भाद्र, असोज र कात्तिक महिना बालबालिकाको स्वास्थ्यमा खतरा
काठमाडौँ । अहिले भाद्र महिना चलिरहेको छ । यो समयमा बालबालिकाको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिन्छन् । यो समयमा लाग्ने रुघाँ, खोकी, ज्वरोबाट बालबालिकालाई जोगाउन सकिएन भने निमोनियासम्म हुने सम्भावना । मौसम परिवर्तनको यो समयमा बालबालिकाको स्वास्थ्यमा देखिने समस्या, अपनाउनु पर्ने उपाय, उपचार र रोकथामको बारेमा बालस्वास्थ्य नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीले जानकारी गराएकी छिन् ।
यो समय भनेको गर्मीबाट चिसो समयमा लाग्ने समय हो । अहिले मौसम परिवर्तनको क्रममा रहेको छ । भाद्र, असोज र कात्तिक ३ महिना बालबालिकाको स्वास्थ्यमा निकै समस्या देखिन्छ । यो समयमा बालबालिकालाई विशेष ख्याल गर्नूपर्ने हुन्छ । यो ३ महिनामा बिहान चिसो, दिउँसो गर्मी र साँझ चिसो हुने हुन्छ । यो समयमा बालबालिकालाई कस्तो कपडा लगाउने भन्ने विषयमा हामी अभिभावकलाई पनि थाहा हुँदैन । यो मौसमले अभिभावकलाई झुक्याईदिन्छ । गर्मी मौसम छ भनेर गर्मीको कपडा लगाइदिन्छौँ तर बिहान र साँझ चिसो भइरहेको हुन्छ । सो समयमा बालबालिकाको शरीरमा चिसो पस्ने गर्छ । किनभने गर्मीमा लगाउने कपडाले बिहान बेलुका चिसो हुन्छ भने चिसोको समयमा लगाउने कपडाले दिउँसो गर्मी हुन्छ ।
चिसो गर्मी दुवै मिसिएको समय भएको हुनाले अभिभावकले विशेष ख्याल गर्नुपर्ने समय हो । अहिले मौसम परिवर्तन हुने यो समयमा बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालिसकेको छ । यो समयमा विभिन्न रोगको संक्रमण हुने बढी सम्भावना हुन्छ ।
आउने समस्याहरु
अहिले घाँटी दुख्ने, ज्वरो आउने, झाडापखाला लाग्ने समस्याहरु परिवर्तन हुने मौसममा देखिने संक्रमणहरु हुन् ।
बालबालिकामा सुरुमा चिसोको असर भनेको घाँटी दुख्नबाट सुरु हुन्छ । त्यसपछि विस्तारै झाडापखाला ज्वरो आउने गर्छ । समयमा ख्याल नगरेको खण्डमा यसबाट निमोनियासम्म पनि हुने सम्भावना हुन्छ । यो सबै समस्या बालबालिकामा चिसोको कारणले हुने हो ।
बिहान चिसो, दिउँसो गर्मी र साँझमा चिसो हुने हुदाँ अविभावकले बालबालिकालाई कस्तो कपडा लगाउने भन्ने कुरामा सचेत रहनुपर्छ । यो मौसम परिर्वतन भईरहेको समयमा बालबालिकाको स्वास्थ्यमा बढी समस्याहरु देखिन्छन् त्यसैले रातको समयमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ र सुत्दा पातलो ब्ल्याङ्केटले भएपनि ओडाएर सुताउनुपर्छ
१ वर्ष मुनिका बालबालिकामा धेरै समस्या
यी महिनामा सबै उमेरको बालबालिकामा समस्या देखिन्छ । तर १ वर्षभन्दा मुनिका बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम हुदाँ यो उमेरका बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । यस्तै एक वर्षभन्दा मुनिका बालबालिकाको छालाले तातो र चिसोबाट रक्षा गर्ने क्षमता कम हुने हुँदा चिसो र गर्मी छिटो—छिटो लागिरहेको हुन्छ ।
त्यही भएर बालबालिकालाई राती र बिहानको समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । रातको समयमा बालबालिकालाई सुताउने बेला र बिहान उठेपछि तातो दूध र तातो पानी खुवाउदा राम्रो । बिहान उठ्ने बित्तिकै तातो पानी खुवाउनु भयो भने रातभरी लागेको चिसो हट्न सक्छ । साना बालबालिकाले आफूमा भएको समस्याबारे बताउन सक्दैनन् । उनीहरुलाई गाह्रो भयो भने रुन्छन् हामीले यसैबाट गाह्रो भएको थाहा पाउने हो ।
घरेलु उपचारलाई प्राथमकिता दिउँ
बोल्न सक्ने उमेर समुहका बालबालिकालाई रुघाँखोकी लागेको छ भने घरमै औषधि बनाएर खुवाँउदा राम्रो हुन्छ । अस्पतालको औषधि भन्दा पनि घरमै घरेलु उपचार गर्न सक्छौ । यो स्वास्थ्यको हिसाबले पनि निकै राम्रो हो । मौसम परिवर्तनको यो समयमा रुघाँ, खोकी लागेको बालबालिकालाई अदूवा, बेसार र तातोपानी खुवाउने गर्नाले पनि रोग निको हुन्छ ।
धेरै गाह्रो नभएको छैन भने मेडिकलको औषधि नखुवाउँदानै राम्रो हुन्छ । तपाईंले बालबालिकालाई सानै उमेरदेखि इन्टिबायोटीक औषधि खुवाउन थाल्नुभयो भने औषधिले रोग निको त हुन्छ तर स्वास्थ्यमा अन्य विभिन्न किसीमका समस्याहरु देखापर्न सक्छन् ।
अन्य रोगलाई औषधि खुवाए पनि यो समयमा देखिएको रुघा, खोकी, ज्वारोको लागि भने घरेलु उपचार राम्रो हो । अतिनै गाह्रो भएको अवस्थामा मात्रै खुवाउनुपर्छ तर चिकित्सकको सल्लाह बिना नखुवाउनु हुन मेरो अनुरोध छ ।
आजकाल अभिभावकले बालबालिकालाई धेरै समय दिएको देखिँदैन । सधैँ काममा मात्रै व्यस्त भएको देखिन्छ जसले गर्दा छिटो निको होस् भनेर पनि सामान्यभन्दा सामान्य रोगमा पनि औषधि खुवाइरहेका हुन्छन् । तर म यो गतल हो भन्छु ।
तपाईंको बालबालिकालाई खुवाएको इन्टीबायोटीक औषधिले स्वास्थ्यमा अन्य समस्याहरु पनि देखापर्न सक्छ । त्यसैले सामान्य समस्या छ भने घरमै औषधि गर्दा राम्रो । साथै, बिरामी भएको समयमा बालबालिकालाई अन्य समय भन्दा बढीनै समय दिनुपर्छ । राम्रो हेरचार भएन भने बालबालिकालाई निमोनिया हुनसक्छ ।
अहिलेको मौसम परिवर्तनको समयमा बालबालिकाको स्वास्थ्यमा देखिएको समस्यामा औषधि खुवाए पनि एक देखि २ हप्ता पछि मात्रै निको हुन्छ ।
त्यसैले अविभावकले आफ्नो बालबालिकाले राम्रोसँग खाएको छ की छैन, के खाएको छ भन्ने कुराको बारेमा ध्यान दिनुपर्ने हुन्छ ।
शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ
बालबालिकालाई स्वस्थ्य राख्नको लागि शिक्षकको पनि महत्वपूर्ण भूमिका हुन्छ । विद्यालय जाने उमेर समूहका बालबालिकाले घरमाभन्दा धेरै समय विद्यालयमा बिताएका हुुन्छन् । कुन मौसममा कुन रोग लाग्छ ? जोगाउनको लागि अविभावकले के गर्नुपर्छ ? भन्ने बारेमा शिक्षकले अविभाकलाई जानकारी गराउने हो भने धेरै बालबालिकालाई रोग लाग्न बाट बचाउन सकिन्छ ।
अर्काे कुरा त शिक्षकले भनेको कुरा बालबालिकाले सजिलै मान्छन् । स्वास्थ्य संस्था भनेको समस्या परेपछि मात्रै आउने ठाउँ हो तर समस्यानै हुन नदिनको लागि विद्यालयका शिक्षकले अविभावक र बुझ्ने उमेरका बालबालिकालाई सिकाउने हो भने धेरै बालबालिकालाई रोग लाग्नबाट बचाउन सकिन्छ ।
तर, बालबालिकालाई विद्यालयमा स्वस्थ्य शिक्षा दिने काम निकै कम विद्यालयले गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता