शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उत्पादन र गुणस्तर’मा कुनै सम्झौता हुँदैन : साजन देवकोटा

बुधबार, ०४ साउन २०७४, १२ : ५१
बुधबार, ०४ साउन २०७४

२००९ देखि स्थापित शिवम् सिमेन्ट नेपालको ठूला सिमेन्ट उद्योगहरूमध्येकै अग्रणी बजारस्थान ओगट्न सफल उत्कृष्ट कम्पनीमा गनिन्छ । निर्माण क्षेत्रमा उत्कृष्ट परिचित शिवम्ले सिमेन्ट ओपीसी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । 


नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त सिमेन्ट सधैँ गुणस्तरप्रेमी उपभोक्ताको मन जित्न प्रतिबद्ध रहेको कम्पनीका भाइस प्रेसिडेन्ट साजन देवकोटा बताउँछन् । ग्राहकहरूलाई थप उत्साह उमङ्ग प्रदान गर्दै कम्पनीले पछिल्लो समय ‘२० बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैँमा’ स्किम ल्याएर आक्रमक बजार प्रवद्र्धन अघि सारेको छ ।


मकवानपुरको गढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी भएको उच्च कोटिको चुनढुङ्गा प्रयोग गरी गुणस्तरीय उत्पादन हुने गरेको कम्पनीको दावी छ । मानिसले आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त र अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरे जस्तै शिवम् सिमेन्टले ‘उत्पादन र गुणस्तर’मा कुनै सम्झौता नगर्ने, गर्न नहुने दावी देवकोटाको बताउँछन् । विभिन्न सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय सञ्चालन, स्वास्थ्य तथा वातावरणलागायत क्षेत्रमा सहयोग पुर्याई सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको शिवम् सिमेन्ट प्रालिका भाइस प्रेसिडेन्ट देवकोटासँग  कम्पनीको गतिविधि पछिल्ला योजना र समग्र सिमेन्ट उद्योग क्षेत्रको समस्याबारे विमल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :


पछिल्लो समय नेपालमा सिमेन्ट उत्पादनको अवस्था कस्तो छ ?
पछिल्लो समयमा नेपाल सिमेन्टमा आत्मनिर्भर उन्मुख हुँदै गएको अवस्था छ । हिजोको अवस्थाभन्दा निकै कम विदेशी सिमेन्ट आयात हुन्छ । पूर्ण क्षमतामा उत्पादन दिन नसकेका कारण आयात भएको मात्र हो । तर, नेपालका सिमेन्ट कम्पनीहरू यहाँ कुनै पनि निर्माण आयोजनालाई सिमेन्ट पुर्याउन सक्षम भइसकेका छन् ।  ग्र्यान्डिङ र क्लिङ्कर गरी सिमेन्टका दुई प्रकारका उद्योग छन् । क्लिङ्कर बेसका सिमेन्टले नेपालमा नै प्रोडक्सन गरिरहेका छन् भने ग्र्यान्डिङ बेसका सिमेन्ट उद्योगका लागि अझै पनि क्लिङ्कर अप्रयाप्त हुँदा इन्डियाबाट ल्याउने गरिएको पाइन्छ । विस्तारै क्लिङ्करका ‘आइसुलेटर’हरू बढिरहेको छ । त्यसकारण भविष्यमा क्लिङ्करमा पनि नेपाल आत्मनिर्भर हुने आशा  गर्न सकिन्छ । सिमेन्ट उद्योग, उत्पादन बढेसँगै विदेशी सिमेन्ट प्रतिस्थापन हँुदै जाने छ ।
 
पाँच वर्ष अगाडिदेखि सिमेन्टमा आत्मनिर्भर हुने कुरा उद्योगीहरूले बताइरहेका छन्, तर तथ्याङ्क हेर्ने हो भने अझै पनि ८ लाखदेखि १० लाख टनसम्म आयात हुन्छ, स्वदेशी उत्पादनले विदेशी सिमेन्टलाई कहिले प्रतिस्थापन गर्न सक्ला ?


‘क्यापासिटी’को आधारमा आत्मनिर्भरता थियो । चुनढुङ्गाका लागि आत्मनिर्भर छ । तर, त्यसका लागि जति ‘क्लिङ्कर’ चाहिने हो, त्यो उत्पादन हुन नसक्दा हामी पूरै आत्मनिर्भर हुन नसकेको स्थिति हो । त्यस्तै, कच्चा पदार्थलगायत विविध छन् । क्लिङ्कर आयात गर्नुपर्ने बाध्यता हो । त्यस्तै, अर्को कुरा उद्योगसँग जुन उत्पादन क्षमता छ इनर्जीको कारण उत्पादन गर्न सक्ने अवस्था थिएन, छैन । त्यो समस्याले गर्दा क्षमता हुँदाहुँदै पनि उद्योगले फुल फेजमा उत्पादन गर्न नसकेको हो । सायद इनर्जीको समस्या समाधान हुनसाथ उद्योगहरूले फुल फेजमा उत्पादन दिन सक्छन् । आत्मनिर्भर हुनेछ । फेरि नयाँ–नयाँ सिमेन्ट इन्डस्ट्री आउनेक्रम पनि छ, जसले नेपालमा विदेशी आयातित सिमेन्ट प्रतिस्थापन गर्न अवस्य सघाउ पुर्याउने छ । 

नेपालमा करिब ४ दर्जन सिमेन्ट उद्योगहरू छन्, यसमा शिवम् सिमेन्टको  स्थान र अवस्था कहाँ छ ?
हो, यहाँ दर्जनौँ सिमेन्ट कम्पनी छन्; जो उत्पादन नेपालको बजारमै खपत हुन्छन् । तर हामी शिवम् सिमेन्ट आफूलाई उत्कृष्ट र अग्रणी स्थानमा छौँ । सिमेन्टलाई जुन हिसाबले परिभाषित गरिन्थ्यो, त्यसमा परिवर्तन गर्न हामी आएपछि सक्षम भएका छौँ । हामीले बिजनेससँगै प्रयोगप्रतिको शिक्षा पनि दिएका छौँ । जुन क्षेत्रमा शिवम् सिमेन्टले हात हालेको छ, त्यो क्षेत्रमा ग्राहकहरूले रुचाइ दिनुभएको छ ।


हामी सर्वाधिक लोकप्रिय रहेको दावी गर्छौं । काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा शिवम् सिमेन्ट सर्वाधिक लोकप्रिय छ । हामीले उत्पादन गरेका सिमेन्ट सबै बिक्री हुने गरेको छ । हाम्रो क्यापसिटी अनुसार बजार निकै राम्रो छ । ओपीसीको आफ्नो सेगमेन्टमा हेर्ने हो भने निमार्णका हरेक क्षेत्रमा शिवम् सिमेन्ट सर्वाधिक रुचाइएको सर्वाधिक लोकप्रिय सिमेन्ट हो । क्वान्टिटी र क्वालिटी दुवैमा अग्रस्थानमा छौँ । 
 
नेपाली बजारमा सिमेन्ट उद्योगहरूको सम्भाव्यता के छ ?  
कुनै पनि विकासशील देशमा निमार्णका कामहरू हुनु स्वाभाविक हो । विकासका लागि बाटो, पुल, पुलेसालगायत पूर्वाधारको निर्माण भइरहेको हुन्छ । हाम्रो जस्तो विकासको गति लिइरहेको अवस्थामा सिमेन्ट उद्योगको बजार अत्यधिक हुने गर्दछ । निर्माणको क्षेत्रमा अधिक आवश्यक हुने भएकाले उद्योगको सम्भाव्यता निकै छ । जसले देश विकासमा महत्वपूर्ण रोल खेल्छ । निमार्णका कामहरू विकासका लागि निकै महत्वपूर्ण छ । निमार्णका लागि सिमेन्टको माग निरन्तर १५, २० प्रतिशतले बढ्छ भन्ने लागेको छ । त्यसपछि महाभूकम्पका कारण आम मानिसहरूमा ‘क्वालिटी कन्सियस’ भएका छन् । सरकारले पनि ‘नम्र्स’ बनाएको छ । त्यसमा पारवहन क्षमता अर्थात भूकम्प प्रतिरोधात्मक निमार्णका लागि हुनुपर्ने निश्चत मापदण्ड र क्वालिटी हुनुपर्ने भनेको छ । त्यसले गर्दा पनि निमार्णका सामग्री उत्पादन गर्ने उद्योगहरूले क्वालिटीमा ध्यान पुर्याउनुपर्छ । यो कारण अब सिमेन्टको माग बढ्ने सम्भावना अझै देखिन्छ । 

आक्रामक बजारीकरणसहति यहाँहरूले भर्खरै ‘२० बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैँमा’ स्किमको उद्देश्य के हो ?

हरेक संस्थाका आफ्नै सामाजिक उत्तरदायित्व हुन्छन् । त्यस्तै हरेक ब्रान्डको आफ्ना कन्जुमरप्रति उत्तरदायित्व हुन्छ नै । कुनै पनि उत्पादनलाई ब्रान्ड बनाउने मुख्य जिम्मवारी ग्राहकको हुन्छ । तसर्थ हामीलाई कसैले सहयोग गर्छ भने हामीले उसलाई ‘रिसिभ प्रोपेट’ त गर्छौं नि । सिमेन्ट उद्योगहरूमा ग्राहकहरूलाई ‘एप्रिसिएट’ गर्ने गरिएको थिएन तर त्यसको सुरुवात हामीले गर्यौँ । भूकम्प तथा नाकाबन्दीको बेलामा पनि हामीले ५० केजीमा ५ केजी ‘एक्स्ट्रा’ दिएका थियौँ । यसोे गर्नु पनि हाम्रो कन्जुमरप्रतिको दायित्व हो । हामीले हाम्रो ‘लोयल कन्जुमरहरूको साथ सहयोग एप्रिसियट गर्नुपर्छ भन्ने आधारमा नै यो स्किम आएको हो । तर, यो ब्रान्ड सक्सेस भयो, ग्राहकहरूले निकै रुचाउनुभयो । त्यस्तै, सिमेन्टमा पनि राम्रो व्यापार हुने रहेछ भनेर हामीले उत्साहका साथ ‘चाँदी नै चाँदी’ भन्ने स्किम ल्यायौँ । ४० बोरा सिमेन्टमा हामीले १० ग्रामको सिक्का दिएका थियौँ । यसकारण ग्राहकहरूबाट कम्पनीले व्यक्ति मात्रै होइन, हामीलाई पनि एप्रिसिएट गर्दोरहेछ भन्ने प्रतिक्रिया पायौँ । उहाँहरूले हामीलाई फुल सपोर्ट गर्नुभयो । त्यसैको निरन्तरतामा हामीले २० बोरामा १ बोरा सित्तैँमा भन्ने स्किम ल्याएका हौँ । जुन २ वर्ष पुरानो योजना थियो । हामीले योजना भूकम्प र नाकाबन्दीको मारमा रहेको बेला यसरी सहयोग गर्न सकिन्छ भनेर यो योजना ल्याएको हौँ । तर त्यतिबेला सानो क्वान्टिटीमा सिमेन्ट लाने ग्राहकलाई समेट्न सकिँदैन भनेर  परिमार्जन गरि ५५ केजीको स्किम बनाएका थियौँ । जसमा १ बोरा सिमेन्ट लाने ग्राहकले पनि एक्स्ट्रा सिमेन्ट पाउनुभयो । 

ब्रान्डिङ भइसकेका कम्पनीले गुणस्तरीय छौँ भनिरहदा विभिन्न स्किम उपहार योजना ल्याउनुको जरुरत के  थियो ?


हामीले लोयल कन्जुमरहरूलाई रिजर्भ गर्नुपर्छ भनेर यस्ता योजना ल्याउँछाँै । यो स्किमका रूपमा भन्दा पनि हाम्रो कन्जुमरप्रतिको दायित्व हो । हामी ग्राहकलाई विभिन्न समयमा यस्ता योजनाहरू ल्याइरहेका हुन्छौँ । यसको उद्देश्य ग्राहकप्रतिको उत्तरदायित्व र उहाँहरूको सपोर्टका लागि मात्र हो । 

कम्पनीको दैनिक उत्पादन क्षमता कति हो ?


हामीले पूरा क्षमतामा उत्पादन गर्न पाएका छैनौँ । हाम्रो अझै क्षमता विस्तार हुने क्रम छ । अहिले करिब उत्पादन क्षमता ४५ हजारदेखि ५० हजारसम्म हो । चाँडै नै ६० हजार उत्पादन गर्नेछौं । यसको लागि काम पनि सुरु भइसकेको छ । 

सिमेन्ट उद्योग स्थापना तथा सञ्चालनमा के–कस्ता समस्या छन् ?
नेपाली सिमेन्टप्रति ग्राहकको सकारात्मक बुझाइ छ । सरकारले पनि राम्रै तरिकाले बुझको देखिन्छ । तर, यहाँ मुख्य कुरा पूर्ण क्षमतामा इनर्जीको समस्या हो । अनवरत रूपमा विद्युतको उपलब्धता हुने हो भने सिमेन्ट उद्योगले मात्र होइन, कुनै पनि उद्योगले निकै फड्को मार्छ । लोकल विषयमा आउने समस्या त एक व्यावहारिक  कुरा भइहाल्यो । व्यावहारिकता जानुपर्छ । जब कम्पनीले पूर्ण क्षमतामा उत्पादन गर्न सक्षम हुन्छन् । आयातित सिमेन्ट स्वतः रोकिन्छ भन्ने लाग्छ ।  बजार भईकन पनि फुल फेजमा उत्पादन गर्न नसक्दा आयात बढेको हो । हाम्रो गुणस्तरीयता र बजारीकरणमा कुनै समस्या छैन ।  तर अझै पनि केही ठूला आयोजनामा विदेशी सिमेन्ट प्रयोग हुन्छ भन्ने छ, केही सत्यता छ । तर अब स्वदेशी सिमेन्ट नै पूर्ण गुणस्तरको उत्पादन गर्न सक्षम छ । 


आज चाइनिज कन्ट्याक्टरले नेपाली सिमेन्ट प्रयोग गरेको छ । चक्रपथका केही क्षेत्रमा हाम्रै शिवम् सिमेन्ट प्रयोग भइरहेका छन् त्यस्तै सिनो हाइड्रो, डिपार्टमेन्ट जस्ता  निर्माणमा पनि हाम्रो सिमेन्ट प्रयोगमा छन् । यसले के देखाउँछ भने ठूला आयोजना निर्माणमा अब स्वदशी सिमेन्टको प्रयोग बढ्दो छ । 


हुन सक्छ केही ठूला आयोजनाहरूमा ‘स्पेसलाइस्ट सिमेन्ट’ आवश्यक परेको अवस्थामा जुन नेपालमा उत्पादन नहुँदा बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । त्यस्तै कुनै बढी छुटका कारण ल्याइएको हुन सक्छ । तर, मुख्य कुरा कच्चा पदार्थलगायत आयातलागायत छुट र इनर्जी पूर्ण पाइने हो भने विदेशी सिमेन्ट स्वतः प्रतिस्थापन हुन सक्छ । 

शिवम् सिमेन्ट अन्यभन्दा भिन्न कसरी छ, गुणस्तरमा एकरूपता कसरी हुन्छ ?
शिवम् सिमेन्ट बजारमा आज जुन परिचय छ, त्यो हाम्रो सेवा तथा गुणस्तरकै कारण हो । हामीले उच्च स्तरको प्रविधिद्वारा  उत्पादन गर्दछौँ, जहाँ २४सै घण्टा प्राविधिकद्वारा निरीक्षण र परीक्षण पश्चात सीधै उपभोक्तासम्म आपुग्ने व्यवस्था छ । गुणस्तरको एकरूपता भन्नु पर्दा हामीले करोडौँ लगानी गरेर ‘एक्सरे एनालाइजर’ मेसिन ल्याएको छौँ । जसले ल्याबमा गर्दा ४ देखि ६ घण्टा परीक्षण समय लाग्ने समयलाई केही मिनेटमै थाहा हुन्छ । अलिकति मात्र केही तलमाथि हुँदा तुरुन्तै ‘करेक्सन’ गरेर मिलाउन सकिन्छ यसले गर्दा हामीले क्वालिटी दिन सकिरहेका छौँ भन्छौँ । नेपाल सरकारले ३३ एमपीए भएपछि नेपालको स्टान्टर्ड हो तर हाम्रोमा ४८ भन्दा माथि छ । त्यस्तै निकै न्यूनतम म्याग्नेसाइटको प्रयोग पनि हो । यसरी विविध कारणले अन्यभन्दा फरक परिचय बनाउन शिवम् सिमेन्ट सफल छ ।  

कम्पनीको बिक्रीपछिको सेवा कस्तो छ ? 
आजको दिनमा सबैभन्दा ठूलो कुरा कन्जुमरलाई सन्तुष्ट बनाउने हो । अवश्य नै कन्जुमर सेटिस्फाइट हुनुपर्दछ । यसैलाई मध्य नजर गरेर हामीले बिक्रीपछिको सेवालाई महत्व दिएका छौँ ।  


हामीले हाम्रो सिमेन्ट प्रयोग नगरे पनि आवश्यक सल्लाह दिन कन्जुस्याइँ गर्दैनौँ । फिल्डमै प्राविधिक पुगेर आवश्यक सल्लाह दिन तयार छौँ । टाइबिङ कसरी गर्ने सिमेन्टको सही प्रयोग कसरी गर्ने जस्ता महत्वपूर्ण कुराहरू साइटमै गएर परामर्श दिन्छौँ । 


यो अहिले आइरहेका स्किम पनि सेवा र कदर अनुरूप नै आएको योजना हो । हामीले आफ्नो ग्राहकलाई सम्मानस्वरूप दिएको कदर नै यो स्किम हो । 

उद्योग भूकम्पपछि ठूला आयोजनाम खपत बढाउनतिर केन्द्रित हुँदा दुरदराजका गाउँगाउँमा ग्राहकलाई कसरी उपलब्ध हुन सक्छ ?


हामी दुर्गम क्षेत्रमा पनि पुगिरहेका छौँ, कतिपय क्षेत्रमा पुग्ने प्रयासमै छौँ । त्यहाँको पूर्वाधार, सहजताको ख्याल गर्दै देशभरका आम ग्राहकहरूमा पुग्ने हाम्रो लक्ष्य नै हो । तर जति भित्र भित्र पुग्छौँ ‘कष्ट’ महँगो हुन सक्छ । हामी सम्भवयुक्त क्षेत्रमा पुगिरहेका छौँ । अब आउने आर्थिक वर्षमा ‘रुरल’ क्षेत्रमा कसरी जाने भन्ने कुरा हामी अवश्य नै दिने छौँ  । विशेष तयारीमा छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप