शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली दूतावास युएर्इले मनायो संविधान दिवस

शनिबार, ०६ असोज २०७५, १३ : ४६
शनिबार, ०६ असोज २०७५

युएर्इ–संविधान दिवसको अवसरमा  युएर्इस्थित नेपाली दूतावासले बिहिबार यहाँ एक विशेष समारोहको आयोजना गर्याे । 

समारोहमा युएई सरकारका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोइ र   परराष्ट्र मन्त्रालय पर्यटन विभागका महानिर्देशक सइद अब्दुल्लाह अल कामजीसहित  विभिन्न २३ राजदूत, ४३ उपनियोग प्रमुख तथा दूतावास प्रतिनिधि लगायतको उपस्थित रहेको थियो। 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले नेपाल सधै स्वतन्त्र राष्ट्र भएको र संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवशका रुपमा मनाउन थालेको बताए।
उनले संविधानको कार्यान्वयन सुरू भए सँगै नेपालमा पर्यटन र विदेशी लगानीको लागि सुरक्षित वातावरण तयार भएको बताए। 

कार्यक्रममा आदिवासी जनजाति महासंघ युएई शाखा अन्तर्गतका विभिन्न जातीय संस्थाहरुले आ आफ्नो जातीय झाँकीहरू प्रस्तुत गरेका थिए  भने नेपालको फरक मौलिकता बोकेको सुदुरपश्चिमको देउडा नृत्य प्रस्तुत गरिएको थियो । 

समारोहमा  बिभिन्न संघसस्थाका प्रमुख तथा पदाधिकारी, समाजसेवी बुद्दिजिबी, ब्याबसायी, पत्रकारलगायतका नेपालीहरूको समेत उपस्थिति रहेको थियो।
 
कार्यक्रममा दूतावासका प्रथम सचिव सिवानी बस्नेत, द्दितिय सचिव बिष्णु अधिकारी, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, त्रितिय सचिवद्वय केशवराज पोखरेल, नारायण ज्ञवाली, लेखाप्रमुख पुण्यवती पौडेल तथा दूतावासका स्थानीय कर्मचारी लगायतले उपस्थित आमन्त्रित विदेशी पाहुनालाई स्वागत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप