शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियङ्कासँगको अन्तरङ्ग दृश्यमा म होइन, सौरभ थियो – अभिनेता प्रमोद

शुक्रबार, २२ भदौ २०७५, १४ : ०९
शुक्रबार, २२ भदौ २०७५


अभिनेता प्रमोद अग्रहरीको चर्चा यतिबेला चुलिएको छ । ‘कथा काठमाडौँ’ चलचित्रको ‘रातको कुरा..’ बेलको गीत रिलिजसँगै उनको चर्चा चुलिएको हो । यो गीतमा अभिनेत्री प्रियङ्का कार्कीसँग उनले दिएको अन्तरङ्ग दृश्यको केहीले आलोचनासमेत गरे । दृश्यले दर्शकको मनमा कयौँ प्रश्नसमेत उब्जिएका छन् । प्रमोद भने चलचित्र प्रदर्शनमा आएपछि आलोचक र दर्शक सबैको प्रश्नको जवाफ मिल्ने बताउँछन् । टेलिशृङ्खला सिंहदरबारमा एक मन्त्रीको भूमिका निर्वाह गरेरसमेत चर्चामा छाएका उनी यसलाई आफ्नो अभिनय सफलतासमेत मान्दछन् । रङ्गमञ्च हुँदै चलचित्र अभिनयमा होमिएका प्रमोदका करिब दर्शन चलचित्र बाहिर आएका छन् । ती सबै चलचित्रमा उनले निर्वाह गरेका भूमिका दर्शकको नोटिसमा पर्न सफल छ । यिनै अभिनेता प्रमोदसँग रातोपाटीका दस प्रश्न ।


‘कथा काठमाडाँै’ चलचित्रमा प्रियङ्कासँगको अन्तरङ्ग दृश्यले अहिले चर्चा भइरहेको छ नि ?
– त्यो दृश्यलाई अन्तरङ्ग दृश्य, बेड सिन वा सेक्स भन्ने भन्दा पनि यो चलचित्र ‘कथा काठमाडाँै’को दुई पात्रबीचको एउटा यात्रा भन्न रुचाउँछु । यो बेड सिन, सेक्स सिन भन्दा पनि यो चलचित्र भित्रकी नारीको पीडा हो । जुन पीडा समाजका नारीले जानी नजानी भोगिरहेका छन् । 

अभिनय गर्दा कस्तो महशुस भयो ?
– प्रियङ्कासँग मेरो त्यो अन्तरङ्ग दृश्य जुनबेला खिचियो । त्यो समय म स्पोटमा थिइनँ । सो समय सेटमा मभन्दा पनि चलचित्रको क्यारेक्टर सौरभ भन्ने थियो । मैले के सिन दिएँ, कस्तो दिएँ, मलाई थाहा थिएन । निर्देशक सङ्गीताले पनि मलाई चलचित्रको छायाङ्कन सेटमा कहिल्यै पनि प्रमोद देखिन भन्नु हुन्थ्यो ।

सिनेमाको हिरो, टिपटप बनेर हिँड्न त मनपर्छ होला नि हैन ?
– म एकदमै सरल भएर हिँड्न रुचाउँछु । सिनेमाको पर्दामा मलाई देखेकाले बाहिर देख्दा यो प्रमोद हो र ? होइन होला भन्ने गरेका छन् । मेरो सबै कोसिस के रहन्छ भने मानिसले मलाई कमै चिनुन् । म आफ्नो अनुहार चिनाउनुभन्दा सिन र कामले चिनाउन चाहन्छु । अहिलेको कुरा गर्ने हो भने ‘कथा काठमाडाँै’को प्रियङ्कासँग रमाइलो गर्ने मानिस होइन भनेर चिन्छन् ।

आफूलाई कसरी फिट राख्नुहुन्छ ?
–रुममै एक्सरसाइजका धेरै सामग्री छन् । त्यसैले घरमै अभ्यास गर्छु । चलचित्रको कुनै भूमिकाको लागि केही गर्नुपर्यो भने क्लब जान्छु । अहिले ‘सिंहदरबार’ शृङ्खला अभिनयका लागि पाको देखिनुपर्ने भएकाले एक्सरसाइज छोडेको छु ।

पहिरनमा कतिको ध्यान दिनुहुन्छ ?
– खासै ध्यान त दिन्नँ । मेरो मनपर्ने कलर ह्वाइट हो । सट लगाएँ भने यही कलरको लगाउँछु । फिटिङ टिसर्ट, फिटिङ पाइन्ट प्रयोग गर्न मनपर्छ । मलाई लगाउन सबैभन्दा मनपर्ने भनेको घडी हो । घडी राम्रो ब्रान्डकै लगाउँछु । 

पूरा नभएको सपना ?
समाजमा देखिने हरेक क्यारेक्टर लोभलाग्दा छन् । ती सबै क्यारेन्टर निर्वाह गर्न पाएको छैन । यी क्यारेक्टरमा बाँच्ने मन छ । बुबाआमाको बिजनेस गरोस् भन्ने इच्छा थियो । उहाँहरूको दुई चारवाटा गाडीको स्वरूप छ । म मलाई व्यवसायी बनाउने इच्छा थियो । कलाकार भएर नाच्ने गाउँने काम हाम्रो होइन भन्नुहुन्थ्यो । यो फिल्डमा करियर छैन भन्ने सोच पनि उहाँहरूमा थियो ।

रुचि ?
– अभिनय र खानेकुरा पकाउन रुचि छ । म भेजिटेरियन हुँ । तर मलाई प्रायः सबै डिस बनाउँन आउँछ । आफैले बनाएर साथीभाइलाई खुवाउन मनपर्छ ।

कस्तो खालको केटा तपाईं ?
– सिम्पल छु । सबैसँग मिल्न मनपर्छ । खेलकुदतिर भने धेरै रुचि छ । सानोमा सितोरियो कराँते खेल्थेँ । टेबुलटेनिस, स्केटिङ, फुटबल पनि राम्रो खेल्छु । 

घुमघाममा कतिको रुचि छ ?
– छ । हो, हल्ला नभएको, भीडभाड नहुने शान्त ठाउँ मनपर्छ । 

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– नम्रता श्रेष्ठसँग जान चाहन्छु । नम्रता क्रिएटिभ माइन्ड भएको व्यक्ति लाग्छ । उनीसँग डेट जान पाए धेरै सिक्न पाइन्छ भन्ने आस छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप