५ लाखसम्म छुट, ४ करोडसम्म मूल्य : यस्ता छन् नाडा अटो शोमा गाडीहरु
काठमाडौँ । तपाईं गाडी वा मोटरसाइकल खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने राजधानीको भृकुटीमण्डपमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीको महामेला आजबाट (मंगलबार) शुरु भएको छ । १३ औ संस्करणको नाडा अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । सबै प्रकारका सवारी साधन र अटोसम्बन्धी पार्टपुर्जाहरु एकै छानामुनि पाइने र विशेष छुटसहित बुकिङ गर्न सकिने व्यवस्था मेलामा छ ।
मेलामा हिरो, टाटा, स्कोडा, फोर्ड, ड्याट्सन, स्याङयोङ, हुण्डाइ लगायतका कम्पनीको गाडीको स्टलमा निकै भिड देखिएको छ । उद्घाटनकै समयमा गाडी खरिद गर्न चाहनेहरुको भिड लागेको छ ।
हामीले हरेक स्टलमा गएर कुन कम्पनीको चारपाङ्ग्रे सवारीको मूल्य कतिदेखि कतिसम्म (न्युनतम र अधिकतम) निर्धारण गरिएको छ भनेर बुझ्न खोज्यौ । कतिपय स्टलमा ५ लाखसम्मका छुट दिइएको देखिन्छ कसैले २ लाख त कसैले फाइनान्सिङ सुविधामा सहुलियत दिएको देखियो । ६ दिनसम्म चल्ने यो शो मा ६० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ । नाडा अटो शोमा सबै ब्राण्डले स्थान भने पाएका छै्रनन् । आयोजक ठाउँ अभावका कारण त्यसो भएको दाबी गर्छ ।
गत आर्थिक वर्षमा सवारीसाधनको आयात १.४९ प्रतिशतले खुम्चिएको थियो । यसबर्ष सरकारले सवारी साधनमा इन्जिन क्षमता अनुसार करको बृद्धि गरेको छ । यद्यपि, सवारी आयातमा बृद्धि हुने सवारी साधन व्यवसायीहरुको अपेक्षा छ ।
नाडा अटो शोमा यस्तो छ चारपाङ्ग्रे सवारीको मूल्य
— स्याङयोङको चारपाङ्ग्रेमा ५ लाखसम्म छुटको अफर छ । यसले पाँच वटा मोडलको गाडीहरु प्रस्तुत गरेको छ । यसको टिभोलीमोडलको —गाडीको ५६ हजार ९९ रुपैयाँ मूल्य तोकिएको छ । यसैको रेक्सटन मोडलको १ करोड २१ लख रुपैयाँसम्मको सवारी साधन रहेको छ ।
— फोर्डको २६ लाख ९० हजार देखि ७८ लाख सम्मका गाडी छन् ।
— एमजिजिएसको ५८ लाख देखि ६९ लाखसम्म छ ।
— ड्याटसनको १५ लाख २५ हजार रुपैयाँदेखि २७ लाख ४९ हजार रुपैयाँ सम्म रहेको छ ।
— टोयोटाको ३२ लाखदेखि ४ करोड ८ लाख रुपैयाँ सम्म रहेको छ । ३२ लाखको एटिएस लिभा जी ११९७ सिसिको हो । यसमा ४५ लिटरको फ्यूल ट्यांकी छ । यस्तै ४ करोड ८ लाख रुपैयाँको ल्याण्ड क्रुजर डिजेल गाडी हो ।
— सुबारुको ९९ लाख रुपैयाँदेखि एक करोड २० लाख रुपैयाँसम्मको चारपांग्रे सवारी साधन छन् ।
— रेनल्टको ६४ लाख ८९ हजार रुपैयाँदेखि २४ लाख ५८ हजार रुपैयाँसम्मको छ । रेनल्टको क्याप्चरको मूल्य ६४ लाख ८९ हजार रुपैयाँ हो । न्युक्विडको २४ लाख ५८ हजार रुपैयाँ हो ।
— निशानको २६ लाख १० हजार रुपैयाँ देखि १ करोड २५ लाख ६९ रुपैयाँसम्म हो ।
— यस्तै हुण्डाइको ५८ लाख ९६ हजारदेखि ९८ लाख ९६ हजार रुपैयाँसम्मको गाडी छ । क्रेटा मोडलको एस एक्स एटि १५९१ सिसिको हो जसको मूल्य ५८ लाख ९६ हजार रुपैयाँ हो ।
— स्कोडाको ३८ लाख ४५ हजार रुपैयाँको र्यापिड एमपिआइ एमटि एक्टिभ हो । यो १५९८ सिसिको हो ।
— पेउगिएटको ८२ लाख रुपैयाँदेखि १ करोड ३८ लाख रुपैयाँसम्मको रहेको छ । होण्डाको २९ लाख २५ हजार रुपैयाँदेखि १ करोड २६ लाख रुपैयाँसम्मको सवारी साधान रहेका छन् ।
— महिन्द्राको २६ लाख ९५ हजार रुपैयाँको कारदेखि ३६ लाख ४५ हजार रुपैयाँसम्मको रहेको छ ।
— भक्सवागनको २६ लाख ९५ हजार रुपैयाँदेखि १ करोड ४७ लाख रुपैयाँसम्मको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’