शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयको कर्जा असुली व्यवस्थापकमा नेक्सजेन

बिहीबार, २८ भदौ २०७५, २० : ३६
बिहीबार, २८ भदौ २०७५

काठमाडौं । हिमालय फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालय र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. बिच हिमालय फाइनान्स लिमिटेडका कर्जा असुलीका लागि सम्झौता भएको छ । 

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले उक्त वित्तिय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ ।

हिमालय फाइनान्स पुनरावेदन अदालतको निर्णय बमोजिम कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ भने नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.वित्तिय बजारमा बैंक तथा वित्तिय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि स्थापित विशेषज्ञ सेवा प्रदान गर्ने कम्पनी हो । 

यस सम्झौताले बैंकिङ तथा वित्तिय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्तामार्फत गराउने नौलो कार्यलाई बढवा दिने विश्वास गरिएको छ । 

साथै यस किसिमको कार्यले बैंक तथा वित्तिय संस्था आफ्नो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ–नयाँ नविनतम बैकिङ क्रियाकलापमा लाग्न सहज हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप