बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु

बुधबार, ०३ असोज २०७५, २० : १४
बुधबार, ०३ असोज २०७५

भक्तपुर– भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ मा सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट बुधबार साझँ एक वृद्धको मृत्यु भएको छ  ।

चारदोबाटोस्थित अरनिको राजमार्ग पार गर्ने क्रममा पैदल यात्री सोही स्थानका बर्ष ८० का जोगभक्त श्रेष्ठरलाई भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा ७० प १६६५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करपछि घाईते भएका श्रेष्ठको उपचारको मध्यपुर अस्पताल उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । 

ठक्कर दिने मोटर साइकल चालक भारत बिहार घर भक्तपुर बालकोट बस्ने बर्ष ३० को सम्लेशकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक पोखरेलले बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप