केन्द्रीय संस्करण
अन्तरवार्ता

'जब राजनीति घुस्छ, आपराधिक समस्या जटिल बन्छ'

person explore access_timeअसोज २, २०७५ chat_bubble_outline0

समाजमा बढ्दै गएको अपराध मनोवृत्ति र राज्य तहमा रहेकाहरूको कथित संलग्नताले हाम्रो समाज कता गइरहेको छ भन्ने प्रश्न खडा गरेको छ । समाजका यस्ता परिघटनाहरूको अध्ययन तथा अनुसन्धान गरेका अपराधशास्त्री प्रोफेसर डा. माधव आचार्यसँग यसका विविध आयामहरूबारे रातोपाटीका लागि श्रवण उप्रेतीले गरेको अन्तरवार्ता । 

अपराधबाट कुरा सुरु गरौं । एउटा मानिसलाई के कुराले अपराध गर्न प्रेरित गर्छ ?
अपराध स्वयंमा एउटा जटिल विषयवस्तु हो । त्यसलाई एउटै शिरा, एउटै मात्रै उत्तरले पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैन । 

अपराध हुनको पछाडि धेरैवटा पृष्ठभूमि हुन्छन् । त्यहाँभित्र केही सामाजिक कारणहरू पनि हुन्छन् । केही मनोवैज्ञानिक कारण पनि हुन्छन् । केही चाहिँ उसको शारीरिक कमजोरीका कारण पनि हुन्छन् । 

साथ साथमा सामाजिक कारण कस्तो हुन्छ । यी सबैको पृष्ठभूमिमा अपराधलाई हेर्नुपर्छ । अपराधलाई जटिल विषयवस्तु भएकाले यो हिसाबमा हेरिनुपर्छ ।  

एउटा अपराधीको मानसिकता आम मानिसको भन्दा फरक हुन्छ कि एउटै हो ? पृष्ठभूमिले मात्र उसलाई अपराधका लागि प्रेरित गर्छ ?

अवश्य हुन्छ । प्रत्येक व्यक्तिले कुनै कुरा गर्दाखेरी उसको पुरानो अनुभव कस्तो छ ? त्यस आधारमा उसले नयाँ कुरा हेर्छ । यो सबैको हकमा लागू हुन्छ । हामी प्रत्येक व्यक्तिले कुनै कुरा देख्दा, हेर्दा पुरानो जे अनुभव छ, त्यसका आधारबाट नयाँ कुरालाई हेर्छौं, त्यसको मूल्याङ्कन गर्छौं । त्यस सन्दर्भभित्र रहेर निर्णय लिन्छौं । यसरी हेर्दा अपराधीको एउटा आफ्नै एउटा दृष्टिकोण भने हुन्छ । कुन स्थितिमा अपराध गर्न सुरक्षित हुन्छ, कुन स्थितिमा अपराध गर्न सम्भव छ भन्ने उसले विचार गरिरहेको हुन्छ ।

साथै ऊ आफूले अपराध गर्दा आफू बच्न सक्छु अथवा आफू लुक्न सक्छु भन्ने मनोवृत्तिले काम गरेको हुन्छ । अपराध गर्दागर्दै म कतैबाट चिनिन्न, म लुक्न सक्छु  भन्ने धारणा भयो भने अपराधीले अपराध गर्छ । 
जहाँ चिनिने सम्भावना हुन्छ, जहाँ पक्राउ पर्ने सम्भावना हुन्छ, त्यहाँ अपराध हुँदैन अथवा कम हुन्छ । 

अहिले क्रमशः अपराध हामीले होइन, उसले गरेको हो । त्यसैले अपराध गर्नेलाई सजाए दिलाउनुपर्छ भन्ने भावनाले बढ्दै गएको पाइन्छ । यो राम्रो पनि हो । त्यसैले गर्दा यस्ता घटना पत्रपत्रिकामा, प्रहरीकोमा रिपोर्ट हुने दर्ता हुने हुन थालेको हो । यसैले ठूलो आकार पाएको हो । 

अपराधीकरणमा अपराधी  हुर्किएको परिवार, समाज र राज्यजस्ता संस्थाको भूमिका कस्तो हुन्छ ? 

परिवारमा उसले ठीक तरिकाको शिक्षा पाएको छ, नैतिक शिक्षा पाएको छ, घरमा धार्मिक वातावरण पनि छ भने परिवारले उसलाई राम्रो बाटोमा लैजानलाई सहयोग पु¥याएको हुन्छ । 

बालबालिकाले धेरै कुरा परिवारबाट सिक्छन् । त्यसको अतिरिक्त स्कुल, छिमेकीबाट सिकिरहेका हुन्छन् । त्यसपछि आउँछ सामाजिक भूमिकाको कुरा । सामाजिक भूमिका कस्तो छ त्यो पनि महत्वपूर्ण हुन्छ । सामजिक भूमिका भन्नाले बाह्य जगत हो । 

सञ्चारका साधनको विकासका आधारमा मिडियाको पनि विकास भएको छ । त्यसबाट प्राप्त भएका सामग्रीले पनि उसको मनोविज्ञानलाई असर गर्छ । ती सामग्री उसको अध्ययनको रुचिको विषय बन्नेछ ।

त्यसबाहेक अर्को पनि तत्व छ । त्यो भनेको राजनीतिक क्रियाकलाप र वातावरण हो । राजनीतिमा अपराध घुसेको छ भने अथवा अपराधमा राजनीति घुसेको छ भने पनि आपराधिक समस्या जटिल बनेर जान्छ । 
किनभने उसले म पक्राउ भइहालेँ भने पनि मलाई राजनीतिक वृत्तबाट संरक्षण हुन्छ भन्ने के सोच्छ । त्यो स्थितिमा पनि ऊ कानुन मान्न तयार हुँदैन र अपराध बढ्ने गर्छ । 

अघि तपाईंले धार्मिक वातावरणले गर्दा आपराधिक मानसिकता कम हुने भन्नुभयो । व्यक्ति कत्तिको धार्मिक छ भन्ने कुराले पनि उसले अपराध गर्ने नगर्ने असर गर्छ र ?

केही हदसम्म गर्छ किनकि धर्मले नैतिकताको वकालत गर्छ  र उच्च नैतिकता नहँुदा जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास हुन्छ । 

धर्ममा विश्वास नहुने व्यक्तिले धार्मिक परिवेशमा आफूलाई हेर्दैन । त्यस्ता व्यक्तिले आफ्नो भौतिक खुस–सुविधा, आफ्नो अनुकूलता र व्यक्तिगत उन्नतिलाई नै सर्वस्व भन्ने धारणा राखेको हुन्छ । अङ्ग्रेजी भाषामा भन्ने हो भने यसलाई ‘इन्डिभिजुयालिस्टिक प्याटर्न’ भनिन्छ । त्यस्तो सोचले अपराधीकरण वृद्धि हुन्छ । 

आफ्नो स्वार्थको दुव्र्यसन बढ्दा अपराधीकरण बढ्छ । धर्म र नैतिकताले यो काम गर्नु हुँदैन । निषेधित काम गर्नु पाप हो, साथै हाम्रो शास्त्र र धर्मले यो कुरालाई निषेधित गरेको छ भनेर धेरै कुरामा निषेध गर्ने भएकाले अपराध कम हुन्छ ।  

अपराधीको मनोवृत्ति हेरेर उसले पाउने सजायमा थपघट गर्नुपर्छ भन्ने मानसिकता पनि छ । त्यो कत्तिको सही हो ? 

यो एकदम सही हो । अहिले बनेको अपराध संहिताले मुख्य आधार यसैलाई बनाएको छ । कुनै काम आफैमा स्वतः गलत हुँदैन । त्यो कार्य सम्पादन गर्दाको मनोवृत्ति कस्तो छ, त्यसमा भर पर्छ । पूर्वसोचविचार गरेर, योजना बनाएर, अरूको सहयोग लिएर गरिने अपराध र कुनै एउटा काम विशेषमा हिँड्दा आकष्मिक रूपमा कसैसँग झगडा भएर हुने अपराध फरक हुन् । 

त्यस्तै; अर्काले उत्तेजना गरिदिएर अनि त्यसमा प्रतिक्रिया गर्दा हुने अपराधको प्रकृति फरक हुन्छ । यी प्रत्येक प्रकृतिमा मानिसको मनोवृत्तिको आधारमै सजायको घटबढ गरिन्छ । 

कमजोर नैतिक मानसिकता भएको मानिसलाई बालबालिकाहरूको शोषण गर्न सजिलो हुन्छ । बालबालिकाको शोषण किन हुन्छ भने उसलाई सहजै हातमा लिन सकिन्छ । कसैलाई नभन्नु भनेर लोभ र डर देखाउँदा सफल भइन्छ भन्ने अपराध गर्नेको मानसिकता हुन्छ । त्यसपछि जहाँसुकै जसको पनि शोषण गर्ने परिस्थिति बन्छ । वयस्क व्यक्तिको हकमा पनि अपराधीले आफू कसुर गरेर उम्किन सक्छु भन्ने धारणा अर्थात त्यहाँ एकान्त छ, त्यो कसुर गरेर उम्कन सक्छु भन्ने विश्वासले काम गर्छ । 

त्यस्तै; सन्दर्भ आत्मरक्षा गर्दाको सन्दर्भमा पनि हुन्छ । कुनै मानिसमाथि आक्रमण भयो भने उसले आफूलाई जोगाउनलाई प्रतिकार गर्ने भनेको स्वाभाविक कुरा हो । कानुनले पनि त्यस्तो अधिकारको वकालत गरेको छ । यदि आत्मरक्षा गर्दा आक्रमणकारीलाई क्षति पुग्यो भने कानुनले उसलाई छुट दिन्छ । तर फेरि त्यस क्रममा उसले बढी बल प्रयोग ग¥यो वा आवश्यकताभन्दा बढी बल प्रयोग ग¥यो भने त्यो अपराध हुन्छ । तर उसले पाउने सजाय थोरै हुन्छ । किनकि उसले पूर्वयोजना बनाएर वा सोचविचार गरेर आफ्नो स्वार्थका लागि काम गरेको हैन । 

पछिल्लो समय हाम्रो समाजमा बलात्कारका घटनाका समाचार बढी आउन थालेको छ । यसको पछाडि समाजमा पहिले रहेको बलात्कार पीडितहरूमा बाहिर आए बेइज्जत हुन्छ भन्ने मानसिकता कम हुँदै गएर बाहिर आउन थालेको हो अथाव साच्चै नै समाजमा बलात्कार बढेकै हो ?

यसमा दुईटा कारणहरू छन् । पहिलो कुरा विगतको तुलनामा हाल समाज अलिक बढी स्वतन्त्र भएकाले मानवीय गतिविधि बढी चलायमान भएको छ र त्यसले अपराधीहरूलाई अपराध गर्ने अवसर प्रदान गरेको छ । 

अर्को भनेको पहिले पहिले ती अपराध उल्लेख्य मात्रामा भएको हुन सक्ने सम्भावना छ । तर ती कतिपय अवस्थामा रिपोर्ट नै नहुने, बाहिर नआउने हुन्थे । किनकि पीडितको परिवार, नातेदारहरूमै यो कुराबाहिर गयो भने आफ्नो मान र प्रतिष्ठामा हानी नोक्सानी हुन्छ भनेर गुपचुप राख्ने प्रवृत्ति थियो । यो हामीलाई थाहा भएको कुरा हो । 

यसले गर्दा यो अपराधहरू रिपोर्ट नै नहुने, थाहै नहुने, समचारमै नआउने हुन्थ्यो । अहिले क्रमशः अपराध हामीले होइन, उसले गरेको हो । त्यसैले अपराध गर्नेलाई सजाए दिलाउनुपर्छ भन्ने भावनाले बढ्दै गएको पाइन्छ । यो राम्रो पनि हो । त्यसैले गर्दा यस्ता घटना पत्रपत्रिकामा, प्रहरीकोमा रिपोर्ट हुने दर्ता हुने हुन थालेको हो । यसैले ठूलो आकार पाएको हो । 

अपराधशास्त्रले समाजमा बलात्कारका घटनाहरू किन र कुन परिवेशमा घटित हुन्छन् भन्ने देखाउँछ ?

अपराधशास्त्रले एउटा अपराधीले कसरी र किन अपराध गर्छ भन्नेबारे जान्ने अवसर प्राप्त गर्छ । अपराधीको अपराध गरेर लुक्ने, त्यसलाई नियन्त्रण गर्ने र त्यसको प्रवृत्ति तथा प्रकृतिका बारेमा यसले अध्ययन गर्नेगर्छ । यसले अपराध गरेर लुक्ने, भाग्ने अवस्थालाई कम गर्नका लागि आफ्नो भूमिका निभाउने गर्छ । यो शास्त्र न्याय सम्पादनका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । जस्तै; हिजोआज सीसीटीभी क्यामेराको व्यवस्थाले धेरै ठाउँको निगरानी बढाएसँगै अपराधी चिन्न, त्यसका प्रकृति र मनोविज्ञान तथा घटनासँग सम्बन्धित कुरा बुझ्न अनुसन्धानमा खटिएका लागि सजिलो भएको छ । त्यस्तै यसले पनि अपराध घटनाउनका लागि त्यस क्षेत्रमा काम गर्नेहरूलाई सहज बनाउँछ । सीसीटीभीको कम प्रयोग हुने हुनाले गाउँघरतिर हाम्रा महिला, बालबालिकाहरू असुरक्षित वातावरणमा रहन्छन् । 

कमजोर नैतिक मानसिकता भएको मानिसलाई बालबालिकाहरूको शोषण गर्न सजिलो हुन्छ । बालबालिकाको शोषण किन हुन्छ भने उसलाई सहजै हातमा लिन सकिन्छ । कसैलाई नभन्नु भनेर लोभ र डर देखाउँदा सफल भइन्छ भन्ने अपराध गर्नेको मानसिकता हुन्छ । त्यसपछि जहाँसुकै जसको पनि शोषण गर्ने परिस्थिति बन्छ । वयस्क व्यक्तिको हकमा पनि अपराधीले आफू कसुर गरेर उम्किन सक्छु भन्ने धारणा अर्थात त्यहाँ एकान्त छ, त्यो कसुर गरेर उम्कन सक्छु भन्ने विश्वासले काम गर्छ । 

अमेरिकामा गरिएको एक अध्ययनमा त्यहाँका प्रहरीहरूले अपाराधीहरूलाई तिमीले कसुर गर्दा यसका लागि दण्ड हुन्छ भन्ने थाहा छ भन्दा उत्तर थाहा छ भन्ने आयो । त्यसपछि दोस्रो प्रश्न कति दण्ड हुन्छ भन्ने थाहा छ भन्दा त्यो चाहिँ थाहा छैन भने । तेस्रो प्रश्न दण्ड हुन्छ भन्ने थाहा हुँदाहँुदै किन अपराध गरेको भनेर सोध्दा अपराधीहरूको उत्तर थियो– प्रहरीसँग छल्न सकुँला भनेर गरेको । भनेपछि जब प्रहरीलाई छल्न सक्ने अवस्था न्यून हुन्छ अथवा निगरानीको व्यवस्था चुस्त हुन्छ, त्यस्तो अवस्थामा अपराध कम हुन्छ । तपाईंले सोधेको कुन परिवेशमा यस्ता घटना बढी हुन्छन् भन्ने कुरा यसै भन्न सकिँदैन किनभने यस विषयमा हाम्रोमा यस विषयमा कुनै पनि आधिकारिक अध्ययन अनुसन्धान भएका छैनन् । 

भारतमा मृत्युदण्डको व्यवस्था छ तर के त्यसले त्यहाँ बलात्कारका घटना घटाउन सक्यो त ? जनदबाबमा संविधान संशोधन गरिएला तर यसको समाधानको विधि मृत्युदण्ड वा इन्काउन्टर होइन । प्रत्येक हिंसाले अर्को हिंसा मात्र बढाउँछ । कोही व्यक्तिले मा¥यो भनेर उसलाई पनि मार्छु भन्दा त उसको परिवारमाथि पनि हिंसा भयो । अझ त्यो परिवारको कुनै सदस्य यसले गर्दा अतिवादी बाटोतिर हिँड्न सक्ने सम्भावना उत्तिकै रहन्छ । क्रोधले क्रोध मात्र बढाउँछ भने जस्तै हिंसाले हिंसा मात्रै बढाउँछ ।

केहीले बलात्कारलाई पुरुषको यौन आवेगको परिणाम मात्र नभई महिलामाथि हाबी हुन चाहने पितृसत्तात्मक सोचको परिणाम हो पनि भन्ने गरेका छन् । तपाईं के भन्नु हुन्छ ?
कुरा सही हो तर सीधै त्यस्तो भन्न सकिँदैन । 

कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना देशभरी चर्चामा छ । यसमा जोडिने प्रश्न के हो भने एउटा बलात्कारीले बलात्कार गरिसकेपछि उसको हत्या पनि गर्नुपर्छ भन्ने सोच उसमा हाबी हुन उसलाई कुन कुराले प्रेरित गर्छ ?

कुनै किसिमको अपराध हुनेवित्तिकै प्रहरीको एउटा निरोधात्मक एप्रोच हुन्छ अर्थात निगरानी हुनु भनेको निरोधात्मक एप्रोच हो । प्रहरीको सुराकी व्यवस्था हुन्छ । त्यो पनि यही एप्रोचअन्तर्गत पर्छ । प्रहरीको गस्तीले पनि निगरानी नै गरिरहेको हुन्छ । त्यति हुँदाहुँदै पनि समाजमा कमजोर नैतिकस्तर भएकाहरूबाट कानुन भङ्ग हुने गर्छ । निर्मला पन्तको घटना पनि यस्तै कमजोर मानसिकता भएको मानिसले घटाएको हुनुपर्छ । 

घटना भइसकेपछि अहिलेसम्म किन घटनाको सत्यतथ्य आएन भन्दा अवश्य पनि प्रहरीबाट त्रुटि भएको छ । जहाँसम्म बलात्कारपछि ज्यान मार्ने कुरा छ, त्यसको कारण के हो भने कसुरदारले त्यतिकै छाड्दा पीडितले आफूले गरेको कसुर बताइदिन्छ कि भन्ने भय पनि उसमा त्यतिकै मात्रामा रहेको हुन्छ । पीडितले चिनेको हदसम्म हुलिया त प्रहरीसमक्ष बताउँछ नै, झन चिनेकै मान्छे रहेछ भने त उसलाई सीधै चिनाइदिन्छ भनेर आफू उम्किनुपर्छ भन्ने भावना उसमा हुन्छ । दण्डको भागी हुन्छु भनेपछि उसले प्रमाण मेटाउनका लागि त्यो हदसम्मको कृत्य गर्छ । यसमा अर्को कुन मनोवृत्तिले काम गरेको हुन्छ भने एकथरी मानिसहरू पीडितलाई कष्ट, यातना दिँदा अथवा हत्या गरेर प्रहरीलाई समेत हैरानीमा पार्न पाउँदा आनन्द मान्छन् । ‘साइकोप्याथ’ भनिने यी खाले प्रवृत्ति बोकेकाले समेत घटना घटाउने गर्छन् । 

कञ्चनपुरको घटनामा स्थानीयले त्यहाँको उच्च प्रहरी संलग्न भएको आशङ्का गरेका छन् । अपराध नियन्त्रण गर्ने अख्तियारी पाएका व्यक्तिबाटै अपराध गरेको आरोपलाग्ने अवस्था कसरी आउँछ ?
यो त अत्यन्त गम्भीर कुरा भयो । प्रहरीलाई रक्षक भन्छन् । ऊ आफै कसुरदारलाई लुकाउने, भगाउने र घटना दबाउने गर्छ भने यसको उत्तर नै छैन । यसको एउटै उत्तर हो– प्रहरी त्यस्तो हुनुहँुदैन । यो ठ्याक्कै कस्तो कुरा हो भने न्यायाधीश आफैले घुस खाए भने जस्तो । यस्तो भएमा के भन्ने ? त्यसको एउटै जवाफ हुन्छ– न्यायाधीशले घुस खान हुँदैन । यस्तो स्थानमा रहेको पदाधिकारीहरू कर्तव्यनिष्ठ, स्वच्छ र इमानदार हुनुपर्छ । 

समाजको निम्ति आफूले कष्ट भोगेर भए पनि अर्काको निम्ति काम गर्ने हुनुपर्छ । तब मात्र सभ्य समाज सम्भव छ । उनीहरू भ्रष्ट हुँदै आफ्नो स्वार्थलाई मात्रै हेर्न थाले भने समाजले दुःख पाउँछ । यदि त्यहाँका स्थानीयले आशङ्का गरेजस्तै प्रहरीले असली कसुरदारलाई लुकाउन खोजेको भए समग्र प्रहरीकै छवि खराब हुन्छ । जुन आफैमा खतरनाक कुरा हो । वास्तवमा प्रहरीको छवि समाजमा राम्रो हुनुपर्छ । त्यसैले समग्र प्रहरीकै आत्मबल कमजोर बनाउने काम गरेका त्यसभित्रका अधिकारीलाई कारबाही गरिनुपर्छ । 

यो घटनामा आशङ्का गरिएजस्तै पछिल्लो समय नेपाली समाजमा उच्च पदमा बस्नेले पदको दुरूपयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ । के यसले समाजको कुनै खास मानसिकताको प्रतिविम्बिन गर्छ ?
अवश्य हो । राजनीति भनेको मेरो मात्र नभएर सिङ्गै समाजको उन्नति गर्छु भन्नु हो । यदि राजनीतिलाई योभन्दा भिन्न अर्थमा लिइन्छ भने अर्थात राजनीति भनेको कमाउ धन्दा हो, आफ्नो मान्छे भर्ना गर्ने धन्दा हो, आफ्नो सुख सयलका लागि गरिएको कृत हो भन्ने भावना विस्तार भइरहेको छ भने त्यो अत्यन्त खेदजनक कुरा हो । त्यसबाट सिङ्गै राजनीति बदनाम भएको छ । यसले समाजको भ्रष्टीकरणलाई सङ्केत गर्छ । यसले प्रहरी प्रशासनमा समेत प्रभाव पारेको छ । पछिल्लो समय राजनीतिक उच्च पदमा रहेकाहरूले प्रहरी अनुसन्धानमा हस्तक्षेप गर्ने गरेका छन् । यसले प्रहरी धर्म सङ्कटमा पर्छ । मानु एक कसुरदार उम्कन्छ, नमानु आफ्नो प्रमोसनमा असर पर्छ । उसले आफ्नो वृत्तिविकासका लागि अनुचित दबाब मान्छ । यो निक्कै दर्भाग्यपूर्ण कुरा हो ।

भनेपछि सुरक्षाकर्मीको भ्रष्टीकरणमा राजनीतिक नेतृत्वको हात छ ?
हो, प्रहरीको इन्सेन्टिभ तपाईंले कतिको मुद्दा हेर्नुभयो, जसमा कतिवटामा तपाईं सफल र कतिवटामा असफल हुनुभयो भन्ने आधारमा तय गरिनुपर्छ न कि कसैलाई रिझाएको आधारमा । प्रहरीलाई उपयुक्त तालिम र उपकरण दिने हो र बाह्य हस्तक्षेप नहुने हो भने मात्र उसले प्रभावकारी काम गर्न सक्छ । यसअघि नेपाल प्रहरीले ठूला–ठूला मुद्दाहरूको पनि छिनोफानो गरेको छ । त्यसैले हामीले प्रहरी सङ्गठनलाई व्यावसायिक र राजनीतिबाट मुक्त राख्नुपर्छ । 

पछिल्लो समय समाजमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ, अपराध गरेकालाई ‘इन्काउन्टर’बाट किनारा लाइनु पर्छ भन्ने मानसिकता बलियो हुँदै गएको छ, यसले समस्या समाधान गर्छ ?
गर्दैन, यसले समस्याको समाधान विल्कुलै गर्दैन । यो कुरा आम जनताको आाक्रोशको परिणाम हो । आम जनताको असन्तुष्टिलाई सम्बोधन गरिनुपर्छ तर विधि भने यो होइन । एउटा निर्दोष बालक अथवा बालिकाको हत्या–बलात्कार हुनु आफैमा ठूलो अपराध हो । त्यसमाथि कसुरदार लामो समयसम्म पक्राउ नपर्नुले उनका आफन्त, हितैसीहरूमा यस्तो भावना आएको हुन सक्छ तर त्यो समाजको भावि दिशा र गतिलाई नबुझेर आवेगमा आएको परिणाम हो । घटना घटाउने व्यक्ति विकृत मानसिकताको रहेछ भन्ने त देखियो तर यसको निष्कर्ष यसरी निकालिनु हुँदैन । भारतमा मृत्युदण्डको व्यवस्था छ तर के त्यसले त्यहाँ बलात्कारका घटना घटाउन सक्यो त ? जनदबाबमा संविधान संशोधन गरिएला तर यसको समाधानको विधि मृत्युदण्ड वा इन्काउन्टर होइन ।

प्रत्येक हिंसाले अर्को हिंसा मात्र बढाउँछ । कोही व्यक्तिले मा¥यो भनेर उसलाई पनि मार्छु भन्दा त उसको परिवारमाथि पनि हिंसा भयो । अझ त्यो परिवारको कुनै सदस्य यसले गर्दा अतिवादी बाटोतिर हिँड्न सक्ने सम्भावना उत्तिकै रहन्छ । क्रोधले क्रोध मात्र बढाउँछ भने जस्तै हिंसाले हिंसा मात्रै बढाउँछ । कतै बलात्कारीलाई नपँुसक बनाइदिने भन्ने पनि छ । केही देशमा त्यस्तो व्यवस्था पनि छ तर त्यसको तात्पर्य पनि के हो भने एक जनाले बारम्बार कसुर गरेपछि यो मान्छे सुध्रने भएन, दण्ड भोग्दा पनि सुध्रिएन । यसैले कि त यसलाई मारिदिउँ कि नपुसक बनाइऊँ भन्ने हुन्छ । तर यदि तपाईले प्रहरीको अपराध रिपोर्टहरू हेर्नु भयो भने एउटै व्यक्तिले बारम्बार बलात्कार गरेको उदाहरण त्यति छैन । नयाँ व्यक्तिले नयाँ बलात्कारका घटना घटाइरहेको छ । 

दण्ड कम भएर यी घटना घटिरहेका होइनन् । घटना हुना साथ तत्काल कदम चालिँदा, दोषीलाई कानुनको कठघरालाई ल्याएर सजाय दिन सक्दा त्यो बढी प्रभावकारी हुन्छ । छिटो अनुसन्धान गर्दा यस्तो शरीरसँग जोडिएको अपराधमा फोरेन्सिक प्रमाणहरू सजिलैसँग प्राप्त गर्न सकिन्छ । अपराधी लामो समय फरार रहने अनि मुद्दा सेलाउँदै जाने भयो भने अथवा कतैबाट दबाब हालेर फाइदा लिन सक्ने अवस्था भयो भने अपराधीको मनोबल बढ्छ र आपराधिक घटना बढ्दै गएको हो । 

यसको अर्थ अपराधीहरूलाई कडा सजाय दिइँदैमा अपराध कम हँुदैन ?
हो, अपराधीले दण्डबाट उम्कन नसक्ने स्थिति सिर्जना गरिनुपर्छ । त्यसले मात्र साँचो अर्थमा अपराध घटाउँछ । दण्ड सुधारको निम्ति हो भन्ने धारणा पछिल्लो समय बलियो हुँदै गएको छ । अब कुटी–कुटी मार्नुपर्छ, अङ्ग काटिदिन वा कसुरदारलाई कोर्रा हान्ने, फाँसीमा झुण्ड्याउने भन्या चाहिँ पुरानो मान्यता हो । अहिले पनि अरबियन मुलुकमा चोरी गर्नेको हात काटिदिने व्यवस्था छ तर आधुनिक अपराधशास्त्रले भने चोरीको निम्ति हात काटिदिने मात्र समाधान होइन भन्छ । चोरीको पछाडि त आर्थिक कारण जोडिएको हुन्छ । त्यता नगई हात काटिदिँदा ऊ अब पराधीन भयो । ऊ अरूका लागि बोझ भयो । 

अब क्षणिक मतिभ्रष्ट हुँदा चोरी ग¥यो । त्यस कारणले हातै गुमायो । त्यस्तो सजायले उसमा आफूमाथि बढी अन्याय भएको भावना पनि जीवनभरी रहिरहन्छ । अपराधीलाई अपराध गर्ने अवसरहरू कम गर्ने र गरिहालेमा तत्काल सजाय हुने व्यवस्था हुँदा मात्र अपराध कम हुन्छ । हामी प्रहरीहरूलाई पढाउँदा उदारण दिने गर्छौं, जस्तो परीक्षा हलमा त्यहाँ खटाइएको अनुगमनकर्ता एक ठाउँ बस्छ भने त्यहाँ चोरी हुने गर्छ । तर ऊ परीक्षा हलमा हिँडिरहन्छ भने चोरी गर्नेलाई समात्छ अनि कोठामा सीसीटीभी पनि छ, चोरी गर्नेलाई तत्काल परीक्षा हलबाट निकालिन्छ भनियो भने चोरी निक्कै कम हुन्छ । मुख्य कुरा दण्डबाट उम्कनु भनेको अपराधलाई प्रश्रय दिनु हो भन्ने कुरा ख्याल गर्नुपर्छ । 

धेरैजसो बलात्कारका घटनाहरू नातेदार वा आफन्तबाटै हुने गर्छ भन्ने अध्ययन र प्रहरी रिपोर्टहरूले देखाउँछ । यस्तो किन हुन्छ ?
सीधा सम्बन्ध अवसरसँग छ । अपराध गर्नेलाई अपराध गर्ने अवसर । नातेदार र आफन्तबीचमा रहने नाताले गर्दा नजिकका उनीहरूबीचको विश्वास आदिले गर्दा पीडितले कुनै त्यो किसिमको घटनाको पूर्व आशङ्का गर्दैन । यसले बलात्कार गर्न उसलाई सहज हुन्छ । नैतिकताको ह्रासले गर्दा यो खालको घटना हुन सक्ने सम्भावन भयो । त्यसमा अब सहज अवसरले गर्दा धेरै घटना नातेदारका मान्छेबाट हुनेगर्छ । 

यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ ?    
यसका लागि स्कुलमा विद्यार्थीहरूलाई यस्तो खालको क्रियाकलाप हुन सक्छ, त्यसो भयो भने आमाबुबा, शिक्षकलाई भन्नुपर्छ । उनीहरूमार्फत प्रहरीमा जानुपर्छ, यसलाई लुकाउनु हुँदैन भन्ने शिक्षा स्कुलको पाठ्यक्रममा राख्नुपर्छ । साथै यस्तो घटना भएमा यति सजाय हुन्छ भनेर समाजमा पनि पोस्टर पम्पलेटमार्फत जानकारी गराउन सकिन्छ । साथै जति नै लामो समयमा भए पनि तिमी कानुनबाट उम्कन सक्दैनौ भनेर प्रचारप्रसार गर्नुपर्छ । अहिलेको कानुन कमजोर होइन । १० वर्षमुनिका बालबालिकामाथि यस्तो घटना भएमा अहिले १६ देखि २० वर्षसम्मको सजायको व्यवस्था छ । कानुन कमजोर होइन यसको कार्यान्वयन पक्ष मात्र कमजोर भएकाले अपराधको मात्रा बढेको हो । 

न्याय क्षेत्रको कानुन कार्यान्वयन प्रहरीको भूमिका कस्तो हुन्छ ?
हेर्नुस्, न्याय प्रणालीको निर्णय प्रहरीले गरेको अनुसन्धानबाट निर्देशित हुन्छ । अब प्रहरीले राम्रोसँग अनुसन्धान गरेन वा गलत निष्कर्षसहितको अनुसन्धान गरेको छ भने ऊबाट सही निर्णय हुँदैन । कमजोर अनुसन्धान भयो र कमजोर प्रमाणको आधारमा मुद्दा ल्याइएको छ भने न्यायाधीश सङ्कटमा पर्छ । कसुर ठहर गरौँ निर्दोष पनि पर्न सक्छ जस्तो देखिन्छ । नगरौँ बाहिर समाजमा कडा सजाय दिनुपर्छ भनेर विरोध भइरहेको हुन्छ । त्यसरी न्यायाधीशलाई सङ्कट पर्छ । त्यसैले न्यायका लागि अनुसन्धानको अहम् भूमिका हुन्छ । उसले त अनुसन्धानमा टेकेर त्यसको सही पाटो ठम्याएर तिमी दोषी हौ भनेर घोषणा गरिदिने हो । त्यसैले न्यायाधीशको काम निर्दोष र दोषीलाई छुट्याउने भएकाले कमजोर अनुसन्धानमा उसको हात हुँदैन । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.