इलामका विद्यालयमा रेडपान्डासम्बन्धी पढाइ शुरु
इलाम– विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ ।
हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुनेस्थितिमा पुगेको छ ।
उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा पठाइ शुरु गरिएको छ । विद्यालयस्तरदेखि नै हाब्रेसम्बन्धी जानकारी गराउन सक्दा उचित संरक्षण हुने भएकाले पढाइ शुरु गरिएको यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताए । विशेष गरी कक्षा ६ र ७ का विद्यार्थीका लागि हाब्रेसम्बन्धी जानकारी दिन लागिएको हो ।
खाम्दाकका अनुसार विद्यालयमा हाब्रेसम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तुलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ । जिल्लाका सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेका राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालय र सन्दकपुर गाउँपालिकाकै माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा पढाइ शुरु गरिएको हो । यसै वर्ष थप चार विद्यालयमा समेत पढाइ शुरु गरिने तयारी गरिएको छ ।
रेडपाण्डा नेटवर्कका अनुसार जिल्लामा ३० देखि ३५ वटा हाब्रे रहेकोे तथ्याङ्क छ । तर, जिल्लामा हाब्रेसम्बन्धी जनचेतना नभएको र कुकुरलगायतका जीवजन्तुबाट जोगाउन नसक्दा भएका हाब्रेसमेत जोखिममा परेका छन् । केही महिनाअघि मात्र इलाम नगरपालिकाको पुवामझुवामा कुकुरले शिकार गरेको अवस्थामा एक हाब्रे फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन