
गोसाइँकुण्ड धार्मिक मार्गमा स्वास्थ्य शिविर हुने

रसुवा - गोसाइँकुण्ड स्नान गर्न जाने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन धार्मिक मार्गका उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन गराउने तय भएको छ ।
सांसद छोवाङ तेन्जिङ तामाङको प्रमुख आतिथ्य र प्रजिअ एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक चोमेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न गोसाइँकुण्ड मेला व्यवसाय समितिको पहिलो बैठकले गोसाइँकुण्ड, गणेश गौडा, लौरीविनायक र चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए ।
हिमालय उद्धार संघले गोसाइँकुण्डमा र नेपाली सेनाको कालिजङ्ग गणले चोलाङपाटीमा र अन्यलाई जिल्ला स्वास्थ्य कार्यालयले स्थान तोक्ने निर्णय भएको बताइएको छ ।
साउन १३ गते सम्पन्न हुने जनैपूर्णिमा मेलाको व्यवस्थापन मर्यादित बनाउन विभिन्न सातवटा उपसमिति समेत गठन भएको अध्यक्ष डिएमले बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ