बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केनको ह्याट्रिकसँगै लेस्टरविरुद्ध टोटनहमको आधा दर्जन गोल

शुक्रबार, ०५ जेठ २०७४, १२ : २६
शुक्रबार, ०५ जेठ २०७४

ह्यारी केनले चार गोल गरेपछि टोटनहम हटस्पर्सले गत सिजनको च्याम्पियन लेस्टर सिटीलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ ।

चेल्सीले लिग उपाधि हासिल गरे पनि टोटनहमले उत्कृष्ट खेल प्रदर्शन गर्दै यो सिजन लिगमा २५ औँ जित निकाल्न सफल भएको हो ।

केनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा ३ गोल गरे । योसँगै उनले लिगमा २६ औँ गोल पूरा गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । दोस्रो स्थानमा रहेका रोमेलु लुकाकुलाई २ गोलले पछि परेका छन् ।

लिगको लगातार दुई सिजनमा उनले २५ गोलभन्दा बढी गोल गर्ने उनी पाँचौ खेलाडीमात्र हुन् ।

उनले लेस्टरविरुद्ध सर्वाधिक १० गोल गरेका छन् भने एकै सिजनमा ३ वा सोभन्दा बढी ह्याट्रिक गर्ने पाँचौ खेलाडी हुन् ।

टोटनहमका लागि अन्य दुई गोल सोन हिङ मिनले गरे ।

लेस्टरका लागि एक मात्र गोल बेन चिलवेलले गरे ।

लिगमा लेस्टरको यो सबैभन्दा खराब नतिजा हो । यसअघि पनि लेस्टर सन् २०११ मा म्यान्चेस्टर सिटीसँग यही गोलअन्तरले पराजित भएको हो ।
३७ खेलबाट स्पर्स ८३ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप