सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
डडेल्धुरा– डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ । असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ ।
किम्बदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात गोठालाले पुतनाको शव दहन गरेको पण्डित कृष्णदत्त ओझाले बताए ।
द्वापर युगमा विशाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसी मारेको र भगवान श्रीकृष्ण भने बाँचेको खुशियालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने गरिएको बताइन्छ ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने चलन छ । पुतनाकोस्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।
दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन छ । राक्षसनीको आकृतिबाट जलेको खरानी पशु चौपायामा लगाएमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।
यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता सांस्कृतिक कार्यक्रम गर्ने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि