शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिगबसः २८ वर्षे जसलिनसँगको सम्बन्धबारे ६५ वर्षे भजन सम्राटकी पूर्व श्रीमतीको यस्तो प्रतिक्रिया

आइतबार, ०७ असोज २०७५, ०९ : ३२
आइतबार, ०७ असोज २०७५

बिग बस १२ मा सबैभन्दा धेरै चर्चा जुन प्रतिस्पर्धीको छ, त्यो जोडी हो ६५ वर्षे भजन सम्राट अनुप जलोटा र उनकी २८ वर्षे प्रेमिका जसलिन मथारुको । जलोटा क्रमशः बिग कसको खेल बुझिरहेका छन् र अन्य प्रतिस्पर्धीसँग खेल खेल्नका लागि रणनीति बनाइरहेका छन् । उनकी प्रेमिका जसलिन पनि निकै राम्रोसँग खेलिरहेकी छिन् । जलोट जसलिन अघि विभिन्न सम्बन्धमा भइसकेका छन् । उनको यो नयाँ कदममा उनकी जेठी श्रीमती सुनाली राठौडले प्रतिक्रिया दिएकी छिन् ।

सुनालीले स्पटब्वईसँग भनिन्, ‘म आफ्ना पूर्व श्रीमानबारे किन कुरा गर्छु र ? म यो सम्बन्धभन्दा अघि बढिसकेकी छु र आफ्नो नीजि जीवनमा निकै खुसी छु । अनुप आफ्नो व्यवसायिक र नीजि जीवनमा सबैभन्दा राम्रो गरुन्, यही नै मेरो शुभकामना । ’

स्मरण रहोस्, अनुप जलोटाले तीनवटा विवाह गरेका थिए । सुनाली उनकी जेठी श्रीमती थिइन् । उनी पनि जसलिनजस्तै उनकी चेली हुन् । दुबैले विभिन्न कन्सर्ट पनि गरेका छन् । जलोटा र सुनालीको विवाह उनीहरुको परिवारको मंजुरी बिना भएको थियो । पछि दुबै अलग्गिए । सम्बन्धविच्छेपछि सुनालीले तबला बादक र गायक रुप कुमार राठौरसँग विवाह गरिन् । उनकी एक छोरी छिन्, उनी पनि गायिका हुन् ।

जलोटाले दोस्रो विवाह बिना भाटियासँग गरेका थिए । तर दुबैको विवाह धेरै दिनसम्म टिक्न सकेन । जलोटाको यो मागी विवाह थियो । जलोटाले तेस्रो विवाह मेधा गुजरालसँग गरे जो पूर्व प्रधानमन्त्री इन्द्र कुमार गुजरालकी भतिजी थिइन् । उनी शेखर कपुरकी जेठी श्रीमती थिइन् तर सन् १९९४ मा दुबैको सम्बन्धविच्छेद भएको थियो । सन् २०१४ मा मेधाको कलेजोमा समस्याका कारण मृत्यु भयो । जलोटा र मेधाका एक छोरा छन् जसको नाम आर्यमान हो ।

जसलिनका अनुसार अनुप र उनी लुकीलुकी भेट्ने गर्दथे । जसलिनले घरभित्र जानु अघि बताइन्, ‘अनुप जी म बिना बस्न सक्नुहुन्न । उहाँ कोलकाता आउनुहुन्थ्यो । हामी लुकीलुकी भेट्थ्यौं । बिग बसको घरमा हामीले यसबाट छुटकारा पाउनेछौं ।’

अनुप पछिल्लो लामो समयदेखि गजल र भजन गायन गरिरहेका छन् । उनले गाएका गीत ऐसी लागी लगन र अच्युतम केशवम निकै चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप