बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी सुरु भयो ११ औं शैक्षिक मेला (फोटोफिचर)

बिहीबार, ०५ साउन २०७४, १६ : २७
बिहीबार, ०५ साउन २०७४

काठमाडौं–नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा बिहीबारवाट राजधानीको भृकुटीमण्डपमा एघारौं शैक्षिक मेला सुरु भएको छ । चार दिनसम्म्म चल्ने मेलामा विभिन्न २ सय ४० स्टल तथा १४ वटा पेभेलियन छन् । 


यो मेलामा १२ वटा विदेशी स्टल समेत रहेको मेलाको नेपालका लागि श्रीलंकाका राजदुत स्वर्णलता पेरेराले उद्घाटन गरेका छन् । यो शैक्षिक मेलामा स्वदेशी तथा विदेशका हजारौं विश्वविद्यालय, कलेज र ५० औं मुलुकका बिषयमा आवश्यक जानकारी प्रदान हुने जनाइएको छ । आयोजक संस्थाका सचिव तथा सूचना तथा सञ्चार विभाग प्रमुख उमेश ढुंगेलका अनुसार यो मेलामा विभिन्न मुलुकका एक हजार गन्तव्यका बिषयमा जानकारी आदानप्रदान हुनेछ । 


बिदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीका लागि सम्वन्धित देशको भाषा, संस्कृती, शैक्षिक परिपाटी, भिषा लगायतका बिषयमा यो मेलामा जानकारी प्रदान हुने ढुंगेलले बताए । विदेशमा विद्यार्थी पठाउने मात्र नभई यो मेलामा उनीहरुका लागि आवश्यक सम्पूर्ण जानकारी पस्कने काम भैरहेको उनको भनाइ छ । 
यो शैक्षिक मेलामा इक्यानका सदस्य रहेका शैक्षिक परामर्शदाता मात्र सहभागि रहेको जानकारी गराइएको छ । आफ्ना सदस्यले प्रदान गरिरहको शैक्षिक परामर्शलाई थप व्यवस्थित, सुदृढ, मर्यादित वनाउने र विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थी र तीनका अभिभावकलाई लाइसेन्स होल्डर परामर्शदाताप्रति विश्वास दिलाउने काम पनि मेलाले गर्ने ढुंगेलले बताए । 


यो मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, जर्मन, फ्रान्स, अमेरिका, वेलायत, न्युल्याण्ड, अष्ट्रेलिया, नर्वे, डेनमार्क लगायतका हजारौं मुलुकका शैक्षिक परामर्शदाता तथा विश्व विद्यायका प्रतिनिधी उपस्थित रहेको जनाइएको छ । 


मेलामा अरिना इन्टरनेशनल एजुकेशन सर्भिसेज प्राली, वावा एजुकेशन कन्सल्टेन्सी, कंङारु एजुकेशन फाउण्डशन, गोल्डेन गेट इन्टरनेशनल एजुकेशन, फास्ट ट्रयाक एजुकेशन कन्सलटेन्सी लगायत प्रायोजकका रुपमा देखिएका छन् । इक्यानले यसभन्दा अघि १० औं पटक मेला आयोजना गरिसकेको छ । तर, हरेक बर्ष मेलालाई आधुनिक र व्यवस्थित बनाउँदै लगेको जनाएको छ । 

अरुले गरेको गल्तीमा इक्यानलाई दोष
तर, अहिलेपनि लाइसेन्स नभएका २ हजारभन्दा कन्सलटेन्सी रहेको र तीनले गरेको खराव कामको जस आफुहरुले लिनु परेको ढुंगेलले बताए । ‘यहाँ थुप्रै त्यस्ता परामर्श केन्द्रहरु छन्, जसले हजारौं गल्ती गरेका छन्,’ उनले रातोपाटीसँग भने, ‘त त्यो खराव कामको दोष पनि हामीले नै भोग्नु परिरहेको छ ।’

उनले त्यस्ता खराव काम गर्नेलाई सरकारले कारवाही गर्ने र कानुनी दायारामा ल्याउनुपर्नेमा जोड दिए । सरकारले विदेशमा पढेका शैक्षिक जनशक्ति स्वदेश फर्काउन नसकेको पनि ढुंगेलले बताए । त्यस्ता व्यक्ति खोजी खोजी स्वदेश फिर्ता गर्न सकेमा देश विकासमा सहयोग पुग्ने उनको भनाइ छ । 


बुझेर मात्र पढ्न जान सुझाव
इक्यानले यो मेलामा खासगरि विद्यार्थी कुन देशको कुन स्थानमा कुन बिषयमा पढ्न जाने हो त्यसमा आफु क्लियर भएर जान आग्रह गरिरहेको छ । हरेक विद्यार्थी पहिलानै सवै विषयमा जानकार नहुने भएकाले इक्यानले इमान्दारपूर्वक आफ्ना सवै सदस्य परामर्शदातालाई सम्वन्ति सव जानकारी उपलव्ध गराउन आग्रह गरेको पनि सचिव ढुंगेलले बताए । 


धेरै विद्यार्थी सुरुमा नवुझी जाने गरेकाले कतिपय अवस्थामा समस्यामा पर्ने गरेको र त्यसको दोश परामर्शदातामा लाग्ने गरेको ढुंगेलले गुनासो छ । यस्तै, भारतमा स्टाफ नर्स, डाक्टर पढ्ने विद्यार्थीलाई त्यहाँका ठूला अस्पतालले प्रयोगात्मक ज्ञान उपलब्ध नगराउँदा उनीहरु समस्यामा पर्ने गरेको ढुगेलले सुनाए ।

‘कतिपय अस्पतालले प्रयाक्टिकल गर्न दिदैनन्, त्यसको असर विद्यार्थीले भोगेका छन्’, उनले भने, ‘पछि उनीहरु सूई लगाउन समेत नसक्ने हुन्छन्, तर, यो सवै आफैमा भर पर्ने कुरा हो, त्यस्ता बिषयमा हामी मेलामा सवै जानकारी दिने गरेका छौ ।’ 
फोटो प्रदर्शनी 
इक्यान शैक्षीक मेलामा भूकम्प पछिको नेपाल फाटो प्रर्दशनी राष्ट्रिय फोटोपत्रकार समुह्ले २०७२ साल वैसाख १२ गतेको विनासकारी भूकम्पले पु¥याएको मानवीय भौतीक सास्कृतिक तथा शैक्षीक क्षेत्रको क्षतीको फोटो प्रदर्शनमा राखेको छ । 
फोटापत्रकार, फोटोग्राफ तथा सर्वसाधारणका लागि फोटो आह्वान गरि छनोट भएको ४५ फोटो साउन ८ गते सम्म चल्ने वृहत इक्यान शैक्षीक मेलामा प्रर्दशनी गरिएको छ । नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिले अवलोकन साथ विगतमा भएको यस्तो विनासकारी घट्नावाट पाठ सिकी भूकम्प प्रतिरोधात्म घरहरु वनाउनुका साथै सुरक्षीत हुनका लागि पनि प्रेरणा मिल्ने वताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप