ओझेलमा दियालो बङ्गला

person explore access_timeसाउन ४, २०७४ chat_bubble_outline0

चितवन - नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बङ्गाला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबार यतिबेला हेरचह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको हो । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका सातजना कर्मचारी बाहेक अरु कोही छिर्न पनि पाउँदैनन् दरबार परिसरमा । 

विसं। २०२६ मा निर्माण भएको सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । २०४१ सालबाट बगैंँचे पदमा काम गर्दै आउनुभएका घनश्याम केसी राजपरिवारको रमाउने ठाउँ दियालो बङ्गला रहेको बताउनुहुन्छ । विगतको स्मरण गर्दै उहाँ भन्नहुन्छ, “२०५० सालमा बगैंँचामा घुम्दै राजा वीरेन्द्रले अब नौ महिना यहाँ र तीन महिना काठमाडौँ बस्ने बताउनुभएको थियो तर परिस्थिति प्रतिकूल बनेपछि राजाले भनेअनुसार नौ महिना यहाँ भने बिताउन सक्नुभएन । त्यसैवर्ष वडामहारानी ऐश्वर्यको यही दरबारको भ¥याङमा लडेर खुट्टा भाँचियो । उहाँले लामो समय चिकित्सकको निगरानीमा आराम गर्नुपर्ने भएकाले काठमाडौँमै बस्नुप¥यो । ” 

राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्यो, केसीका अनुसार राजा आएको बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यहीँ दरबारमा मनाएको केसीको स्मरण छ । त्यतिबेला पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतका नेता पनि शुभकामना दिन यही आएका थिए । त्यसो त राजा महेन्द्रको निधन पनि यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महत्व बढेको छ । 

पूर्व राजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । उक्त ट्रष्टकको इकाइ कार्यालय दियालो बङ्गला आँपटारीका प्रमुख रमेश वाग्लेका अनुसार अहिले सात कर्मचारीले दरबारको संरक्षण र सरसफाइको काम गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । 

दरबारमा पाँचवटा खोपी ९बेडरुम० छन् । बगैँंचे केसीका अनुसार १ नं– खोपी मुमा रत्नराज्यको हो भने २ नं– राजा र ३ नं– रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि “नानीगञ्ज” छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय चलेको छ । 

सो क्षेत्रमा धमिराको गोला, कमिला जस्ता कुनै पनि किराले त्यहाँका सामग्री बिगार्न नसक्ने कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा नै दीर्घकालीन सुरक्षाका विधि अपनाएका कारण यस्तो भएको उनीहरुको भनाइ छ । सो क्षेत्रमा खानेपानीका लागि छुट्टै अग्लो फिल्टर ट्याङ्गकी निर्माण गरिएको छ । जसबाट अहिले पनि यहाँ पानी वितरण हुँदै आएको छ । 

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्र सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंँचा अहिले पनि जस्ताको जस्तै छ । त्यहाँ जोकोहीलाई दरबारभित्र राजा नै भएको भानहुन्छ । 

यति सुन्दर र ऐतिहासिक ठाउँ भएर पनि किन यो ओझेलमा प¥यो त रु नेपाल ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले भन्नुभयो “सरकारसँग सङग्रहालय निर्माणका लागि बजेट माग गरे पनि नपाएपछि केही गर्न सकिएन ।” उहाँका अनुसार सङ्ग्रहालयको रूपमा दियालो बङ्गलालाई विकास गर्न २०७३ असारमा ट्रष्टको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो । 

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सङ्ग्रहालय स    ञ्चालनका लागि रु दुई करोड माग गरिएपनि स्विकृत भएन । दरबार परिसरमा टिकट काउन्टर, शौचालय, बस्ने ठाउँ, तारबार, मर्मतसम्भार लगायतका भौतिक पूर्वाधारका लागि बजेट माग गरिएको थियो । कार्कीले थोरै रकमसमेत नपाउँदा सङग्रहालय बनाएर सर्वसाधारणलाई खुल्ला गर्न नसकिएको बताउनुभयो । 

नारायणगढको विकासको शुरुवात दियालो बङ्गलाबाट भएको भन्दै उहाँले राजा महेन्द्रको निधन भएको पवित्र तीर्थस्थल देवघाटको प्रवेशद्वार पनि भएकाले यसको ऐतिहासिक महत्व बुझाउनका लागि पनि सङग्रालय बनाउनुपर्ने बताउनुभयो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।