मर्यादित परीक्षा प्रणालीको अपेक्षा
लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षाको माध्यमबाट योग्य एवं दक्ष विद्यार्थीको सही मूल्याङ्कन हुन्छ । शिक्षालय वा उच्च शिक्षालयका मन्दिरहरूमा परीक्षा व्यवस्थापनसम्बन्धी कार्यले सदियौँदेखि छुट्टै पहिचान बनाउँदै आएको छ । यी यस्ता कार्यगत विशेषता हुन्, जसले शिक्षाको गुणस्तर मापन गर्नुको साथै नेपाललगायत विश्व समुदायमा परीक्षासम्बन्धी विश्वसनियता कायम गर्न पूर्ण रूपमा सहयोग पर्याउँदै आएको छ । निश्चित समयसीमा तोकिएर सञ्चालन गरिएको परीक्षा प्रणालीले अपवादबाहेक धेरै हदसम्म परीक्षार्थीको वास्तविक योग्यताको सही रूपमा मूल्याङ्कन गर्छ भन्ने विश्वास लिन सकिन्छ । यसै तथ्यलाई आधार मानि परीक्षासम्बन्धी व्यवस्थापन कार्यलाई विश्वभरी मान्यता प्रदान गरिँदै आएको हो ।
तसर्थ परीक्षा सञ्चालन गरिने विधि भनेको सैद्धान्तिक वा प्रयोगात्मक पद्धतिमा आधारित रहँदै निश्चित समयसीमा किटान गरी परीक्षामा सामेल रहेका परीक्षार्थी वर्गलाई तोकिएको समयावधिभित्र दिइएको प्रश्नपत्रलाई सम्बन्धित परीक्षार्थीले आफ्नो योग्यता एवं दक्षताको उत्कृष्ट प्रदर्शन गर्दै यथार्थपरक तथ्यहरूमा आधारित रहेर गरिएको समाधानलाई सम्बद्ध परीक्षा सञ्चालनको जिम्मेवारी पाएको संस्थाले तहगत आधारमा विभाजन गरी प्रकाशित गरिएको परीक्षाको नतिजाको आधारमा अब्बल, दक्ष, वा अदक्ष समूह भनी निर्धारण गरिने परिपाटी नै सही अर्थमा न्यायोचित परीक्षा प्रणाली हो । यसको विपरीत केही रकमको आडमा मर्यादित परीक्षा प्रणालीलाई दुष्प्रभाव पार्ने कृयाकलापको अभिवृद्धि केही समय यता हुँदै आएको तथ्य हामीहरू कसैको सामु लुक्न सकेको छैन । यस प्रकारका गलत व्यवहारका कारण हाम्रो शिक्षा प्रणालीलाई मुलुकभित्र एवं अन्य बाह्य विश्वले समेत शंकाको घेराले हेर्ने भएको हुँदा नेपालको शैक्षिक क्षेत्र बेला बखतमा विवादित हुन पुगेको हो ।
यस्ता गतिविधिको कुप्रभाव स्वरूप प्राप्त हुन आउने नतिजाले परीक्षाको गरिमा एवं मर्यादामा समेत प्रश्न खडा भएको छ । साथै विद्यार्थी वर्गमा मनोवैज्ञानिक तवरबाट नकारात्मक प्रभाव पर्न जाने प्रबल सम्भावना रहन्छ । मुलुकमा आसिन रहेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको परीक्षा सञ्चालनको सन्दर्भमा विगतका केही घटनपरीघटनाको परिदृश्यले के दर्साउँछ भने परीक्षाको मर्यादा तथा दायरा विपरीत अनैतिक कार्य गर्दै अत्यन्त गोप्य रहने परीक्षाको प्रश्नपत्रसमेत परीक्षा सञ्चालन गरिने निर्धारित मिति वा समय अगावै बाहिरिएको तथ्यले पनि परीक्षासम्बन्धी विवाद चुलिएको हो ।
यस्ता घटनाले के संकेत गर्छ भने परीक्षामा अनुचित लाभ हासिल गरी सम्बन्धित विषयगत विधाहरूमा अयोग्य एवं अदक्ष विद्यार्थीको जमातलाई केही रकमको लालसामा योग्य बनाउने चेष्टा स्वरूप गरिएको कार्य निन्दनीय हुनुको साथै भत्र्सनायोग्य पनि हुन् । मुलुकको शैक्षिक क्षेत्रमा बेलाबखतमा देखिने यस प्रकारको घटनाक्रमको विकासले अन्ततः भ्रष्टाचार एवं अनाचारलाई नै प्रश्रय दिएको मान्न सकिने प्रशस्त आधारहरू भेटिन्छन् । अर्कोतर्फ योग्य तथा मेधावी छात्रछात्राहरूको आत्मबल घटन गई राष्ट्रले शैक्षिक क्षेत्रमा गरेको ठूलो लगानीसमेत खेरा जाने अवस्था पैदा हुनेछ । परिणाम स्वरूप प्रतिभावान एवं अब्बल विद्यार्थी समूहमा प्रतिभा प्रष्फुटन गर्ने सुअवसर गुम्नुको साथै सम्बद्ध शिक्षार्थीहरूमा निराशा र मनोवैज्ञानिक रूपमै परीक्षा प्रणालीप्रति वितृष्णा उत्पन्न हुनेछ । यदि होनहार युवा दस्तामा विकृतीजन्य क्रियाकलापले प्रोत्साहन पाएको खण्डमा राष्ट्रको मेधावी शैक्षिक जनशक्ति उत्पादन गर्ने कार्यमा समेत ह्रास आउने निश्चित छ ।
यस्ता विकृतिले महँगो शुल्क तिरेर बाह्य विश्वबाट प्रतिभाशाली बौद्धिक प्रतिभाको आयात गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । अर्कोतर्फ मुलुकबाट बर्सेनि ठूलो सङ्ख्यामा बौद्धिक प्रतिभा पलायन हुने भयाभह परिस्थिति निमार्ण हुन्छ । परिणाम स्वरूप समग्र शैक्षिक प्रणाली नै दूषित हुनेछ ।
वर्तमान शिक्षा नीतिलाई आफू अनुकुल व्याख्या गर्दै क्षणिक रूपमा प्राप्त हुने केही रकमका लागि समस्त शैक्षिक प्रणालीलाई नै अराजकताको भुमरी पार्दै तत्पश्चात प्राप्त हुने गैह्रकानुनी लाभ हासिल गर्न चाहने प्रवृत्तिले हाम्रो शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको मान्न सकिन्छ ।
यस प्रकारको गलत प्रवृत्तिलाई निरुत्साहित पार्दै मुलुकको शैक्षिक क्षेत्रलाई नकारात्मक ऊर्जाबाट पृथक राख्नु नै स्तरीय शिक्षा प्रदान गर्न उपयुक्त वातावरण तयार गर्नु हो ।
गत वर्ष सञ्चालन गरेको त्रिविवि चिकित्सा विज्ञान अध्ययन संस्थानअन्तर्गत एमबीबीएस तह अध्ययनार्थ लिइएको परीक्षामा यस्तै विकृतिजन्य व्यवहार भयो । यसलेसम्बन्धित निकायबाट परीक्षाको गरिमा एवं विषयगत गाम्र्भीयतालाई मनन गर्दै पुनः परीक्षा सञ्चालन गरिएको थियो । यो कार्यले सम्बन्धित विश्वविद्यालय वा परीक्षा सञ्चालन गर्ने अन्य निकायको गरिमा उच्च हुनुको साथै परीक्षासम्बन्धी ब्यवस्थामा थप निखार आउने प्रष्टै छ । तसर्थ जुनसुकै तहको परीक्षा अवश्य पनि शान्त, अनुशासित एवं मर्यादित तवरले सञ्चालन गर्नु भनेको परीक्षाको गरिमा अभिवृद्धि गर्नु हो । स्वास्थ्य सेवा जस्तो अति संवेदनशील विषयमा खेलवाड नगरी अब्बल विद्यार्थी वर्गको जमातलाई मात्र चिकित्सक बन्नका लागि पे्ररित गर्ने राज्यपक्षको नीतिले आम जनसमुदायको चिकित्सा सेवाप्रति जनविश्वास बढ्न गई अध्ययनशील विद्यार्थी, अभिभावक, शिक्षकलगायत सम्बन्धित विश्वविद्यालयको गरिमा बढ्छ । यस क्षेत्रमा रहे भएका कमी कमजोरीलाई नियन्त्रण गर्न सहयोग पुग्ने थियो ।
मुलुकको परीक्षा सञ्चालनको सन्दर्भमा बेला बखतमा देखिने यस प्रकारका व्यवहारहरूले न्यून सङ्ख्यामा रहेका गलत प्रवृत्तिका कारण सम्पूर्ण परीक्षा सञ्चालन गर्ने निकाय, परीक्षाको मर्यादा, गरिमा एवं विश्वसनीयतामाथि नै अविश्वासको गम्भीर प्रश्न चिन्ह लाग्ने प्रबल सम्भावना रहन्छ । तसर्थ, समयमै आवश्यक निर्णयहरू लिई दोषीलाई कडाभन्दा कडा कारवाही गरी नेपालमा सञ्चालन गरिने स्वदेशी एवं विश्वस्तरीय विभिन्न तहको परीक्षाको मर्यादा उच्च राख्न सके यस क्षेत्रमा रहेको विकृतिजन्य व्यवहारको अन्त्य हुनुको साथै मेधावी विद्यार्थी वर्गको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
राज्यपक्षबाट अङ्गीकार गरिने यस प्रकारका सकारात्मक कदमपश्चात परीक्षालाई कदापी रकममा मापन गर्न सकिँदैन भन्ने सन्देश अभिव्यक्ति समाज, राष्ट्र तथा शिक्षा क्षेत्रमा सम्प्रेषण हुन जानेछ । यस प्रकारका सुखद परिसूचकले अन्ततः सम्बन्धित विषयमा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक तथा राष्ट्रको लामो समयको मिहिनेतको रक्षा हुनेछ । सो कार्यबाट प्राप्त हुने सुखद प्रतिफलले शिक्षा ज्ञानको ज्योती अभिवृद्धि गर्ने माध्यम हुनको साथै व्यक्तित्व विकासको मापन गर्ने उत्तम कसी हो । यसले परीक्षाको मर्यादा, गरिमा एवं विश्वसनियता अन्य विकाउ वस्तुसरह रकममा विक्ने बस्तु किमार्थ पनि होइन भन्ने कुरा प्रमाणित हुनेछ ।
अतः सीमित रकमको लालसामा भविष्यका कर्णधार विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने जमात दण्डका भागिदार हुन् । तसर्थ: राज्यका तर्फबाट अवलम्बन गरिने सकारात्मक कदमको प्रतिफल नै शैक्षिक सफलताको सूत्र मान्न सकिन्छ ।
यसका अतिरिक्त अधिकांश समुदायको चाहना रहेको चिकित्सा क्षेत्रको अध्ययन अध्यापन कार्यलाई अझ बढी मर्यादित एवं विश्वसनीय बनाउने उद्देश्यले चिकित्सा क्षेत्रको प्रवेश परीक्षामा अविलम्ब सुधारको खाँचो देखिन्छ । यसको सफलताले वर्षौंदेखि चिकित्सा विज्ञान अध्ययन गर्न चाहने मेधावी विद्यार्थी समूहको सपना पूरा हुनेछ । अर्कोतर्फ चिकित्सा विज्ञान लगायत अन्य सङ्कायबाट लिइने परीक्षाप्रति स्वदेशी तथा विदेशीहरूमा अझ बढी विश्वासिलो वातावरण तयार गर्न सहयोग पुग्छ । यसै प्रक्रियाबाट विभिन्न तहका परीक्षाहरूको नतिजा प्रकाशन भइसकेको वर्तमान अवस्थामा सम्बद्ध विद्यार्थी समूहको रुचि, चाहना एवं दक्षताको आधारमा भर्ना प्रक्रियाले निरन्तरता प्राप्त गर्नु पर्नेछ । यस प्रकारका कदमले पक्कै पनि परीक्षाको विश्वसनियतालाई कायम राख्दै विद्यार्र्थीको मनोबल उच्च गराउन महत्वपूर्ण भूमिका निभाउने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)