सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय

गोकुल जोशीको मूर्ति तयार

बुधबार, ०४ साउन २०७४, १४ : ५६
बुधबार, ०४ साउन २०७४

काठमाडौँ -मूर्तिकार रामकृष्ण भण्डारीले जनकवि गोकुल जोशीको प्रस्तरको मूर्ति तयार गर्नुभएको छ । 

उहाँले साढे दुई फिट उचाइको अर्धकदको सो मूर्ति गोकुल जोशी स्मृति उद्यान निर्माण समिति, राईपुर तनहुँका लागि करिब एक महिनामा बनाउनुभएको हो । जोशीको मूर्ति शुक्लागण्डकी नगरपालिका–११ राईपुरमा छिट्टै राख्नका लागि स्तम्भ निर्माण भइरहेको समितिका अध्यक्ष लोकनाथ पोखरेलले जानकारी दिनुभयो । 

विसं १९८६ मा गरिब परिवारमा जन्मनुभएका प्रगतिशील साहित्यकार जोशीले देशवासीलाई गीतमार्फत जनचेतना अभिवृद्धिमा लाग्नुभएको थियो । 

‘भोकभोकै मर्न लागे कवि कलाकार’ 

‘तड्पाएर नमारिदेऊ झुण्ड्याएर मार’ उहाँको प्रसिद्ध गीति अंश हो । प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य जोशीका ‘नेपालको भविष्य ’९२०११०, ‘बाँच र बाँच्न देऊ’९२०१४०, ‘सिमानाको दीप’, ‘नवप्रभात’९२०१५० गीति सङ्ग्रह र ‘दुर्घटना’ कथा सङ्ग्रह प्रकाशित छन् । यसअघि जोशीको शालिक घैलाडुब्बा, झापामा स्थापना गरिएको छ । रा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप