हेल्लो १९७ !
१९७ ।
तपाईंमध्ये कतिपयले १९७ मा टेलिफोन गरेको हुनुपर्छ ।
संस्थागत वा व्यक्तिगत नम्बर माग्न १९७ मा टेलिफोन गर्ने गरिन्छ ।
नेपाल टेलिकमले १९७ बाट प्रवाह गर्दै आएको सेवा १२ वर्षदेखि निजी कम्पनीलाई ठेक्कामा दिएको हो । टेलिकमले १९७ बाट प्रवाह गर्ने सेवा संवत् २०६२ बाट निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । १९७ सँग रहेको सम्पूर्ण टेलिफोन नम्बर टेलिकमले नै उपलब्ध गराएको सोधपुछ तथा ग्राहक सेवा (१९७ तथा १४९८) का अपरेसन मेनेजर ईश्वर पलिखेलले जानकारी गराए ।
१९७ सँग ६ लाख टेलिफोन नम्बर
१९७ मा ६ लाख टेलिफोन नम्बर उपलब्ध रहेको अपरेसन मेनेजर पलिखेलले सुनाए । हाइवे लिंक प्रालि लिंकरोड नयाँबजारद्वारा सञ्चालित १९७ मा रहेका अधिकांश नम्बर व्यक्तिगत छन् । त्यसबाहेक सरकारी कार्यालय, संस्थान, बैंक, उद्योग तथा कलकारखाना र विभिन्न कम्पनीका टेलिफोन नम्बर रहेका छन् ।
३६५ दिन चौबीसै घन्टा सेवा प्रवाह गर्दै आएको १९७ ले कतिपय अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो कार्यालयको नम्बर दर्ता गर्न अनुरोध गर्छन् । उसले सेवाग्राहीको अनुरोध सम्बोधन गर्दै टेलिकमबाट प्रमाणित गराएपछि मात्रै १९७ मा नम्बर दर्ता गरिन्छ ।
१९७ मा नम्बर कसरी दर्ता गर्ने ?
सम्बन्धित व्यक्तिको नाममा टेलिफोन आउनु भनेकै टेलिकमको ‘डेटाबेस’ मा ‘इन्ट्री’ हुनु हो । ‘डेटाबेस’ मा ‘इन्ट्री’ भएका नम्बर १९७ ले साता दिनभित्रै ‘अपडेट’ हुन्छ । १९७ मा छुट्टै दर्ता गर्न पर्दैन ।
त्यसबाहेक १ प्रतिशतभन्दा थोरैले मात्रै १९७ मा सिधा टेलिफोन गरेर आफ्नो कार्यालयको नम्बर दर्ता गर्न अनुरोध गर्छन् । उदाहरणका लागि सम्बन्धित घरधनीको नम्बर सम्बन्धित घरमा कार्यालय राख्नेले प्रयोग गरेमा त्यो नम्बर हाम्रो कार्यालयको नाममा दर्ता गरिदिनुहोला भनेर अनुरोध गरिन्छ । त्यस्तो अवस्थामा टेलिकमबाट सो नम्बर प्रमाणित गराएर १९७ मा दर्ता गरिन्छ ।
त्योबाहेक व्यक्तिको नाममा लिइएको नम्बर संघ–संस्थालाई प्रयोग गर्न दिइएको खण्डमा टेलिकममा प्रमाणित गरेर १९७ मा दर्ता गर्ने गरिन्छ । सम्बन्धित कार्यालयसम्बद्धले आफ्नो कार्यालय स्थानान्तर भई नम्बर परिवर्तन भएमा पनि खबर गर्छन् । ‘यो सेकेन्डरी सोर्स हो,’ उनले प्रस्ट्याए, ‘१९७ ले प्राप्त गर्ने टेलिफोन नम्बरको प्राइमरी सोर्स भनेको टेलिकम नै हो ।’ ठाउँ सारी, नाम सारी, नयाँ दर्ता र पुरानो नम्बर खारेजको आवधिक जानकारी टेलिकमले नै गराउँछ ।
१९७ मा पौने दुई सय कर्मचारी
१९७ र १४९८ मा पौने दुई सयजनाले रोजगारी पाएका छन् । १९७ भनेको सोधपुछ विभाग हो भने १४९८ भनेको ग्राहक सेवा हो । १९७ ले आफूसँग भएको टेलिफोन नम्बर सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ भने १४९८ मा जिएसएम, सिडिएमए र मोबाइलसम्बन्धी समस्या सोधपुछ गरिन्छ ।
सेवाग्राहीले जिज्ञासा राखेमा १४९८ ले भनिदिन्छ । समस्या हो भने टेलिकमले ‘इन्ट्री’ गर्ने ‘पोर्टल’ मा ‘अपरेटरले रेकर्ड’ गरिदिन्छ । त्यो सुनेर इन्जिनियरले प्रतिउत्तर दिएपछि पुनः १४९८ मा उपलब्ध गराइन्छ । उपलब्धताका आधारमा १४९८ बाट सेवाग्राहीलाई प्रतिउत्तर दिने गरिन्छ ।
१९७ मा तीनथरी कर्मचारी कार्यरत
१९७ मा तीनथरी कर्मचारी कार्यरत छन् । १. अपरेटर । २. अपरेटरलाई व्यवस्थापन टिम लिडर । ३. प्रत्येक समूहमा कार्यरतलाई सुपरभाइजरले ‘गाइड’ गर्छन् । त्योबाहेक ‘नेटवर्क एडमिनिस्ट्रेसन’ को छुट्टै ‘पार्ट’ छ ।
१९७ मा धेरै सोधिने नम्बर
१९७ मा सबैभन्दा धेरै बैंकको नम्बर सोधिन्छ । त्यसपछि अस्पताल र मन्त्रालयसँग सम्बन्धितको नम्बर सोधिने अपरेसन मेनेजर ईश्वर पलिखेलले बताए । प्रहरी र आन्तरिक राजस्वको नम्बर पनि धेरै सोधिनेमा पर्छन् । त्यसपछि उद्योग तथा कलकारखानाको नम्बर सोधिन्छ । कार्यालयीय समय र दिवासेवामा १९७ मा धेरै नम्बर सोधिने भए पनि व्यक्तिगत नम्बरचाहिँ कमै सोध्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी