प्रदेश ५ मा संविधानको सम्मान, शहिदकोे अपमान !
बुटवल– प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा बुधवार ठूलो तामझामका साथ संविधान दिवस मनाइयो ।
जनप्रतिनिधि, कर्मचारीदेखि समाजका गन्नेमान्ने र बौद्धिक ब्यक्तिहरुको कार्यक्रममा लावालस्कर नै लाग्यो ।
प्रभातफेरी सकेर मञ्चमा पुग्दै गर्दा प्रदेश प्रमुख उमाकान्त झाले सलामी ग्रहण गरे । मुख्यमन्त्रीदेखि मन्त्रीहरुले सुरक्षा निकायको सेल्युट पनि ग्रहण गरे ।
अन्यले नमस्कार आदान प्रदान र ज्यु–हजुरी गर्न पनि भुलेनन् ।
प्रदेश प्रमुख प्रवेशसँगै सलामी अर्पण गरियो ।
राष्ट्रिय गान पनि बज्यो । तर, भुलियो जसले जीवनको आहुती दिँदै अहिलेको संविधान ल्याउन योगदान गरेका थिए ।
शहिदको सम्झनामा शोकधुन र एक मिनेट मौनधारण गरेर शहिदको सम्मान गर्नुपर्छ भन्ने स्मरण गर्ने न कुनै मन्त्री भए न उच्च पदस्थ कर्मचारी र बौद्धिक ब्यक्ति नै ।
कार्यक्रम समापनपछि सामाजिक सञ्जालमा विरोध हुन थालेपछि आयोजकले बल्ल थाहा पाए । पार्टी कमिटीका सानासाना बैठक राख्दा पहिले शहिदको सम्झना र सम्मान गर्दै मुठ्ठी उठाउनेहरु संविधान दिवसमा भने सहिदलाई नसम्झेकोमा कतिपयले कमजोरी ठाने । यो प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा मुल समारोह समिति बनेको थियो ।
कार्यक्रमको चाँजोपाजो मिलाउने जिम्मा पाएको थियो कानुन तथा आन्तरिक मामिला मन्त्रालयको । प्रदेश सरकारका प्रवक्ता एवं योजना तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सामन्य कमजोरी भएको स्वीकार गरे ।
उनले कानुन तथा आन्तरिक मामिला मन्त्रालयको थाप्लोमा त्यस कमजोरी हाल्न पनि खोजे । कानुन मन्त्री कुलप्रसा केसीले पनि पहिलो अभ्यास भएकाले कमजोरी भएको स्वीकारर्दै आगमी दिनमा सच्चाउँदै जाने बताए ।
तर, सर्वसाधरणले भने सामाजिक सञ्जालमार्फत सहिदलाई नसम्झेकोमा सरकारको आलोचना गरेका छन् ।
’फेसबुकमा टेकराज रेग्मी, पुरी आकाश मिलयल लगायतको समुह लेख्छन्–‘ शहिदको रगतले आफु नेता भएको नि विर्सेर आज ५नम्वर प्रदेश प्रमुख, मुख्यमन्त्री भएको संविधान दिवसको कार्यक्रममा मौनधारण गर्न नै बिर्से , बहुत दुख लाग्यो , न पहुँच न पावर हाम्रो... ।’
त्यसलाई समर्थन गर्दै रिया क्षेत्री लेख्छिन –‘है दाई मान्छेहरुको नैतिकता’
त्यस्तै जानकरी नेपाल लेख्छिन् ‘ त्यही त खै के हो यस्तो, हामीले त राष्ट्रिय गानपछि शहिदहरुप्रति एक मिनेट मौनधारण होला भनेको त एकै चोटी स्वागत मन्तब्य पो आउँछ बा...’क्रान्तिकारी प्रचण्ड बुटवल क्याम्सस ग्रुप लेख्छ –‘आज ५ नम्वर प्रदेशले संविधान ल्याउनका लागि ज्यानको वलिदानी गर्ने शहिदको सम्झनामा मौनधारण पनि गरेन, दुखद कुरा हो ’ दिपक गौतम ( एचपी ) लेख्छन् ‘यस्तै हो हजुर खोली तरेपछि लौरी विर्सनेहरुको कमी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश