जेपी गुप्ता भए सक्रिय, आन्दोलनको तयारी
काठमाडौ–केही समयदेखि राजनीतिकमा निस्क्रिय रहेका जेपी गुप्ता पुनः सक्रिय हुने भएका छन् । राष्ट्रिय तराई मधेश अभियानका संयोजक समेत रहेका गुप्ताले मधेशमा आन्दोलन गर्नुपर्ने विषयमा दुई दिन छलफल चलाएका छन् ।
सिरहाको लहानमा अभियानको सचिवालय बैठक राखेर उनी आन्दोलनको तयारीका लागेका हुन् । भ्रष्टाचारको मुद्दामा जेल परेर रिहाइ भएका गुप्ता त्यसपछि पनि अभियानको माध्यमबाट सक्रिय भएका थिए । तर जब चुनाव शुरु भयो अनि उनी एकाएक निस्क्रिय भए । अचेल कृषि फर्ममा अधिकाँश समय बिताउँदै आएका उनी पुनः सक्रिय भएका छन् ।
बैेठकपछि रातोपाटीसँग फोनमा कुरा गर्दै उनले भने– ‘चुनावमा आफ्नो संगठन सहभागी नभएका हुनाले कुनै गतिविधि गर्नु भनेको त्यसको विरोधमा जानु हो त्यसैले त्यतिबेला चुप चाप बसे । चुनावपछि स्थानीय, प्रदेश र संघीय सरकार गठन भयो । यी सरकारले मधेशमा केही गर्ला कि हामी वेट एण्ड सीको अवस्थामा बस्यौं । तर यत्रो दिन बित्दा केही नगरेको देखेपछि हामी अब जनताको बीचमा जाने निर्णय गरेका छौं ।’
प्रदेश २ प्रतिपक्षविहिन सरकार भएको र उसलाई जे मन लाग्छ त्यही गर्र्ने गरेको आरोप लगाउँदै फोरम नेपाल संघीय सरकारमा सहभागी भएका कारणले प्रदेशमा नेकपा त्यसको विरुद्धमा केही नबोलेको टिप्पणी गरे ।
उनले भने– ‘नेकपा र फोरम नेपाल सत्ताधारी दल भएका कारण एकअर्काको बिरुद्धमा कुरै हुँदैन र काँग्रेस रणभुल्लमा परेको कारण त्यो दलबाट केही अपेक्षा गर्नै सक्दैन । त्यसले सरकारको क्रियाकलापको बारेमा कोही त बोल्ने हुनुपर्छ भन्दै हामी अघि सरको हौं ।’
प्रदेश नम्बर २ को सरकारले लोकप्रियताका लागि मात्र काम गरिरहेको आरोप लगाउँदै गुप्ताले अब अभियानले त्यसको खबरदारी गर्ने बताए । अभियानका केन्द्रीय सदस्य ललित मल्लिकका अनुसार भदौं र असोजभित्र प्रदेश २ का आठवटै जिल्लामा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्ने र त्यसपछि केन्द्रीय समितिको विस्तारित बैठक बसेर आगामी कार्यक्रम तय गर्नेछ ।
सचिवालयको बैठकमा केन्द्रदेखि प्रदेशसम्मको राजनीतिको समिक्षा गरिएको थियो । प्रदेश तथा केन्द्रमा राजपा नेपाल र फोरम नेपालको गतिविधि शंकाष्पद रहेको ठहर गर्दै यी दुई दलका कारण मधेशका जनता राजनीतिक रुपमा विचलित भएको ठहर बैठकले गरेको मल्लिकले बताए ।
अभियानको १३ जिल्लामा बलियो संगठन रहेको छ भने १८ जिल्लामा परिषद्का सदस्यहरु मात्र रहेको दावी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण