बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियन एजुकेशन फेयर, आज अन्तिम दिन

शनिबार, ०९ भदौ २०७५, ०९ : ५८
शनिबार, ०९ भदौ २०७५

काठमाडौं - बिहीबार देखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । 

बिहीबार देखि शुरु भएको एजुकेशन फेयरको आज यसको अन्तिम दिन हो । 

एजुकेशन फेयरमा शुक्रबारसम्म २ हजार भन्दा बढीको सहभागिता रहेको थियो । 

अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एका) ले होटल अन्नपुर्णमा आयोजना गरेको फेयरको अष्ट्रेलियन एम्बास्डर पिटर वर्डले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ‘एका’ का अध्यक्ष निरज श्रेष्ठ, काठमाडौं  विश्वबिद्यालयका पूर्व उपकुलपति, नेपाल अष्ट्रेलियन एलुमिनी एसोसियसनका डा. दामोदर पोखरेल लगायतको सहभागीता थियो । 

शुक्रबार (दोस्रो) दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

विदेशमा उच्च शिक्ष अध्ययन गर्न चाहने विद्यार्थीले एजुकेशन फेयरमा उचित परामर्श लिन सक्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप