गुल्मीमा फेरि अर्का दलित कुटिए, त्यो पनि वडाध्यक्षबाटै

गुल्मी । केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएको घटना सेलाउँन नपाउँदै गुल्मीमै फेरी अर्का दलित, त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै, कुटिएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्रान्तिको दिउँसो करिव ३ वजेको समयमा घरको तगारो नजिक वसिरहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कुटपीट गरेका हुन् । कुटपिटबारे चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि आज सो कार्यालयमा छलफल चलिरहेको छ ।
त्यस विषयमा अहिले दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका बिकको एउटा कानको जाली फुटेर सुन्न नसक्ने भएको उनका परिवारजनले बताएका छन् ।
टेलिफोन सम्पर्क गर्दा श्रीमान्ले राम्ररी कान सुन्न छाडेको भन्दै उनको श्रीमतिले फोन उठाइन् । ‘के कसरी घटना भएको भन्ने प्रश्नमा उनले भने – ‘चुनावको प्रचार ताका जस्तापाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेका थिए । अहिले जिते पछि त उनले देलान् नि, नत्र जनताले कालो मोसो दल्छन् भनेर भनेको थिएँ । त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने । मैले एउटा कान राम्ररी सुन्नै छाडेको छु ।’
बिक बुटवलमा उपचार गरी हिजो साँझ घर आएका हुन् ।
वडाध्यक्ष पुनले भने घटनाबारे प्रतिक्रिया दिँदै भने, ‘बोल्न पायो भन्दैमा बढी बोल्न पाइन्छ र ? जथाभावी वोले पछि सामन्य हात हालेकै हो, कानको जाली फुट्ने गरी चाँही होईन ।’
दलित सञ्जाल चन्द्रकोटका अनुसार यस घटनामा जातीय विभेद नझल्किए पनि दलितहरु माथि पहिलेको जस्तो हेपाह प्रवृति चाँही हो ।
‘जथाभावी के बोले बिकले र कुट्नु भयो त ?’ भन्ने प्रश्नमा वडाध्यक्ष पुनले, ‘अहिले मासमा छु, पछि भनौला भनेर फोन राखे ।
पुन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
उता केही दिन अघि किराना पसलसँगै रहेको घरेलु मदिरा भट्टीमा खाना खाएको भाँडा नमाझेको भन्दै कुटिएका मुसिकोट ४ बडागाउँ हलोगाडेका कर्णबहादुर नेपालीको जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभए पछि भैरहवा रिफर गरिएको छ ।
अन्य घाउँ यहाँ निको भए पनि नेपालीको आँखामा लागेको चोट निको नभए पछि आँखा अस्पताल भैरहबा रिफर गरिएको अस्पतालले जनाएको छ । नेपालीलाई त्यस अस्पतालमा १५ दिन बस्नु पर्ने डाक्टरले बताएको उपचार गर्न त्यहाँ पुर्याएकी बडागाउँकी मिरा बिकले जानकारी दिईन् ।
कुटपिट र जातिय विभेद गरेको आरोप लागेका कृष्ण कार्की यति वेला जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् भने उनकी आमा शोभा कार्की प्रहरीको निगरानीमा छन् । उनीहरु विरुद्ध अदालतमा छुवाछुत विभेद तथा कुटपिटको मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।
यस घटनालाई लिएर नेपाल राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारको नेतृत्वमा राजधानीका विभिन्न संस्थाबाट ८ जना अधिकारकर्मीको टोली आजै गुल्मी आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी प्रदेशसभा : प्रधानमन्त्रीले सम्बोधन गर्दा विपक्षी दल सहभागी हुने
-
नक्कली भुटानी शरणार्थी गंगामा धुनुभयो, फोहोर लोकतन्त्र भयो : प्रचण्ड
-
संसदमा प्रचण्डको सम्बोधन, बैठकका तस्बिरहरू हेर्नुहोस्
-
गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ
-
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ