आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भक्तपुरको गाईजात्रामा देखिएका १५ तस्विर

सोमबार, ११ भदौ २०७५, १८ : ३५
सोमबार, ११ भदौ २०७५

भक्तपुर– आज देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाए ।  भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाएका छन् ।  इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तीहरुका अनुसार यस दिन उपत्यका बासीहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

विक्रम संवत् १६४१ पछि राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनिन् र त्यहीबेला देखि गाईजात्रा मनाउने क्रम सुरु भएको हो । सोमबार तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा भक्तपुरमा आज बिहानैदेखि शुरु भएको हो । प्रस्तुत छ, फोटोफिचर । तस्विरः कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप