प्रेमीसँग मिलेर श्रीमानको हत्या प्रकरणः न प्रेमी न श्रीमान, दुवै जेल

बुटवल– केहि दिनअघि प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने एक महिलासहित तीन जनालाई अर्घाखाँची प्रहरीले सार्वजनिक गरेको छ । भदौ १८ गते सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा प्रेमीसँग मिलेर वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हत्या उनकी श्रीमतीले गरेकी थिइन् ।
उनकी श्रीमती राधा बस्याल, उनका प्रेमी रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा डिभर्नाकी बसुन्धरा बस्यालले खुट्टा बाँधेर घाँटी थिचेर हत्या गरी बोरामा हालेर जंगलमा फालेको अवस्थामा घर्तीमगरको शव भेटिएको थियो । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
घटनाका अभियुक्त रमेश विक र राधा घर्तीबीच विगत ८ बर्ष देखिको माया प्रेम रहेको र विवाह गरि घरजाम गराउने उद्धेश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।
धनबहादुरको हत्या गरेपछि राधाकी आमाले जंगलको ठाउँ बताएपछि बोरामा बाधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका छन् ।
अभियुक्त रमेशलाइ सल्यानको शित्तलपाटीबाट पक्राउ गरेपछि आज प्रहरीले पत्रकार सम्मेलन गरि अभियुक्तलाइ पक्राउ गरेको थियो । उनीहरुलाइ कर्तब्य ज्यान मुद्धा अनुसार कारबाहीको प्रकृया सुरु गरिएको प्रहरी उपरिक्षक खिम बहादुर घर्तिमगरले जानकारी दिए । अभियुक्त बिकले बिदेशबाट घर नगई प्रेमीको घरमा सुटकेश समेत लगेर पुगेका थिए । राधाका श्रीमान बाग्लुङ्ग भएकोले तिन दिन सम्म त्यसै घरमा बसेर चौथो दिन राधाको माईती घरमा बस्न गएका थिए । दशैमा आउँछु भनेर हिडेका उनका श्रीमान बाग्लुङ्गबाट आई श्रीमती माईतीमा अर्कै मान्छे लगेर पुगेकी छ भन्ने सुराक पाएपछि उनि पनि राधाको माईती पुगेका थिए । त्यस क्रममा विवाद चर्कीदै गएपछि उनको ३ जना मिलेर हत्या भएको खुलेको छ । प्रहरी प्रमुख मल्लका अनुसार उनीहरुबीच १८ वर्षको उमेरमा विवाह भएको र एउटा १४ बर्ष र अर्का ९ बर्षका छोरा रहेका छन् । उनीहरुको अहिले बिचल्ली भएको छ । विदेशमा रहेका प्रेमी विकसँग फेसवुकबाट प्रेम सम्वन्ध चलेदेखि उनै संग लिन हुँदै आएपछि अहिले यस्तो घटना घटन् पुगेको प्रहरी प्रमुख मल्लले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश