जसमेत गरी मासिक लाखौँ राजस्व बुझाउनुपर्छ । कतिपय विमान कम्पनीहरूले उडानको सङ्ख्या हेरेर मासिक ४ करोडसम्म बुझाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे