कम्ब्याट त्यागेर फिल्म : बेस्ट सोल्जर अवार्ड जितेकै बर्ष स्वदेश फर्किएका मिलन
'बेलयाती सेनामा बेस्ट सोल्जर अवार्ड जितेकै बर्ष जागिर छाडेर स्वदेश फर्किएका मिलन चाम्स यतिबेला नेपाली फिल्म निर्देशनमा व्यस्त छन् ।'
मिलन चाम्लिङ उर्फ चाम्सले १२—१३ बर्षको छँदै भोजपुरमा शिवशक्ति फिल्म हल चलाउन थालिसकेका थिए ।
उनी राई परिवारमा जन्मिएकैले रहर मारेरै भए पनि ब्रिटिस आर्मी बेलायती सेना बन्न पुगेका थिए ।
मेरा बाउबाजे सबै ब्रिटिस आर्मीमा भएकाले मलाई पनि आर्मी नै बन्नुपर्छ भनेर दबाब दिन्थे ।
मलाई त्यता रुचि नै थिएन ।
बच्चैदेखि भाग्दै, लुक्दै नेपाली, हिन्दी फिल्म यति धेरै हेरेँ, कि मलाई पनि फिल्म निर्माण गर्ने रहर भयो, उनले भने ।
फेब्रुअरी १९९८ मा लन्डनमा चाम्सको फौजी जीवन सुरु भयो ।
धन्न, आर्मीतर्फ पनि प्रशासनिक विभागमा भएकाले मिलनलाई कम्ब्याट बन्दुक भिरेर भने हिड्नु परेन । तै पनि घर र फिल्मको यादले खुब सताउँथे ।
साथीहरु मलाई ५ प्रतिशत मात्रै आर्मी र बाँकी सबै मनोरञ्जनले भरिएको छ भनेर जिस्काउँथे, त्यस बेला भर्खर १७ बर्ष पार गरेका मिलनले रोएरै पश्चाताम गर्नुमा भन्दा आर्मी जीवनलाई अवसरमा बदल्ने सोचेका
बताए ।, आजको कान्तिपुर दैनिकको शुक्रबारमा यो खबरलाई सुशील पौडेलले लेखका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना