सप्तरीमा स्वाइन फ्लु देखिएपछि उदयपुरमा सतर्कता
तुलसी प्रसाद कोईराला
उदयपुर । उदयपुरको छिमेकी जिल्ला सप्तरीमा स्वाइन फ्लुका विरामी भेटिएपछि उदयपुरमा समेत सतर्कता अपनाइएको छ ।
सप्तरी जिल्लाको रुपकन्चन नगरपालिका र हनुमान नगरिपालिकामा स्वाइन फ्लुका विरामी फेला परेपछि उदयपुरको सीमवर्ती चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५ मा सतर्कता अपनाइएको हो ।
उदयपुरमा पनि स्वाइन फ्लुको भाईरस सर्न सक्ने भएको सप्तरी सँग सिमा जाोडिएका स्थानीय सतर्कता अपनाउन जिल्ला जन स्वास्थ्य कार्यालयबाट जानकारी आएकाले सतर्कता अपनाइएको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए ।
‘जिल्ला जन स्वास्थ्य कार्यालय उदयपुर र नगरपालिकाको स्वास्थ्य इकाईबाट त्यस हाम्रो वडामा सतर्क रहन भनेर जानकारी आयो,’ वडा अध्यक्ष चौधरीले भने, ‘हामीले वडा विपत्त व्यवस्थापन समितिको बैठक बसेर संकमण उदयपुर आउन जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छौ ।’
चौदण्डीगढी नगरपालिकाको ५ नम्बर वडा सप्तरीको फत्तेपुर बजारसँग जोडिएको वडा हो । वडा विपत्त व्यवस्थापन समितिले वडा भरिका सबै स्थानीयहरुलाई सचेत गराउन माइकिङ गर्ने, सप्तरी र उदयपुरको सिमानामा हेल्पडेक्स राखी जाने आउनेहरुलाइ सचेत गराउने, सप्तरीतिर जाने सबै वडाका स्थानीयहरुलाइ एकद्दएक वटा माक्स निः शुल्क उपलब्ध गराउने निर्णय भएको वडा अध्यक्ष चौधरीले बताए ।
वडाको स्वास्थ्य ईकाई, इलाका प्रहरी कार्यालय सुन्दरपुर र वडा जनप्रतिनिधिको टोली संयुक्त रुपमा विपत्त पूर्वतयारीको कार्य गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा