शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीहरु खाजा खाइरहेका बेला क्यान्टिनको टिभीमा जब एक्कासि पोर्न फिल्म चल्न थाल्यो...!

शुक्रबार, २९ भदौ २०७५, १७ : २६
शुक्रबार, २९ भदौ २०७५

एजेन्जी– केन्द्रीय चीनको एक व्यावसायिक कलेजको क्यान्टिनमा खाना खाइरहेका विद्यार्थीहरु तब अक्क न बक्क परे जब क्यान्टिनमा राखिएको ठूलो टिभीमा अचानक हार्डकोर पोर्न चल्न थाल्यो । 

सोमबार साँझ क्यान्टिनमा लगभग ३० जना खाजा खाइरहेका थिए । त्यही बेला टिभीमा लगभग ३ मिनेटसम्म पोर्न भिडियो चलेको थियो । कर्मचारीहरुले च्यानल बदल्न नसकेपछि अन्ततः उनीहरुले टिभी बन्द गर्नुपर्यो ।

चीनको हुनान प्रान्तमा रहेको झ्याङजीयाजिए एभियसन इण्डस्ट्री एण्ड भोकेसनल कलेजको एक कर्मचारीले घटना भएको साउथ चाइना पोष्टसँगको कुरामा पुष्टि गरे ।  कलेजले यो घटना पछाडि कलेजको कामदारभन्दा ह्याकरको हात रहेको बताएको छ । 

‘प्रणालीलाई अरु कसैले ह्याक भएको वा जानी बुझिकन बिगारिदिएको हुनपर्छ,’ कलेजका एक कर्मचारीले भिडियो पोर्टल बिटाइममा भने ।  क्यान्टिनमा इन्टरनेटयुक्त टिभी चल्ने भएकाले ह्याकरले यसलाई ब्लुटुथ वा अन्य माध्यमबाट बिगारिदिएको हुन सक्ने उनले बताइन् । उनले प्रहरीले यो मुद्धामा अनुसन्धान गरिरहेको पनि बताइन् । 

चीनको इन्टरनेटमा सेन्सर गरिने धेरै विषय वस्तुमध्ये पोर्नोग्राफी पनि पर्छ । तर अचानक वा जानिबुझिकन सार्वजनिक रुपमा पोर्न प्रशारण भएको यो पहिलो घटना भने होइन ।  सन् २०१६ जुलाईमा हेन्नान् प्रान्तमै रहेको झेङ्झाउको एक किण्डर गार्डेन स्कुलमा एक पोर्न भिडियोको अडियो आधा घण्टासम्म लाउड स्पीकरमा बजेको थियो । ठूलो आवाजमा बजेको अडियो स्कुलको छेउछाउमा समेत सुनिएको थियो ।

पछि गरिएको अनुसन्धानमा किण्डर गार्डेनमा खाना बनाउने भान्छेले कम्प्युटरमा पोर्न भिडियो हेरिरहेको तर उक्त कम्प्युटर लाउड स्पीकरमा जोडिएको थाहा नपाएको पाइएको थियो ।  त्यस्तै सन् २०१५ अगस्टमा चीनको झेजियङ प्रान्तको लिशुईको एक प्रमुख सपिङ सेन्टरको ठूलो एलईडी टिभीमा नौ मिनेटसम्म पोर्न भिडियो चलेको थियो । 

यस्तै, घटनाहरु हेइलङजियाङ, हेनान र गन्सु प्रान्तका मलहरुमा पनि भएको थियो । यी चारवटै घटनामा त्यहाँ काम गर्नेको गल्तीलाई दोष दिइएका थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप