बिमस्टेकका भीभीआईपीलाई विशेषज्ञसहितको स्वास्थ्य सेवा, यी अस्पतालमा आकस्मिक उपचारको व्यवस्था
काठमाडौँ – बिहिबार र शुक्रबार हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी विशिष्ट पाहुनालाई सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
जसको लागि केही दिन पहिले स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्सीय समिति गठन गरिएको थियो । सो समितिले सबै तयारी पूरा गरेको जनाइएको छ ।
आकस्मिक स्वास्थ्य उपचार सेवाको व्यवस्था वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, निजामती अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पताल, नर्भिक अस्पताल र ग्रान्डी अस्पतालमा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी डाक्टर दिपेन्द्ररमन सिंहले स्वास्थ्य उपचारका लागि विमानस्थल, सम्मेलनस्थल र तोकिएको होटलहरुमा पनि भेन्टिलेटरसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली तयारी अस्थामा राखिएको जानकारी दिए ।
जसको लागि जनरल फिजिसिय, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितटोली खटाइएको पनि उनले जानकारी दिए ।
यसैबीच बिमस्टेकमा पब्लिक हेल्थ र औषधिको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।
सूचना अधिकारी सिंहका अनुसार नेपालको स्वास्थ्य क्षेत्रको विषयमा खासै एजेण्डा नभए पनि यी दुई विषयमा छलफल हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता