६ हजारमा १० लाखको तमसुक प्रकरण : तमसुक जफत, जग्गा फिर्ता
गुल्मी– रातोपाटी अनलाईनमा ‘६ हजार दिएर १० लाखको तमसुक’ शीर्षकको समाचार प्रकाशित भएलगत्तै प्युठान वादीकोटका रेकमबहादुर खत्रीको ठगी धन्दाको पर्दाफास भएको छ । खत्रीले छिमेकी जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदहका ७८ वर्षीय बृद्ध ज्ञानबहादुर घर्तीलाई ६ हजार रुपैयाँमा १० लाखको तमसुक बनाई १० रोपनी जग्गा दृष्टि पास गराएका थिए ।
समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले उनलाई पक्राउ गरेको थियो । प्रशासनसमक्ष उनले गल्ती स्वीकार गर्दै जग्गा घर्तीलाई फिर्ता गरेका छन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले खत्रीले ठगी धन्दा चलाएको स्पष्ट भएको भन्दै सोमबार उक्त जग्गा फिर्ता गर्न जिल्लामार्फत पठाउने र पीडितहरुलाई पनि न्याय दिलाउने प्रतिबद्धता जनाए ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी पौड्यालले रेकमबहादुरको घरमा रहेका खत्री लगायतका सबै तमसुकहरु प्रशासनले नियन्त्रणमा लिने र छानविन गरिने जानकारी दिए । यसैबीच रेकमबहादुरले खत्रीलाई मात्रै नभइ गाउँका अन्य सोझासाझालाई पनि त्यसैगरी ठगेको भन्दै प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
नागरिक समाजका अध्यक्ष पदम पाण्डेले घटनाबिरुद्ध सिङ्गो गुल्मीका जनता उत्रिने भएकोले छानविन समिति गठन गरेर उनीबाट पीडित सबैलाई न्याय दिलाउने गरी प्रशासन अगाडी बढ्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा