प्रत्याक्रमणको तेस्रो चरणमा माओवादी
रमेश विश्वकर्मा
नेपालमा माओवादको प्रयोगको शौन्दर्यतालाई बुझ्ने हो भने माओवादी आन्दोलनलाई मुख्यत ३ खण्डमा अध्यायन गर्नुपर्ने हुन्छ । पहिलो माओवादी आन्दोलनको राष्टिय अन्र्तराष्टियकरण हुदै, जनसेना र जनसरकार, ग्रामीण शोषक र सामान्तहरूका किल्लाहरू भत्काउँदै जनसत्ता निर्माणसम्मको अवधि ।
दोस्रो केन्द्रीय राज्य सत्तासम्मको प्रत्यक्ष सङ्घर्ष, संविधान सभाको चनाव, संविधान सभाबाट संविधान घोषणा, माओवादी पार्टीको विभाजन हुँदै व्यापक जनसहभागितामा स्थानीय तहको निर्वाचन मार्फत जनसत्ताको वैधानिकता प्राप्त हँुदै माओवादी आन्दोलनको निर्मम पराजयसम्मको अवधि । तेस्रो स्थानीय निर्वाचनपश्चातको माओवादी पार्टीको विजय पराजयको कठोर समीक्षासहित आगामी चुनौतीलाई सामना गर्ने राणनीति निर्माणसम्मको पेरिस डाँडा भेला जुन माओवादी पार्टीको आन्तरिक भविष्यमा असाध्यै महत्व राख्छ, यो अवधिसम्म । माओवादी पार्टी विचलित हुनुपर्ने कारण नै छैन ।
माओवादीहरू भयभित हुनुपर्ने कुनै कारण नै छैन, मात्र सबै माओवादी घटकहरूले विवेक लगाउने र आस्थावाना पङ्क्तिले संयमित हुन सक्ने हो भने । माओवादी आन्दोलन देशको बहुआयामिक अवसरका रूपमा परिणत भइसकेको छ । माओवादी नेतृन्व देशको लागि बरदान सावित भइसकेको छ । प्रश्न रह्यो माओवादी आन्दोलन अवसर बन्न सक्ने, माओवादी नेतृत्व बरदान बन्न सक्छ भने माओवादी पार्टी कमजोर कसरी बन्न सक्छ ? सक्दैन, तर किन बन्यो माओवादीले माओवादी नेता, कार्यकर्तासँग होइन जनता समक्ष समीक्षा गर्नुपर्छ ।
नेकपा माओवादी केन्द्रको हेडक्वर्टरले श्रावण २ मा काठमाडाैमा सबै जिल्लाका प्रभावशाली नेता र इन्चार्जहरूलाई बोलाएर बैठक गर्दैछ । यो विशेष भेला ऐतिहासिक समयमा हुँदैछ, एकातिर माओवादी जनयुद्धका मुद्दाहरू स्थापित भएका छन् भने अर्कोतिर पार्टीले निर्मम हार बेहोर्दा स्वयम् जनतामा निराशा र माओवादी पार्टीका स्थानीय संरचनामा शोक छ ।
माओवादी नेतृत्व र जिल्ला इन्चार्जहरूको पहिलो चुनौती पार्टी पराजयका कारण निराशा भएका जनता शोकमग्न स्थानीय नेता कार्यकर्ताहरूमा ऊर्जा थप्दै स्थानीय पार्टी संरचनालाई चुस्त र बलियो स्थानीय जनताको चाहानामा निर्माण गर्नु हो । तत्कालीन समयमा माओवादी यसकारण निरास छ, माओवादीका मुद्दाहरू जनताले अनुमोदन गर्दैगर्दा पार्टी किन हार्यो ? वा जनताले पाटी र नेतृत्व माथि किन विश्वास गर्न सकेन ? यो माओवादी पाटीको केन्द्रीय नेतृत्वको रणनीतिक कमजोरी र स्थानीय नेतृत्वको जनतासँगको सम्बन्ध स्थापितसँग जोडिएको प्रश्न हो ।
नेपाली राजनीतिमा अर्के ठूलो चुनौती राष्ट्रियता र सामाजिक सद्भावमाथिको चुनौती रहेको पार्टी र नेतृत्वले के कारण पत्यायो ? गम्भीर समीक्षा यहीँ निर हुनुपर्छ । जनताको चित्त बुझाउने, अवसरवादी राजनीतिको भण्डाफोर गर्दै कार्यकर्ताको भावनालाई सम्बोधन गर्नैपर्ने कारण पनि माओवादी पाटीका जिल्ला इन्चार्जसहितको पेरिस डाडा भेला दोस्रो चुनवान वैठक हो, पेरिस डाँडा वैठकले अवसरवादी राजनीतिलाई छिन्न भिन्न पार्न सक्ने रणनीतिको विकास गर्न सकोस् । माओवादीको हार हँुदै गर्दा प्रचण्ड नेतृत्वको माओवादीले मात्र होइन मधेसी, दलित, जनजाति, थारु समुदायको हार भएको छ, यो विषयलाई नेपाली समाजमा सामान्यीकरण गर्न सक्नुपर्छ । मधेसको राजपादेखि पहाडको नेकपाको हार भएको छ, यसलाई समीक्षाको विषय बनाउन सक्नुपर्छ । स्थानीय निर्वाचनको परिणाम नेपाली समाज, नेपाली राजनीति, राष्ट्रियता र सामाजिक सद्भावका लागि ठूलो चुनौती बन्न सक्नेतिर समीक्षा गर्न सक्नुपर्छ र यो चुनौतीलाई सरल रूपमा सामना गर्ने रणनीति माओवादीले बनाउन सक्नुपर्छ । यो चुनौतीलाई राष्ट्रिय राजनीतिको प्रमुख चुनौतीका रूपमा जनतामा स्थापित गर्न सक्नुपर्छ । यो चुनौतीलाई माओवादीका एजेन्डामा सहमत हुने सबै पक्षको साझा चुनौतीका रूपमा चित्रण गर्न सक्नुपर्छ । यो भेलाले निर्मम रूपमा समाज, पार्टी जनता र नेतृत्वको राजनीतिक दुरूपयोगको गम्भीर र यर्थात समीक्षा गर्ने छ, यही भेलाले निकट भविष्यमा हुन गइरहेका सङ्घीय चुनाव र केन्द्रीय चुनावमा पार्टीको आकार निर्धारण गर्ने छ । यस अर्थमा माओवादीको पेरिसडाँडा बैठक रणनैतिक प्रत्याक्रमणको तेस्रो चरणका रूपमा विकास गर्न सकोस्, शुभकामना ।
माओवादी आन्दोलनको यो ऐतिहासिक समयमा बसेको महत्वपूर्ण वैठकमा मुख्यतया स्थानीय तहको पहिलो र दोस्रो चरणका निर्वाचनमा माओवादीले भोगेको पराजयका सवालमा व्यापक छलफल हुनेछ भने बलियो साङ्गठानिक संरचनाको निर्माण गर्दै र प्रदेश चुनाव र केन्द्रीय चुनावमा माओवादीको निराशालाई शक्तिमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा प्रमुखताका साथ बहस हुनेछ । पार्टी पराजयमा निराश भएका जनता र शुभेच्छुकहरूमा विश्वास छ, नेकपा माओवादी केन्द्रको हेडक्वटर र जिल्लाका ब्रेन लिडरहरूले प्रभावकारी रणनीति तयार पार्नेछन । माओवादी पेरिस डाँडाबाट पुनर्जागृत हनेछ, नेपाली कम्युनिस्ट आन्दोलनको केन्द्रीय रणनीति माओवादी पार्टीले गर्ने छ ।
दोस्रो संविधान सभामा तेस्रो शक्ति बनेको माके, पछिल्लो स्थानीय निर्वाचनको परिणामले माओवादी पार्टीको एजेन्डाहरू जनमोदनद्वारा पारित भएका छन् भने माओवादी पार्टी चुनावी रेशमा नराम्रोसँग पराजित भएको छ । यो वैठकले नराम्रोसँग पछारिएको माओवादी पार्टी र आस्थावान पङ्क्तिलाई हिलो टकटकाएर अन्तिम तथा निर्णायक सङ्ग्राम लड्ने शक्ति दिन सक्नुपर्छ । माओवादी आन्दोलनसँग मन कुँडिएकाहरूलाई ऊर्जा थप्न सक्नुपर्छ । माओवादी घटकको एकीकरणको अनिवार्यता प्रष्ट्याउन सक्नु पर्छ । विदेशिएका पूर्व लडाकुहरूलाई पार्टीमा फेरि आफ्नो आवश्यकता भएको महसुस गराउन सक्नुपर्छ । जनताको घर दैलोसम्म माओवादीले जनजीविका मुद्दासहित सही सूचना सम्प्रेषण गर्न सक्ने विधिको विकास गर्न सक्नुपर्छ । गोयवल्स राजनीतिका टाउकेहरूलाई सामाजिक बहिष्कार गर्नै पर्छ ।
एमाले जस्तो अवसरवादी राजनीतिको नाइकेलाई जनताले स्थानीय चुनावमा किन चुन्यो ? समीक्षा एमालेले कसरी जित्यो भन्ने होइन, माओवादीले कसरी हार्यो ? भन्ने हो, एमाले पङ्क्तिले एउटै बृद्ध भत्तालाई भजाएर गोयवल्स प्रचारमा जनतालाई भ्रम पार्न सक्दा माओवादीले किन यति ठूलो उपलब्धिको जस लिन सकेन । एमाले पङ्क्तिले समाजमा फिजाएको भ्रामकतालाई एजेन्डै एजेन्डा भएको पार्टी माओवादीले जनताप्रति फिजाएको भ्रमलाई किन निस्तेज गर्न सकेन ? वा टुटफुटको माओवादीलाई जनताले नपत्याएको हो ? आगामी सङ्घीय र केन्द्रीय चुनाव अगावै माओवादी पङ्क्तिले यस्ता प्रश्नहरूको उत्तर लिएर जनताका झुपडीसम्म जान सक्नु पर्छ ।
अब साच्चै एक चोटि माओवादीहरू जाग्नै पर्छ, हामी विजय हुने अभियानमा लाग्ने कि पराजित हुन अभियानमा लाग्ने । माओवादीले मात्र होइन माओवादी जस्तै पहिचान पक्षधरहरू, परिवर्तनका बाहकसँग विना हिचकिचाहट एकताको अभियान थाल्नुपर्छ । यसका लागी अहिले चल्दै गरेको भेलाले साहसिक र निर्मम निर्णय लिन सकोस । परिवर्तनका पक्षधरहरूलाई एकाकार गर्ने रणनीतिको विकास गर्न सकोस् ।
समीक्षाका विषयहरू :
१. गाउँमा नगद कहाँबाट आयो : स्थानीय चुनावका समयमा कर्णालीका प्रत्येक घरमा एकबोरा चामल, पाँच हजार रूपैयाँ, लुगा र जुत्ताहरू गएका छन्, कहाँबाट गयो ? कसले दियो जनतालाई यी बन्दोबस्तीका सामान ? प्रतिनिधि उदाहरण मात्र हो, मधेस, पूर्वी नेपाल र सुदूरपश्चिमका गरिबहरूबाट पैसाको भरमा कसले किन्यो भोट ? माओवादी पार्टीले देशभरिका स्थानीय कमिटीहरूसँग साक्षतकार गरोस् । माओवादी फेरि एक चोटी जनतामा जान सकोस् । नेतृत्वले जनतालाई भरोसा र ढाढस दिन सकोस, मताधिकारको महत्वका सवालमा माओवादीले जनतालाई पढाउन सकोस् ।
२. जनतासँग माओवादी नेतृत्व, टोल टोलमा सिंहदरबार : माओवादी कमजोर हुनै सक्दैन मात्र जनतासम्म माओवादी नेतृत्व फर्किन सकेको छैन । माओवादीहरूको पुनः आह्वानमा जनता आशा र भरोसाका साथ फर्किनेछन् । अब माओवादी नेतृत्व जनताको आगनसम्म जान सक्ने रणनीति बनोस । पार्टी योगदानका उपलब्धिहरू जनतालाई बुझाउन सकोस् । टोल टोलमा गएको सिंहदरबारको स्वामित्व लिन सकोस । स्थानीय तह जसले जिते पनि माअेवादीको एजेन्डामा कसैले मनपरि गर्नेहरूलाई खबरदारी गर्ने रणनीतिको विकास गरोस ।
३. एकीकरण पहलः माओवादको आत्मालाई बचाउँदै नेपाली समाजको आवश्यकतामा आधारित माओवादको विकास र प्रयोगमा लागौँ । जनताको आवश्यकतामा आधारित पार्टीको विकास गराैं । माओवादलाई मण्डले वाद र धनवादका विरुद्धमा प्रयोग गरौँ, भूतपूर्व माओवादीलाई विशेष अपिल सहितको एकता प्रकृया अगाडि बढाऔँ, सकिन्छ बाबुराम, वैद्य, विप्लवहरूलाई नै एकीकरण प्रकृयामा ल्याउ सकिँदैन भने कुन तहमा कुरा मिल्छ त्यहीँबाट माओवादी एकतालाई अगाडि बढाउ, पहिचान पक्षधर पक्षहरूसँग पनि हात मिलाऊँ ।
४. आधरभूत जनतालाई जोडौँ : माओवदीसँग रुष्ट हुनेहरू अवसरवादीभन्दा अरू कोही होइन, आधारभूत नेपाली जनता माओवादीप्रति विश्वस्त छन । यिनीहरूको विश्वासलाई कायम राख्न सक्ने पार्टी नीति बनोस नेतृत्वले विशेष ध्यान देओस् । दलित मधेसी थारु जनजातिका सवालमा ऐतिहासिक राजनीतिक अवसरको अभियान चलाऊँ ।
५. बौद्धिक जमातको रक्षा गरौँ : बन्दुकको युद्धभन्दा कलमको युद्ध बडो गाह्रो हुन्छ । त्यसै माओवादीले बन्दुकले जित्न सक्यो तर कलमी युद्ध जित्न सकेन । त्यसैले बौद्धिक व्याक्तिलाई पार्टीमा जोडौँ, भएका बौद्धिक जमातको पार्टीले रक्षा गरोस् ।
६. स्थानीय नेतृत्वलाई फेरौँ : माओवादी पाटीको स्थानीय नेतृत्व त्यति परिपक्व र सक्षम छ कि छैन, स्थानीय जनताको भावना अनुसारको काम गर्न सक्छ कि सक्दैन, जनतासँगै बसेर स्थानीय नेतृत्वको समीक्षा गरौँ । कुशल नेतृत्वको विकास गराँै, आवश्यकताका आधारमा स्थानीय नेतृत्व फेरौँ ।
७. आधार इलाका निर्माणमा पुनः जुटाैं : माओवादी पार्टीले पुनः आधार इलाकाहरू निर्माण गर्न जरुरी छ भन्ने कुरा स्थानीय चुनावमा माओवादी पाटीका आधार इलाकाहरू भत्किँदा प्रष्ट भयो । यी आधार इलाकाहरूको पुनः निर्माण गरौँ । करिब ४५० वटा स्थानीय निकायलाई आउँदो स्थानीय चुनावलाई लक्षित गर्दै विशेष आधारका रूपमा विकास गरौँ ।
८. पार्टी गुटलाई निस्तेज गरौँ : माओवादी पार्टीमा देखिएको गुट उपगुटहरू बडो नराम्रोसँग बाह्य राजनीतिलाई फाइदा हुने गरी प्रयोग भएका छन् । यी गुटका नाइकेलाई पाटी कार्यकर्ताले चिनौँ र सार्वजनिक बहिस्कार गरौँ ।
यी सवालमा माओवादी पाटीले समीक्षा गरोस, रणनीति निर्माणका सवालमा यो वैठक दोस्रो चुनवान बनोस्, राजनीतिक अवसरवादको अन्त्यका लागी कोषे ढुङ्गा बनोस, रणनीतिक प्रत्याक्रमणको तेस्रो चरण मुख्यतः दलाल राष्ट्रवादका विरुद्ध बनोस, सामाजिक सभावकालाई खलल पार्नेका विरुद्ध बनोस, गोयवल्स प्रवृतिका विरुद्ध बनोस ।
धन्यवाद !